CG Electronics
Ncell NPL
NIMB

भारतको सुरक्षा स्थिती कमजोर हुनु नेपालको दुर्भाग्य !!

Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited
कोमल पौडेल , हेलसिन्की फिनल्याण्ड

 

भारतमा सुरक्षाको अवस्थf अति नै नाजुक भएको कुरा हरेक दिन हुने मानव तस्करी, लुउटपाट्,बलत्कार्, यूवतीको तस्करी, मानव हत्याले प्रमाणित गर्दछ ।  भारतमा एक करोड दश लाख भन्दा बढी मानिसको बास सडकमा छ, उनीहरु सडकमा जन्मन्छन्, हुर्कन्छन र त्यही सामाजिकरण हुन्छन । यो जनसख्यालाई समाजमf समेट्न नसक्नु एउटा कारण हुन सक्छ ।

 

यती ठुलो देशले एउटा ठोस योजना बनाएर मानव रक्षा तर्फ गम्भिर हुन नसक्नु सरकारको कमजोरी हो । अस्वस्थ्य आर्थिक प्रतिस्प्रधा, अनैतिकतालाई प्रजातान्तृक अधिकार भनी स्वीकार्नु, शिक्षामा मानवताको पाठ समावेशको ब्यपकता बनाउन नसक्नु जस्ता कुराले असुरक्षा ब्यापक छ ।

 

पेसेवर गुण्डाहरुको गतिबिधि,आर्थिक उपार्जनमा अनैतिकता, मानवका अङ्ग चोरेर बेच्ने जस्ता कुराले बौद्दिक ब्यक्तित्वहरु भन्नु पर्नेहरु पनि अमानवीय गतिबिधिमा सम्लग्न छन । भारत नेपालको हरेक लेवल र क्षत्र को असुरक्षामा सम्लग्न भएको पाइन्छ । राजनितिक क्षत्रमा नेताहरुलाई दवाब दिएर अस्थिरता ल्याउने, आर्थिक क्षत्रमा देशका कलकारखाना जलाईदिने, सफल ब्यपारीको अपहरण गरी धन माग्ने र नदिए हत्या गर्ने, व्यक्तिगत लेवलमा युवतीको तस्करी गरी अनैतिक कर्म गर्न लगाइ शोषण गर्ने, युवाहरुको अपहरण गरी अङ्ग चोर्ने जस्ता कुकर्म निरन्तर भैरहेका छन । भारतले केन्द्रीय स्तरमा, समाज तहमा र व्यक्तिगत तहमा दखल पुर्याएको पाइन्छ ।

 

हिजो एकजना दिदिसँग सिड्नी अस्ट्रेलिया कुरा भयो पारिवारिक गतिबिधिर र सन्च बिसन्चको कुरा गर्दा उहाको सानो दाइ टिकाराम भट्टराइ बिगत एक बर्ष देखी भारतबाट हराउनु भएछ । बैनी रेखाको श्रीमान हराएको भन्ने खबर पाएको ३ महिना नपुग्दै यो अप्रीय घटना सुनियो । हाम्रो नजिकका आफन्त र शुभ चिन्तकहरुको घरमा पनि केही बर्ष यता युवाहरु भारतबाट हराएका छन । सिड्निबाट त्यो खबर सुनेको ३ दिन नपुग्दै तुल्शिपुर दाङका राजेन्द्र श्रेष्ठ निर्मला दिदिका श्रीमानलाई भारतीय गुण्डाहरुले अपहरण गरी लगेर ३ करोड मागेको अनि परिवार पैसा जुटाउन लाग्दा लाग्दै हत्या गरी जङलमा फालेको घटना आयो ।

 

