CG Electronics
Ncell NPL
NIMB

स्थानीय तहद्वारा बजेट विनियोजन

Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

नवलपरासी –पश्चिम नवलपरासीको स्थानीय तहमा आगामी आर्थिक वर्ष २०७५÷७६ का लागि बजेट विनियोजन गरेका छन् । सातवटा स्थानीय तह रहेको पश्चिम नवलपरासीमा केही स्थानीय तहले नगरसभामार्फत बजेट सार्वजनिक गरेका छन् भने केही बजेट तर्जुमा गर्ने तयारीमा छन् । स्थानीय तहले भौतिक पूर्वाधार, सडक निर्माण, खानेपानी, बाटो, पुल पुलेसालगायतका विकास निर्माणका कामलाई प्राथमिकता दिएका छन् । सुनवल नगरपालिकाले कूल रु ७८ करोड ७५ लाख बजेट विनियोजन गरेको छ । आन्तरिक आयतर्फ रु आठ करोड ६७ लाख तथा बाह्य आयतर्फ रु ७० करोड आठ लाख ४७ हजार बजेट विनियोजन गरेको नगरप्रमुख भीमबहादुर थापाले जानकारी दिए ।
यस्तै, सुस्ता गाउँपालिका रु ३९ करोड विनियोजनको तयारीमा छ भने रामग्राम नगरपालिकाले रु ६० करोडको १६ लाख ७१ हजारको बजेट तर्जुमा गरेको छ । बर्दघाट नगरपालिका करीब रु ६० करोड बराबरको बजेट तर्जुमा गर्ने तयारीमा छ । चालुतर्फ रु २१ करोड र अरू पूँजीगत खर्चतर्फ खर्च गरी बजेट तर्जुमा गर्ने योजना रहेको नगरप्रमुख धीरज शर्मा बस्यालले बताए । सरावल गाउँपालिकाले रु ४६ करोड ४५ लाख बराबरको बजेट तर्जुमा गर्ने योजना बनाएको छ । चालुतर्फ ६० प्रतिशत र पूँजीगततर्फ करीब ४० प्रतिशत बजेट विनियोजन सो गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत झविश्वर रेग्मीले बताए ।
पाल्हिनन्दन गाउँपालिकाले करीब रु ४४ करोड ४० लाखको बजेट तर्जुमा गर्दैछ भने प्रतापपुर गाउँपालिकाले रु ४८ करोड बराबरको बजेट तयार पारेको प्रमुख प्रशासकीय अधिकृत बोधराज बस्यालले बताए ।

हिन्द महासागर पहुँचले नेपाल ‘अप्रत्यक्ष समुद्री देश’: सुमित्रा कार्की

हिन्द महासागर पहुँचले नेपाल ‘अप्रत्यक्ष समुद्री देश’:...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार २३:५२

  काठमाडौँ: NIICE की निर्देशक सुमित्रा कार्कीले भारत हुँदै हिन्द...

अस्थायी संसद् भवनका कारण भएका प्राविधिक तथा व्यवस्थापकीय कठिनाइहरू क्रमशः समाधान गरिनेछन् : सभामुख अर्याल

अस्थायी संसद् भवनका कारण भएका प्राविधिक तथा...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १५:५६

  काठमाडौं । सभामुख डीपी अर्यालले संसदलाई गतिशील र प्रभावकारी...

युद्धविराम लागू हुनुअघि दक्षिणी लेबनानमा ठूलो मात्रामा हवाई आक्रमण

युद्धविराम लागू हुनुअघि दक्षिणी लेबनानमा ठूलो मात्रामा...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १५:४०

एजेन्सी । इजरायल र लेबनान बीचको १० दिने युद्धविराम स्थानीय...

मातातीर्थ औँसीमा कलाकारहरुकाे मार्मिक शब्द : ‘आमा, तिमी नै मेरो संसार’

मातातीर्थ औँसीमा कलाकारहरुकाे मार्मिक शब्द : ‘आमा,...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १३:२९

  काठमाडौं । आज मातातीर्थ औँसी आमाको मुख हेर्ने दिन...

आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण : अर्थमन्त्री वाग्ले

आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण...

वि.सं.२०८३ वैशाख ३ बिहीवार २२:०६

  काठमाडौं । अर्थमन्त्री डॉ. स्वर्णिम वाग्ले ले आम नागरिकको...

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, सम्पत्ति छानबिन आयोग गठन

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, सम्पत्ति छानबिन आयोग...

वि.सं.२०८३ वैशाख २ बुधवार २१:४५

  काठमाडौं । सरकारले पूर्वउच्च पदस्थ अधिकारी र राजनीतिक दलका...