CG Electronics
IME Life
NIMB

नयाँ प्रधानमन्त्रीका लागि देउवाको उम्मेदवारी,यसो भन्छन अरु नेताहरु

NIMB
Himalayan Bank

२० जेठ, काठमाडौं देशको नयाँ प्रधानमन्त्रीका लागि कांग्रेस सभापति शेरबहादुर देउवाले उम्मेदवारी दर्ता गराएका छन् । देउवाको उम्मेदवारी दर्ता पछि संसद भवन नया बानेश्वरमा संचारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिदै  प्रस्तावक समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकलाई नयाँ राजनीतिक संस्कृती तर्फ उन्मुन गराउनका लागि आफुले महत्वपुर्ण भुमिका निर्वाह गरेको प्रतिक्रिया दिए ।

उनले राजीनामा गरेर आफुले सहज सत्ता हस्तान्तरणको नयाँ राजनीतिक संस्कृतिको प्रारम्भ गरेको बताए । आफ्नो कार्यकालमा नेतृत्व लिएको तर पुरा नगरेका विषयलाई आगामी सरकारले पुरा गर्छ त भन्ने संचारकर्मीको जिज्ञासामा उनले मुलुकमा प्रचुर सम्भावना र चुनौती दुवै भएको भन्दै सबै मिलेर सामना गर्दै देशलाई सफल पार्नुपर्नेमा जोड दिए ।

भावी प्रधानमन्त्रीको रुपमा आफ्नो उम्मेदवारी मनोनयन दर्ता गराएका कांग्रेस सभापति देउवा भने प्रधानमन्त्री भएपछि भनौला नि भन्दै बाहिरिएका थिए ।

उपप्रधानमन्त्री तथा गृहमन्त्री बिमलेन्द्र निधिले राजीनामा दिएर अर्को सरकार गठनका लागि बाटो खोलेका वर्तमान प्रधानमन्त्री दाहालले देउवाको प्रधानमन्त्रीको उम्मेदवारीमा प्रस्तावक बस्नुनै महत्वपुर्ण विषय भएको भन्दै वहुमतिय सरकार गठनको लागि कुनै समस्या नभएको दाबी गरे ।

उपप्रधान एवंम संघीय मामिला तथा स्थानीय विकास मन्त्री बिजय गच्छदारले मधेसको समस्या सम्बोधन गरि पहिलो चरणमा सहभागी नभएका मधेस केन्द्रीत दललाई पनि चुनावमा सहभागी गराउने तथा संविधान कार्यान्वयनका लागि सहज वातावरण बनाउनका लागि दाहाल नेतृत्वको सरकारलाई आफुले सहयोग गरेको भन्दै देउवा नेतृत्वको सरकारलाई पनि समर्थन जनाउने स्पष्ट पारे ।

प्रधानमन्त्रीका लागि अहिले सम्म नेपाली कांग्रेसका सभापति देउवाको मात्रै उम्मेदवारी मनोनय दर्ता भएको छ । प्रधानमन्त्री पदका लागि आईतबार हुने मतदानका लागि संसद सचिवालयले शनिबार अपरान्ह ४ बजे सम्म उम्मेदवारी दर्ताका लागि समय तोकेको छ ।

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र जर्मन वित्तीय संस्था डिएसआईकेबीच रणनीतिक साझेदारी

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र...

वि.सं.२०८३ असार २४ बुधवार २०:४०

  काठमाडौं । सेवा, प्रक्रिया तथा रणनीतिक साझेदारीमार्फत दिगो विकासप्रति...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती...

वि.सं.२०८३ असार १८ बिहीवार १६:१६

काठमान्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल...

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५८

  काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका...

शिक्षा मन्त्रालयको १०० दिन : परीक्षा सुधारदेखि विश्वविद्यालय रूपान्तरणसम्म

शिक्षा मन्त्रालयको १०० दिन : परीक्षा सुधारदेखि...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५३

काठमाडौँ । वर्तमान सरकार गठन भएयता परीक्षा प्रणाली सुधार, विश्वविद्यालयमा...