राजपाले कडा आन्दोलनको तयारीमा गर्दै
Monday Nov 19, 2018
वि.सं.२०७५ मंसिर ३ सोमवार ०४:००

काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिई दबाबमूलक आन्दोलन गर्ने भएको छ ।
राजपा नेपाल अध्यक्ष मण्डलका सदस्य शरतसिंह भण्डारीले आफूहरूले उठाउँदै आएको माग सम्बोधन नभएकाले सरकारलाई दिएको समर्थन फिर्ता लिएर दबाबमूलक आन्दोलन गर्ने बताए ।
‘सरकारको रवैया यस्तै रहिरह्यो भने हामी समर्थन फिर्ता लिएर आन्दोलनमा जाने भन्ने कुरा पहिलेदेखि नै भन्दै आएका छौं,’ भण्डारीले भने, ‘माग पनि पूरा नगर्ने तर सरकारले हामीबाट समर्थन पनि खोजिराख्ने हो भने अब त्यस्तो हुँदैन ।’
मंगलबार (भोलि) अध्यक्ष मण्डलको बैठक काठमाडौंमा बस्दै छ । बैठकमा पछिल्लो राजनीतिक अवस्था विश्लेषण गर्दै सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गर्ने भण्डारीले बताए ।




























