CG Electronics
IME Life
NIMB

तेह्रथुम पावरको आइपीओ तपाईलाई कति कित्ता पर्यो ? यहाँ बाट यसरी हेर्नुहोस् फ्याट्टै थाहा हुन्छ

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

तेह्रथुम पावर कम्पनीको साधारण शेयर(आइपीओ) आज बाँडफाँट भएको छ । सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईविएल एस क्यापिटलका अनुसार आज बिहान सेयर बाँडफाँट भएको हो ।

माग भन्दा अत्याधिक धेरै आवेदक परेकाले गोलाप्रथाबाट सेयर बाँडफाँट गरिएको हो । कम्पनीको आईपीओ ७४ हजार चारसय जनाले मात्रै १० कित्ताको दरले पाएका छन् । बाँकी आवेदकको भने हात खाली भयो ।

लगानीकर्ताले बिक्री प्रबन्धक एनआईविएल एस क्यापिटलको वेबसाइट https://result.niblcapital.com/#/ipo-result र मेरोसेयर एकाउन्टबाट आइपीओको नतिजा हेर्न सक्नेछन् । साथै सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइट https://iporesult.cdsc.com.np/ बाट पनि रिजल्ट हेर्न सकिने जनाइएको छ ।

कम्पनीको आईपीओमा २३ लाख ९६ हजार ३४८ जना आवेदकबाट कुल ३ अर्ब १२ करोड ४६ लाख ९१ हजार रुपियाँ बराबरको आवेदन परेको थियो ।

आईपीओको प्रि–अलोटमेन्ट गत मंगलबार भएको थियो । कम्पनीले भदौ ९ गते देखि १३ गतेसम्म आठ करोड रुपियाँ बराबरको आठ लाख कित्ता सेयर निष्काशनमा ल्याएको थियो । कुल निष्काशन मध्ये दुई प्रतिशत अर्थात १६ हजार कित्ता सेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४० हजार कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहेको सात लाख ४४ हजार कित्ता सेयर मात्रै सर्वसाधारणलाई बिक्री गरेको हो ।

हाल कम्पनीको चुक्ता पूँजी २८ करोड रुपियाँ रहेको छ । स्थानियलाई चार करोड रुपियाँ र सर्वसाधारणलाई आठ करोड रुपियाँ बराबरको आईपीओ निष्काशन पछि कम्पनीको चुक्ता ४० करोड रुपियाँ पुग्नेछ ।

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको अनुगमन, दशौँ राष्ट्रिय खेलकुद समयमै गर्ने प्रतिबद्धता

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको...

वि.सं.२०८३ असार ३ बुधवार ०८:००

  काठमाडौं — शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल ले...

एफएनसीएसआईको २६औँ महाधिवेशन जेठ २४–२५ मा, नयाँ नेतृत्व चयन हुँदै

एफएनसीएसआईको २६औँ महाधिवेशन जेठ २४–२५ मा, नयाँ...

वि.सं.२०८३ जेठ २० बुधवार १९:२३

  काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघ (एफएनसीएसआई)...

फर्पिङमा तीन वर्षे ‘लोसुम’ साधना : थुग्जे वाङछ्युक ‘सुबास पाख्रिन’ समेतलाई ‘दोर्जेलोपेन’ उपाधि

फर्पिङमा तीन वर्षे ‘लोसुम’ साधना : थुग्जे...

वि.सं.२०८३ जेठ २० बुधवार ००:११

काठमाडौं । हिमाली बौद्ध बज्रयान परम्पराअन्तर्गत अत्यन्त कठिन, पवित्र एवं...

भारतले मात्र नभई, नेपालले पनि भारतको जग्गा मिचेको रहेछ :प्रधामन्त्री शाह

भारतले मात्र नभई, नेपालले पनि भारतको जग्गा...

वि.सं.२०८३ जेठ १७ आइतवार १५:३७

  काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल–भारत सीमा विवाद केवल...

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब ३४ करोड बजेट सार्वजनिक

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४...

वि.सं.२०८३ जेठ १५ शुक्रवार २०:३३

  काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३÷८४ का लागि...