CG Electronics
IME Life
Ncell NPL

मकवानपुरमा प्रहरीको ‘अपरेसन ड्रप’ : अबैध क्रियाकलापमा संलग्न ४० भन्दा बढी व्यक्ति पक्राउ

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

हेटौँडा । मकवानपुर जिल्लामा शान्ति सुरक्षा सुदृढ बनाउने उद्देश्यले प्रहरीले सञ्चालन गरेको विशेष सुरक्षा अभियान ‘अपरेसन ड्रप’ अन्तर्गत दुई दिनमै ४० भन्दा बढी व्यक्तिलाई नियन्त्रणमा लिइएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख एसपी श्यामबहादुर खत्री तथा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीको कमाण्डमा खटिएको प्रहरी टोलीले विभिन्न अवैध क्रियाकलापमा संलग्न तथा ठगी धन्दामा सक्रिय व्यक्तिहरूलाई नियन्त्रणमा लिएको हो ।

एसपी खत्रीले मकवानपुर जिल्लामा बढ्दै गएका अवाञ्छित गतिविधि, ठगी तथा सामाजिक असुरक्षालाई नियन्त्रणमा लिन अभियानलाई कडाइका साथ अघि बढाइएको जानकारी दिए । उनका अनुसार पक्राउ परेकामाथि आवश्यक अनुसन्धान तथा कानुनी कारबाही प्रक्रिया अगाडि बढाइएको छ ।

यस्तै, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले ‘अपरेसन ड्रप’लाई अझ प्रभावकारी बनाउँदै जिल्लामा अपराध नियन्त्रण र शान्ति सुरक्षाको अवस्था मजबुत बनाउने लक्ष्य राखिएको बताए । उनले आम नागरिकलाई ढुक्क भएर दैनिक जीवनयापन गर्न सक्ने वातावरण निर्माण गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

प्रहरीले अभियानलाई निरन्तरता दिँदै आगामी दिनमा पनि अवैध गतिविधिमा संलग्न व्यक्तिमाथि कडा निगरानी तथा कारबाही जारी रहने जनाएको छ ।

बागमती किनारका विस्थापितका लागि दशरथ रंगशालामा बहुआयामिक स्वास्थ्य शिविर सञ्चालन

बागमती किनारका विस्थापितका लागि दशरथ रंगशालामा बहुआयामिक...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १५:००

  काठमाडौं। बागमती नदी किनारका जोखिमपूर्ण बस्तीबाट विस्थापित भएका नागरिकहरूको...

जहाँ श्रमिक सम्मानित हुन्छ,त्यही समाज समृद्ध हुन्छ : अध्यक्ष ओली

जहाँ श्रमिक सम्मानित हुन्छ,त्यही समाज समृद्ध हुन्छ...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १४:३२

  काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जहाँ...

२५७०औँ बुद्ध जयन्ती मनाउँदै लुम्बिनी (फोटोसहित)

२५७०औँ बुद्ध जयन्ती मनाउँदै लुम्बिनी (फोटोसहित)

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १४:१७

काठमाडौं ।आज २५७०औँ बुद्ध जयन्ती । बुद्ध जयन्ती तथा लुम्बिनी...

शान्ति, ज्ञान र अहिंसाको मार्गमा अघि बढ्न सबैलाई प्रधानमन्त्रीको आग्रह

शान्ति, ज्ञान र अहिंसाको मार्गमा अघि बढ्न...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार ११:३०

  काठमाडौं । प्रधानमन्त्री बालेन शाहले शान्ति, ज्ञान र अहिंसाको...

धेरै श्रमिकहरू आफ्नो जागिर कहिले गुम्ने हो भन्ने चिन्तामा छन् : अध्यक्ष खनाल

धेरै श्रमिकहरू आफ्नो जागिर कहिले गुम्ने हो...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार ११:२२

  काठमाडौं । आज विश्वभर अन्तराष्ट्रिय श्रमिक दिवस अर्थात् मे...

बुद्ध जयन्ती विशेष: जन्म, ज्ञान र महापरिनिर्वाणको त्रिसंयोग; विश्वभर फैलाइँदै शान्तिको सन्देश

बुद्ध जयन्ती विशेष: जन्म, ज्ञान र महापरिनिर्वाणको...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १०:२१

काठमाडौं । आज (शुक्रबार) बुद्ध जयन्ती मनाइँदै छ ।प्रत्येक वर्ष...