सेयर बजार जेठ महिना भर बन्द हुने
Wednesday Jun 03, 2020
वि.सं.२०७७ जेठ २१ बुधवार २१:३३

काठमाडौं –लकडाउनका कारणले बन्द रहेकाे सेयर बजार जेठ महिना भर बन्द हुने भएको छ । सरकारले जारी रहेको लकडाउनको अवधि जेठ ३२ गतेसम्म कायम गर्ने भएपछि नेप्सेले पनि सेयर कारोबार सो अवधिसम्म बन्द गराउने भएको हो ।
नेपाल धितोपत्र बोर्डले सरकारबाट जारी हुने लकडाउन अवधि भर धितोपत्रको दोश्रो बजारको कारोबारलाई साविक बमोजिम नै स्थगन गर्न निर्देशन दिएकाले नेप्सेले उक्त समयसम्म कारोबार स्थगन गर्ने निर्णय गरेको नेप्सेका उप प्रबन्धक प्रविन पन्दाकले बताएका छन् ।























