CG Electronics
IME Life
Ncell NPL

आर्थिक सहयोग पछि कृषक मस्यपालनतर्फ आकर्र्षित

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

५ जेठ, पाल्पा-  पाल्पामा व्यावसायिक रुपमा मत्स्यपालनतर्फ कृषकको आकर्षण बढ्दो छ । परम्परागत शैलीमा मत्स्यपालन गरेका कृषकलाई व्यवसायउन्मुख बनाउनका लागि जिल्ला कृषि विकास कार्यालयले प्राविधिक तथा आर्थिक सहयोग गरेपछि कृषक व्यावसायिक मस्यपालनतर्फ आकर्र्षित भएका हुन् ।

हावापानी, भौगोलिक भूबनोटका दृष्टिकोणबाट पाल्पा पहाडी जिल्ला भए पनि घरायसी प्रयोजनका लागि मात्र ससाना पोखरीमा माछापालन गरेका कृषकलाई व्यावसायिक सफलता गराउने उद्देश्यले आव २०७०/७१ देखि कार्यालयले मत्स्यपालन कार्यक्रममार्फत सहयोग गर्दैआएको छ ।

कार्यालयले कृषकलाई अनुदान रकम, मत्स्यपालनका लागि आवश्यक पर्ने विभिन्न सामग्री र प्राविधिक सहयोग गरेपछि कृषकको हौसला बढेको छ । जिल्लाको तानसेन नगरपालिका, रामपुर नगरपालिका, अर्गली, बन्दीपोखरा, हुँगी, कसेनी, दोभान, सोमादीलगायत क्षेत्रमा कृषकले व्यावसायिक रुपमा मत्स्यपालन गर्दै आएका छन् ।

अन्य पेसा तथा व्यवसायका तुलनामा मत्स्यपालनबाट मनग्य आम्दानी गर्न सफल भएको र उत्पादित वस्तु बिक्री गर्न बजार सहज भएपछि मत्स्यपालन व्यवसायमा कृषक आकर्षित हुँदै गएको मत्स्यपालन व्यवसायी सङ्घका जिल्ला अध्यक्ष महेश्वर पन्त बताउनुहुन्छ । एउटा कृषकले वार्षिक रु दुई लाखदेखि रु तीन लाखसम्म आम्दानी गर्न सफल भएको उहाँको भनाइ छ ।

कृषकले सिल्भर, विगहेड, कमन, रहु, ग्रास कार्प जातका माछा पाल्ने गरेका छन् । सिमसार क्षेत्रमा बालीको उत्पादनसँगै मत्स्यपालन गरी पर्याप्त आम्दानी गर्न सफल भएका छन् । कृषि विकास कार्यालयले चालु आवमा साना पोखरी निर्माणका लागि ३० जना कृषकलाई अनुदान रकम, दुईजनालाई ५० प्रतिशत अनुदानमा एरियटर मेसिन खरिदका लागि अनुदान सहयोग, पाँचजना कृषकलाई माछा समात्ने जाल सहयोग गरेको कार्यालयका योजना शाखाका प्राविधिक ज्ञानकुमार यादवले जानकारी दिनुभयो ।

यस्तै मत्स्यपालनलाई व्यवसायीकरण गर्नका लागि जिल्लाका विभिन्न स्थानमा घुम्ती तालिमसमेत सञ्चालन गरिरहेको छ । जिल्लामा हालसम्म १५३ जना कृषक व्यावसायिक रुपमा मत्स्यपालनमा लागेका छन् । वार्षिकरुपमा ३० देखि ३५ मेट्रिक टन माछा उत्पादन हुने गरेको छ । मत्स्यपालन व्यवसायका लागि माछा पोखरीमा प्रयोग हुने चुन र माछालाई आवश्यक पर्ने प्रोटिनयुक्त दाना निःशुल्क रुपमा कृषकलाई उपलब्ध गराएको छ । रासस

जेन्जी अगुवा मिराज ढुङ्गाना समूहको माग : पेट्रोलियम पदार्थमा लाग्ने ६ प्रकारका कर हटाउन आग्रह

जेन्जी अगुवा मिराज ढुङ्गाना समूहको माग :...

वि.सं.२०८३ वैशाख १६ बुधवार २३:१०

  काठमाडौं । जेन्जी अगुवा मिराज ढुङ्गाना लगायतको समूहले पेट्रोलियम...

नेपाल बिजनेस समिटको सह–आयोजकमा नियार्त ब्यवसायी महासंघ

नेपाल बिजनेस समिटको सह–आयोजकमा नियार्त ब्यवसायी महासंघ

वि.सं.२०८३ वैशाख १६ बुधवार २२:२५

काठमाडौं । नेपाल बिजनेस समिटको दोस्रो संस्करणमा निर्यात व्यवसायी महासंघ...

सामान्यको निर्देशनः सरुवा आएका कर्मचारीलाई हाजिर गराऊ, गएकालाई रमाना देऊ

सामान्यको निर्देशनः सरुवा आएका कर्मचारीलाई हाजिर गराऊ,...

वि.सं.२०८३ वैशाख १६ बुधवार २२:०६

  काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न...

कृषि अनुसन्धानलाई उच्च प्राथमिकता, किसानको खेतमै ‘ल्याब’ बनाउने मन्त्री चौधरीको निर्देशन

कृषि अनुसन्धानलाई उच्च प्राथमिकता, किसानको खेतमै ‘ल्याब’...

वि.सं.२०८३ वैशाख १६ बुधवार २१:४३

  काठमाडौँ । कृषि तथा पशुपन्छी विकास र वन तथा...

ललितपुरको जीआईएस सबस्टेशन निर्माणका लागि जग्गा प्राप्तिसम्बन्धी प्रक्रिया पूरा

ललितपुरको जीआईएस सबस्टेशन निर्माणका लागि जग्गा प्राप्तिसम्बन्धी...

वि.सं.२०८३ वैशाख १६ बुधवार २१:३१

  काठमाडौं । लामो समयदेखि अवरुद्ध ललितपुरको बालकुमारीस्थित जीआईएस सबस्टेशन...

हिरासतमा मेरो छोराको हत्या गरियो, न्याय नपाएसम्म लास उठाउँदैनौ : बिन्दमाया विश्वकर्मा

हिरासतमा मेरो छोराको हत्या गरियो, न्याय नपाएसम्म...

वि.सं.२०८३ वैशाख १६ बुधवार २१:०२

  काठमाडौं । सिन्धुलीको खुर्कोटस्थित इलाका प्रहरी कार्यालयको हिरासतमा ७...