अब नेपालीको घाटीमा बसेर रगत चुस्न मात्रै बाकी छ अरु नेपालीलाई के गरेर धुत्न सकिन्छ त्यो सबै अभ्यास भई सकेको छ । म ती गुण्डाहरुलाई भन्दा, म ती मृगौला चोर हरुलाई भन्दा, र ती बलत्कारी र युवतीको अस्मितामा खेलवाड गरेर अर्थ आर्जन गर्ने भन्दा बढी सरकारको भारतीय सरकारको कमजोरी ठान्दछु । देशको जिम्मा लिए पछी आफ्ना नागरिक कस्तो बनाउने, कुन शिक्षा दिने, नैतिकवान कसरी बनाउने र ती सडकमा बस्नेलाई मानवीय जीवन कसरी दिने र अपराधमा सम्लग्नहरुलाई कसरी नियन्त्रण गर्ने भन्ने योजना हुनुपर्छ । आफ्नो देशमा पुगेका बिदेशिको सुरक्षाको निम्ती प्रतिबद्द हुनुपर्ने हो! । असल मानिस आफ्नो घरमा पालेको घोडा र कुकुर दुब्लो हुँदा अनैतिक र कमजोर भएको महसुस गर्छन भने देश भित्र मानव हिम्सा भैरहदा, मानवीय अस्तित्व लुटिरहदा, देश भित्र नारीको अस्मिता लुटिरहदा, देशभित्र मानव तस्करी भैरहदा र पेसेवर गुण्डाहरुको गतिबिधि भैरहदा आफ्ना नागरिकले अति नीच र अपराधिक गतिबिधी दोहोराइरहदा पनि केही सुरक्षाको उपाए अपनाउन नसक्नु सरकारको ठुलो कमजोरी हो!

 

नेपालको राजतन्त्रको हत्यामा भारतीय गुप्तचर सस्थाको हात छ भन्ने सुनियो, नेता मदन भण्डरीको हत्यामा पनि भारतको हात छ भन्ने सुनियो, कती साचो हो कती झोटो हो सबै अनुसन्धानको बिषय हो अहिले मधेशका पाट्रीलाई उचालेर देशमा अशान्ति मच्याउने पनि भारतको हात छ भन्ने सुनियो,नेपालको तराइका जिल्लाहरुमा गाडी ल्याएर गाउ लुटेर फर्कन्छन भन्ने सुनियो, देशका कलकारखाना भारतीयबाट जलाईन्छन भन्ने पनि सुनियो, सीमाका युबतीहरु भारतीय युवकबाट बलत्कृत हुन्छन भन्ने सुनियो अनि नेपालको आफ्नो घरमा सुतेको युवक मानव तस्करले बेहोश बनाइ भारतको अस्पतालमा मृगौला निकाल्ने ठाउमा ब्युझेको भन्ने सुनियो ।दाङ्ग्मा लगातार पुजिपतीहरुको अपहरणा र हत्या गरिरहेको भन्ने पनि सुनियो

 

.एकातिर सरकारले अनावश्यक बजेद खर्च गरी अनावश्यक रुपमा गुप्तचरहरुको परिचालन गरेकोछ र नेपाली समाजलाई हस्तक्षेप गर्ने र असुरक्षित बनाउने काम गरेकोछ अर्को तिर समाज पनि नेपालीकै आकर्मण र शोषण गर्न ब्यस्त छ । आर्थिक शोषण र मानव दुरुपयोग मात्र होईन हत्यामै सम्लग्न छन अरुको हत्या गरी बाच्नु पर्नेहरु को सन्ख्या भारतको समाजमf बढिरहेको छ । आफ्ना जैविक र भौतिक आवश्यकता परिपुर्ती गर्न अरुको शोषण, दुरुपयोग र बीनfश गर्ने मानसिकता कसरी विकास भयो!

 

नेपालीहरु भारतलाई सम्मान गर्छन्, माया गर्छन आज्ञाकारी पनि छन । तर कुकर्मको सम्मान र आदर गर्न सकिदैन । नेपालीहरु अति सज्जन छन्, इमान्दार छन । मेहनत गरेर बाच्न सिकेकाछन कसैको लुटेर र शोषण गरेर होईन आफ्नो कर्मले बाच्न सिकेका छन । बिदेशीहरुलाई निकै माया र विस्वास गर्छन । तर बिदेशी भने नेपालीको यो सोझोपन र मानवता माथी टेकेर अमानवीय गतिबिधि बढाइरहेका छन यो सह्य हुँदैन । सीमानामा देशको रक्षाको निम्ती बीना हातीयार बसेका गोबिन्द गौतमलाई ठुलै सुरक्षा कर्मीले हत्या गरे । नेपाली सबैको शिकार बन्न पुगेका छन । यतीबेला सबै तह र क्षत्रका भारतीयहरुले आफ्नो भूमिकाको सीमा बुझ्न जरुरी देखिन्छ । भारतीयहरुले दुख पाएको हेरेर नेपाली खुशी हुन सक्दैनन त्यस्तै भारतीय हरुलाई पनि हुनुपर्ने हो! बाबु आमाको पनि आज्ञाकारी हुन उनीहरु नैतिक हुनुपर्छ! हामीले अभिभावक जस्तो मानेको देशले यती धेरै थिचोमिचो गर्नु अत्याचार हो । दुइ देश बीचको समबनधको सीमाको उल्ङ्घन हो ।

