सिचाइ र उर्जामा बिकास गर्न स्थानीय तहको भुमिका बढी हुन्छ : मन्त्री पुन
Sunday Dec 09, 2018
वि.सं.२०७५ मंसिर २३ आइतवार ०३:५६

निरंजन साह, जनकपुरधाम । प्रदेश नम्बर दुईको राजधानी जनकपुरमा शनिबार भएको कार्यक्रममा उर्जा तथा सिचाइमन्त्री वर्षमान पुनले देशमा ३८ प्रतिशत खेरियोग्य जमिन बाझो भएकाले गर्दा बार्है महिना सिचाइ गर्न ठुला सिचाइ आयोजनाको लागि जोड दिएर काम भइ रहेको बताउनुभएको छ ।
प्रदेश नम्बर दुई अन्नको भण्डार भएकाले यहाँ सिचाइको व्यवस्थापन गर्न सरकारले उसुकताका साथ सुनकोसी कमला डाइभर्सन र सुनकोशी मरिनखोला डाइभर्सनको लागि डिपिआर तयार भइ सकेकाले अब चाडै सोको कार्यान्वयन हुने बताएका हुन् ।
अहिले परम्परागत हिसाबले काम नहुने भन्दै देशलाइ आर्थिक समृद्धिका लागि देशमा आर्थिक क्रान्ति हुनु पर्नेमा जोड दिएको हो ।मन्त्री पुनले भने अब देशमा तिनै तहका सरकार गठन भइ सकेकाले गर्दा प्रतिस्पर्धात्मक रुपमा देशका गौरवशाली योजनाहरुलाइ सफल पार्नु पर्ने बताएका छन ।
जनकपुरमा नेपाल कम्युनिष्ट पार्टीको संसदिय दलले आयोजना गरेको वर्तमान अवस्थामा उर्जा र सिचाइ बिकासमा तिनै तहको भुमिका बिषयमा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रदेश नम्बर दुईमा २ सय मेगावाटको सोलार बतीको लागि काम गरिने बताएका छन ।
देशमा सिचाइ र उर्जामा बिकास गर्न स्थानीय तहको भुमिका बढी भन्दा बढी होस भन्ने उदेश्यले सघिय सरकारले ६ सय कर्मचारी मात्रै राखेर बाकी प्रदेश र स्थानीय तहमा पठाइएकाले गर्दा अहिले पनि स्थानीय तहमा कर्मचारी अभाव देखिएकाले बिस्तारै समाधान गर्ने सरकार चिन्तित रहेको बताए का छन ।
छिमेकी देश चिन र भारतमा आर्थिक अवस्था राम्रो भएको उदाहरण दिदै अब नेपालले पनि आर्थिक क्रान्ति गरेर दिनानुदिन विदेशिदै गरेको युवा जनशक्तिलाई देशमै रोजगार दिएर यहाको उत्पादन बढाइनु पर्ने तर्क राखेको हो । देशमा सुशासन कायम गरि जनताको काम गर्न आफू जनताको गुनासो सुन्न दैनिक हट्लाइनमा बसेर समस्या सुन्दै समाधान गर्न आतुर रहेको बताएका छन ।
मन्त्री पुनले भने अवको २ वर्ष भित्रमै देशका हरेक जनताको घर घरमा बिधुतको सेवा पुर्याउने वाचा गरेका छन । नेकपाका प्रदेश नम्बर दुईका इन्चार्ज समेत रहेका प्रदेश संसद सत्यनारायण मड्लको अध्यक्षतामा आयोजित अन्तरक्रियामा प्रदेश नम्बर दुई कै ८ वटै जिल्ला का स्थानीय तहका जनप्रतिनिधि र उर्जा र सिचाइसम्बन्धि कार्यालय प्रमुखहरुको सहभागीता रहेको थिए ।




























