CG Electronics
IME Life
NIMB

तोकिएको तलब भत्ता नदिएको भन्दै सुर्खेतमा म्यादी प्रहरी धर्नामा

NIMB
Himalayan Bank

२० जेठ, सुर्खेत-  वैशाख ३१ गते भएको स्थानीय तह निर्वाचनमा खटिएका सुर्खेतका म्यादी प्रहरीहरुले आफुले पाउने तलब तथा भत्तामा ठगिएको गुनासो गरेका छन्। उनीहरुले सरकारले म्यादी प्रहरीका लागि तोकेको तलब भत्ताभन्दा कम रकम जिल्ला प्रहरी कार्यालय सुर्खेतले दिन खोजेको आरोप लगाए।

 जिल्ला प्रहरी कार्यालय सुर्खेतले आफुहरुको गुनासो नसुनेको भन्दै म्यादी प्रहरीले तोकिएकै जति तलब भत्ताको माग गर्दै बिहीबार जिल्ला प्रशासन कार्यालय सुर्खेतमा धर्ना दिएका थिए।

उनीहरुले जिल्ला प्रशासन कार्यालयमा पुगी प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएर बिहीबार नै जिल्ला प्रहरी कार्यालयमा नाराबाजी समेत गरेका थिए। सरकारको निर्णयअनुसार म्यादी प्रहरीले ५५ दिनको तलब बापत ५१ हजार रुपैयाँ पारिश्रमिक पाउनेछन्। उनीहरुले पोशाक भत्ताको रुपमा थप ७ हजार १ सय रुपैयाँ पाउनेछन्।

तर, जिल्ला प्रहरी कार्यालय सुर्खेतले प्रत्येक १ जना म्यादीलाई ३९ हजार मात्र दिन थालेको भन्दै सुर्खेतका म्यादी प्रहरीहरुले सरकारले तलब बाहेकको खाजा, खाना, पोसाक, भ्रमण र यातायात लगायतका शीर्षकमा भत्ताको व्यवस्था गरे पनि उक्त भत्ताबाट कमिसन खान खोजेको भन्दै पैसा बुझ्न मानेका छैनन्। निर्वाचनमा खटिँदा सात दिन उनीहरुलाई थप विशेष भत्ता उपलब्ध गराइने तथा सातामा एकपटक उनीहरुले प्रतिदिन २ सय ५० रुपैयाँका दरले ७ दिनको १७ सय ५० रुपैयाँ थप भत्ता पाउने सरकारको निर्णय छ।

 यस्तै निर्वाचन अवधिभर प्रतिदिन २ सय ५० रुपैयाँको दरले सरकारले खाजा खर्च पनि उपलब्ध गराउने छ। सरकारले १ जना म्यादी प्रहरीलाई ७ हजार १ सय रुपैयाँ बराबरको पोसाक भत्ता उपलब्ध गराउने भने पनि सुर्खेत प्रहरीले १ जना म्यादीलाई २ हजार ६ सय ३ रुपैयाँ मात्रै पोसाक खरिदको लागि आउने भन्दै कम रकम उपलब्ध गराएको छ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख मोहन आचार्यले म्यादी प्रहरीहरुले कुरा नबुझेर आन्दोलन गरेको बताएका छन्। शुक्रबार जिल्ला प्रहरी कार्यालय सुर्खेतले पत्रकार भेटघाट आयोजना गरेर प्रहरी प्रमुख आचार्यले म्यादीलाई ठग्ने वा म्यादीको तलब-भत्ताबाट कमिसन खाने आफुहरुको कुनै मनसाय नभएको दाबी गरेका छन्। जिल्ला प्रहरी कार्यालय सुर्खेतले मिडिया र म्यादीलाई फरक–फरक तलब र भत्ताको विवरण उपलब्ध गराएको छ।

प्रहरीले मिडियालाई एउटा र म्यादीलाई अर्कै विवरण बताउने गरेको छ। म्यादीलाई तलब-भत्ता उपलब्ध गराएको भरपाई देखाउन पटकपटक पत्रकारले आग्रह गर्दा पनि भरपाई देखाउन जिल्ला प्रहरी कार्यालय सुर्खेतले अटेर गरिरहेको छ।

सरकारको नीति तथा कार्यक्रममा पर्यटनका के छन् कार्यक्रम ?

सरकारको नीति तथा कार्यक्रममा पर्यटनका के छन्...

वि.सं.२०८३ वैशाख २९ मंगलवार १९:०८

काठमाडौं । सरकारले नेपाललाई विश्व आध्यात्मिक पर्यटनको केन्द्रका रूपमा विकास...

दलित समुदायका प्रथम सगरमाथा आरोही विजय घिमिरेप्रति श्रद्धाञ्जली अर्पण

दलित समुदायका प्रथम सगरमाथा आरोही विजय घिमिरेप्रति...

वि.सं.२०८३ वैशाख २९ मंगलवार १८:४३

काठमाडौं । दलित समुदायका प्रथम सगरमाथा आरोही स्वर्गीय विजय घिमिरे...

रास्वपा सरकारको नीति, अध्यादेश र नेतृत्वबारे एमाले सांसद बादलको कडा टिप्पणी

रास्वपा सरकारको नीति, अध्यादेश र नेतृत्वबारे एमाले...

वि.सं.२०८३ वैशाख २९ मंगलवार १८:३७

काठमाडौं । नेकपा (एमाले) का सांसद राम बहादुर थापा ‘बादल’ले...

पार्वती बनिन् एनसेल करोडपति, “सधैं अन करोडपति” अभियानअन्तर्गत बम्पर पुरस्कार प्रदान

पार्वती बनिन् एनसेल करोडपति, “सधैं अन करोडपति”...

वि.सं.२०८२ साउन १० शनिवार ०९:२५

काठमाडौँ । ‘कर्म गर्दै जानुपर्छ, एक दिन त्यसको प्रतिफल पाइन्छ...

अख्तियारमा वर्षभर ३७ हजार उजुरी, १३७ मुद्दा दायर

अख्तियारमा वर्षभर ३७ हजार उजुरी, १३७ मुद्दा...

वि.सं.२०८२ साउन १० शनिवार ०९:१०

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८१/८२ मा...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय...

वि.सं.२०८२ साउन १० शनिवार ०९:०८

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय...