CG Electronics
IME Life
NIMB

युनाइटेड कलेज ग्रुपले आधिकारिक रुपमा नवप्रवर्तन र इन्क्युबेशनका लागि संयुक्त केन्द्रको उद्घाटन

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । युनाइटेड कलेज ग्रुपले आधिकारिक रुपमा (UCEII) उद्यमशीलता, नवप्रवर्तन र इन्क्युबेशनका लागि संयुक्त केन्द्रको उद्घाटन गरेको छ । सफल नतिजासहित २५ वर्षसम्म निरन्तर शैक्षिक सेवा प्रदान गरेपछि युनाइटेड कलेज अहिले नेपालको शीर्ष प्रतिष्ठित कलेजमध्येको एक बन्न सफल भएको छ । १९९७ मा यसको स्थापना भएदेखि, युनाइटेड एकेडेमीले ३०,००० भन्दा बढी दक्ष जनशक्ति सिर्जना गर्न सक्षम भएको छ । हामी विश्वव्यापी नेटवर्क, विशिष्ट श्रोत र दुई दशकभन्दा बढीको व्यापक ज्ञान र विशेषज्ञताले (UCEII)मा हाम्रो बिजनेस इन्क्युबेशन सेन्टर स्थापना गरेर सफल उद्यमहरु सिर्जना गर्न सक्षम हुनेमा विश्वस्त छौँ , शैक्षिक समूहका सल्लाहकार डा। कविराज वान्तवाले बताए ।

कार्यक्रममा डा। छिरिङ लामा, डा। महावीर पुन, आशाराम तण्डुकार, विभुषण विष्ट, क्षितिज तामाङ, कर्विका थापा, नग्मा श्रेष्ठ, शान्ति राई, सुदेन श्रेष्ठ र बबिता गुरुङ जस्ता प्रतिष्ठित उद्यमी, आविष्कारकर्ता र व्यापार व्यवसायीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा युनाइटेड कलेजका प्रिन्सिपल डा। लाल रापचाले उद्यमशीलताको महत्व र कलेजको दीर्घकालीन दृष्टिकोण प्रष्ट पारेका थिए । राष्ट्रिय अविस्कार केन्द्रका अध्यक्ष महावीर पुनले कलेजमा रहँदा आफ्नै उद्यमशीलता यात्रामा लाग्नुको महत्वका बारेमा बताउँदै विद्यार्थीहरुलाई उद्यमशीलता र नवप्रवर्तनको सन्दर्भमा सुझाव दिए ।

ग्ऋभ्क्ष्क्ष् का प्रमुख डा। दीपेन्द्र शाहले नयाँ स्थापना गरिएको इन्क्युबेशन सेन्टरको स्कोपको आधारशीला राख्दै ग्ऋभ्क्ष्क्ष् ले राष्ट्रिय अग्रणी नवप्रवर्तन थिंक – ट्याङ्क र अनुसन्धान केन्द्र बन्ने लक्ष्य राखेको छ भन्ने कुरा राखे । ग्ऋभ्क्ष्क्ष् जस्ता इन्क्युबेशन केन्द्रहरुले विद्यार्थीहरुलाई यो चुनौतीहरुको समाधान खोज्नको लागि सही प्लेटफर्म उपलब्ध गराउँछन भन्ने कुराको जानकारी दिए । यंग इनोभेसन प्रा।लि। का प्रमुख कार्यकारी अधिकृत विभसुआन विष्टले उद्यमशीलतामा हाम फाल्ने प्रयास गर्दै गर्दा असफल हुन सक्छु भन्ने कुरा मानसिक रुपमा तयार रहन आग्रह गरे । सुदेन श्रेष्ठले जति चाँडो सुरु गर्नुहुन्छ, त्यति राम्रो भन्दै इन्क्युबेशन सेन्टरमा विद्यार्थीको सहभागितालाई प्रोत्साहन दिए । समग्रमा, यो एक प्रभावशाली कार्यक्रम थियो जुन डा।कविराज वान्तवाको शक्तिशाली भाषणको साथ समाप्त भयो जसले समृद्ध नेपाल निर्माणको लागि उद्यमशीलता र व्यावसायिक आविष्कारको महत्वमा बोलेका थिए ।

अन्तर्राष्ट्रिय महिला व्यापार मञ्च सुरु : नीतिगत सुधारमार्फत महिला उद्यमीको सशक्तीकरणमा जोड

अन्तर्राष्ट्रिय महिला व्यापार मञ्च सुरु : नीतिगत...

वि.सं.२०८३ असार १ सोमवार २३:००

  काठमाण्डौ— उद्यमी महासङ्घ नेपाल (एफवेन) को नेतृत्वमा ‘अन्तर्राष्ट्रिय महिला...

पाकिस्तान दूतावास र पीएनएएनद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

पाकिस्तान दूतावास र पीएनएएनद्वारा निःशुल्क स्वास्थ्य शिविर...

वि.सं.२०८३ असार १ सोमवार ०७:०५

  काठमाडौं, असार ३०, २०८३ (१३ जुन २०२६) — नेपालस्थित...

इप्पानमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति, विधान संशोधन गरी सबै पद खुला

इप्पानमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति, विधान संशोधन...

वि.सं.२०८३ जेठ ३१ आइतवार २२:०८

  काठमाण्डौ— स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४...

‘मर्निङ फिटनेस क्लब पार्टी’ मार्फत हुवावे वाच फिट ५ नेपालमा सार्वजनिक

‘मर्निङ फिटनेस क्लब पार्टी’ मार्फत हुवावे वाच...

वि.सं.२०८३ जेठ ३१ आइतवार २१:०५

काठमाडौं । हुवावेले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टवाच हुवावे वाच...

युवाको विदेशिने बाध्यता अन्त्य गर्न बजेटले जग बसाल्यो : अर्थमन्त्री डा. वाग्ले

युवाको विदेशिने बाध्यता अन्त्य गर्न बजेटले जग...

वि.सं.२०८३ जेठ ३१ आइतवार २०:५१

  काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले नेपाली युवाहरूले आफ्नो...

एनआईसी एसिया लघुवित्तको अध्यक्षमा लक्ष्मण चालिसे चयन, आठौँ वार्षिक साधारण सभा सम्पन्न

एनआईसी एसिया लघुवित्तको अध्यक्षमा लक्ष्मण चालिसे चयन,...

वि.सं.२०८३ जेठ ३० शनिवार २२:३३

काठमाडौँ। एनआईसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडको आठौँ वार्षिक साधारण...