 

शक्तिशालीले कमजोरलाई सताउने,शोषण गर्ने, बीनाश गर्ने मानव समाजमा होइन पशुको समाजमा हुनुपर्छ । यो मानव समाजमा अभ्यास भैरहेकोछ । यो निकै दुखको कुरा हो देशको ठुलो राशी खर्च गरी बुद्दिजीवीहरुलाई राजनितिक षड्यन्त्रमा फसाइ कुकर्म गर्न लगाइ अमानवीय गतिबिधि अभ्यास गर्ने काम भैरहेकोछ! उनीहरु राम्रो देश सेवक, डाक्टर्, इन्जीनियर अनि अफिसर भएर सतकर्म गरी बच्ने थिए होला ।

 

नेपालीलाई गर्व लाग्छ कि हाम्रा शक्तिशाली ठुला दुइ देश छिमेकी छन तर भारत र भारतीयहरुको भूमिकाले नेपाली सुरक्षित हुन असम्भव भएकोछ । भौतिक विकासले मात्र सभ्यताको पहिचान दिदैन सभ्यताको पहिचान त मानसीक सोचले दिन्छ, मानवताको सम्मानले दिन्छ । भारतको सोचमा, योजनामा, दृष्टिकोणमा र मिशनमा सकारात्मक परिवर्तन वा सुदृढ भएमा मात्र नेपाल एउटा सुरक्षित देश बन्न सक्छ र नेपालीहरु पुरा आयु स्वस्थ्य भएर बाच्न पाउने अवस्था सृजना हुन सक्छ ।

 

मानवताको कुनै बोडर हुँदैन । नेपाल र भारतका सुरक्षा निकायको समन्वय र सहकार्य द्वारा समाजको धन र जनको सुरक्षाको प्रबन्ध मिलाउनु पर्ने कुराको महसुस शासकहरुलाई भई सकेको हुनुपर्ने हो!!

 

हिन्द महासागर पहुँचले नेपाल ‘अप्रत्यक्ष समुद्री देश’: सुमित्रा कार्की

हिन्द महासागर पहुँचले नेपाल ‘अप्रत्यक्ष समुद्री देश’:...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार २३:५२

  काठमाडौँ: NIICE की निर्देशक सुमित्रा कार्कीले भारत हुँदै हिन्द...

अस्थायी संसद् भवनका कारण भएका प्राविधिक तथा व्यवस्थापकीय कठिनाइहरू क्रमशः समाधान गरिनेछन् : सभामुख अर्याल

अस्थायी संसद् भवनका कारण भएका प्राविधिक तथा...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १५:५६

  काठमाडौं । सभामुख डीपी अर्यालले संसदलाई गतिशील र प्रभावकारी...

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, सम्पत्ति छानबिन आयोग गठन

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, सम्पत्ति छानबिन आयोग...

वि.सं.२०८३ वैशाख २ बुधवार २१:४५

  काठमाडौं । सरकारले पूर्वउच्च पदस्थ अधिकारी र राजनीतिक दलका...

गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच भेट, द्विपक्षीय सहकार्य विस्तारमा जोड

गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच भेट,...

वि.सं.२०८३ वैशाख २ बुधवार २०:५४

  काठमाडौं । गृहमन्त्री सुधन गुरुङ र नेपालका लागि जापानका...

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालयमा सिल, १० विलासी गाडी नियन्त्रणमा

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा...

वि.सं.२०८३ वैशाख २ बुधवार १५:४४

  काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले विवादास्पद व्यवसायी दीपक...

अर्थतन्त्रमा ‘जेन–जी’ आन्दोलन र बाह्य द्वन्द्वको असरः आर्थिक वृद्धिदर २.७ प्रतिशतमा खुम्चिँदै

अर्थतन्त्रमा ‘जेन–जी’ आन्दोलन र बाह्य द्वन्द्वको असरः...

वि.सं.२०८२ चैत २८ शनिवार १९:२१

  काठमाडौं । नेपालको अर्थतन्त्रले पछिल्लो समय आन्तरिक राजनीतिक हलचल...