CG Electronics
IME Life
NIMB

यसरि गर्नुस मतदान, मतदान स्थल यस्तो हुन्छ

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

३० बैशाख, काठमाडौं –  निर्वाचन आयोगले भोलि मतदानका क्रममा गर्भवती, जेष्ठ नागरिक, अशक्त, दृष्टिविहीन लगायतलाई लाइनमा नबसी मतदान गर्ने व्यवस्था मिलाएको छ ।

आयोगले हरेक मतदानस्थलमा अशक्त, जेष्ठ नागरिकहरुलाई लागि छुट्टै मतदान केन्द्रको व्यवस्था गरेको हो । उनीहरु सिधै मतदान केन्द्रमा प्रवेश गरी मतदान गरेर फर्कन सक्नेछन् ।

आयोगले आज मतदान स्थलमा मतदान केन्द्र निर्माण गर्ने, मतदान केन्द्रमा प्रवेश गर्ने मतदाताका लागि लाइन मिलाउने जस्ता काम गरिरहेको छ । यस्तै मतपेटिका राखेर भोलिबाट हुने मतदानका लागि सबै तयारी गरिरहेको आयोगले जनाएको छ ।

आयोगले हरेक मतदानस्थलमा डोरी टाँगेर मतदाताको लाइनलाई व्यवस्थित बनाउने प्रयास गरिरहेको छ ।

यस्तो हुन्छ मतदान केन्द्र

मतदान केन्द्रमा प्रवेश गर्ने ठाउँमा तीनवटा प्रवेशद्वार बनाइएको हुन्छ । एउटा प्रवेशद्वारबाट जेष्ठ नागरिक, गर्भवती, अशक्त, दृष्टिविहीन मतदाताले लाइन नबसि मतदान गरेर फर्कने सक्नेछन् ।

अर्को लाइन पुरुष मतदाताका लागि हुन्छ । उनीहरुले लाइनमा बसेर आफ्नो पालोमा मतदान गर्न सक्नेछन् । यस्तै महिला मतदाताका लागि पनि छुट्टै लाइनको व्यवस्था गरिएको हुन्छ ।

लाइनबाट मतदान केन्द्रमा पुगेपछि मतदाताले मतदाता परिचय पत्र वा अन्य सरकारी कार्यालयबाट जारी भएको परिचय पत्र बोक्नुपर्नेछ । त्यसका आधारमा मतदान अधिकृतले मतदातालाई मतपत्र दिन्छ । त्यही मतपत्रमा हरेक मतदाताले गोप्य मतदान गर्न सक्नेछन् । तर, मतदान गर्न जाँदा मोबाइल फोन बोक्न निषेध गरिएको छ ।

सरकारको नीति तथा कार्यक्रममा पर्यटनका के छन् कार्यक्रम ?

सरकारको नीति तथा कार्यक्रममा पर्यटनका के छन्...

वि.सं.२०८३ वैशाख २९ मंगलवार १९:०८

काठमाडौं । सरकारले नेपाललाई विश्व आध्यात्मिक पर्यटनको केन्द्रका रूपमा विकास...

दलित समुदायका प्रथम सगरमाथा आरोही विजय घिमिरेप्रति श्रद्धाञ्जली अर्पण

दलित समुदायका प्रथम सगरमाथा आरोही विजय घिमिरेप्रति...

वि.सं.२०८३ वैशाख २९ मंगलवार १८:४३

काठमाडौं । दलित समुदायका प्रथम सगरमाथा आरोही स्वर्गीय विजय घिमिरे...

रास्वपा सरकारको नीति, अध्यादेश र नेतृत्वबारे एमाले सांसद बादलको कडा टिप्पणी

रास्वपा सरकारको नीति, अध्यादेश र नेतृत्वबारे एमाले...

वि.सं.२०८३ वैशाख २९ मंगलवार १८:३७

काठमाडौं । नेकपा (एमाले) का सांसद राम बहादुर थापा ‘बादल’ले...

पार्वती बनिन् एनसेल करोडपति, “सधैं अन करोडपति” अभियानअन्तर्गत बम्पर पुरस्कार प्रदान

पार्वती बनिन् एनसेल करोडपति, “सधैं अन करोडपति”...

वि.सं.२०८२ साउन १० शनिवार ०९:२५

काठमाडौँ । ‘कर्म गर्दै जानुपर्छ, एक दिन त्यसको प्रतिफल पाइन्छ...

अख्तियारमा वर्षभर ३७ हजार उजुरी, १३७ मुद्दा दायर

अख्तियारमा वर्षभर ३७ हजार उजुरी, १३७ मुद्दा...

वि.सं.२०८२ साउन १० शनिवार ०९:१०

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८१/८२ मा...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय...

वि.सं.२०८२ साउन १० शनिवार ०९:०८

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय...