CG Electronics
Ncell NPL
NIMB

ओली सरकारको मन्त्री फेरिदै ,‘डेन्जर जोन’मा परेका यी हुन चार मन्त्री

Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited


काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रि फेर्ने भित्रि कसरत सुरु भएको छ । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड केही मन्त्रि फेर्ने कसरतमा जुटेका छन् ।

वर्तमान सरकारको चौतर्फी आलोचना भइरहेका बेला आलोचित मन्त्रीहरुलाई परिवर्तन गरी नयाँ तरंग दिन दुवै अध्यक्ष कसरतमा छन् । बालुवाटार स्रोतका अनुसार मन्त्रि फेर्ने प्रस्ताव अध्यक्ष प्रचण्डले एक महिनाअघि नै राखेका थिए । तर प्रधानमन्त्री ओली अनिच्छुक देखिएपछि प्रस्ताव छलफलमा आउन सकेको थिएन ।

एक महिनाअघि चितवनको एक कार्यक्रममा प्रचण्डले केही मन्त्रि फेरवदल हुने संकेत गरेका थिए । सरकारलाई गति दिन र गेर बदल्न मन्त्रि परिवर्तन गर्नुपर्ने उनको प्रस्ताव थियो । प्रचण्डले मन्त्रि फेर्ने प्रस्ताव राखेलगतै प्रधानमन्त्रीले सिंहदरवारमा मन्त्रिको कार्यसम्पादन मूल्याङकन नीति लिएका थिए ।

सचिवमार्फत मन्त्रिको कार्यदक्षतालाई मुल्याङकन गर्ने नीति लिएकै बेला मन्त्रिपरिषद फेरबदल हुने आशंका गरिएको थियो । तरपनि सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री ओलीले वर्तमान मन्त्रिपरिषद फेरबदल नहुँने बताइरहेका थिए । सामाजिक सुरक्षा कार्यक्रम सुभारम्भ गर्ने बेला पनि प्रधानमन्त्रीले ओलीले प्रज्ञा प्रतिष्ठानबाट मन्त्रि फेरबदल नहुँने संकेत गरेका थिए ।

केही मन्त्रिहरु विवादीत र कामलाई गति दिन नसक्ने भएपछि दुई अध्यक्ष मन्त्रि फेर्ने कसरतमा जुटेको बालुवाटार स्रोतले बताएको छ । शनिवारको सचिवालय बैठकमा औपचारिक प्रस्ताव ल्याउने तयारी गरिएको थियो । दुई अध्यक्षले मन्त्रि फेर्ने प्रस्ताव ल्याउन लागेको बालुवाटार पुगेपछि अन्य नेताले चाल पाए । मन्त्रि फेर्ने प्रस्ताव आउने निश्चित भएपछि समयमा बैठक नबसेको बहाना बनाएर चार नेता बालुवाटारबाट बाहिरएका थिए ।

‘समयमा बैठक भएन र हामी वहिष्कार गरेर बालुवाटारबाट निस्कियौ, भन्ने एउटा बहाना मात्र हो’ नेकपा स्थायी कमिटीका एक सदस्यले भने ‘दुई अध्यक्षले मन्त्रि फेर्ने प्रस्ताव ल्याउने तयारी गरेपछि अन्य नेताहरु बैठकभन्दा पहिले नै बाहिरिनु भएको हो, अध्यक्षद्धयले प्रस्ताव ल्याउनु भन्दा पहिले नै असहमति जनाउने एउटा उपाय हो ।’

मन्त्री फेर्ने कुराको संकेत प्रधानमन्त्री ओलीका राजनीतिक सल्लाहकार बिष्णु रिमालले पनि गरिसकेका छन् । उनले सरकारलाई प्रभावकारी बनाउन केही मन्त्रि परिवर्तन हुने संकेत सार्वजनिकरुपमै गरेका छन् ।

को–को मन्त्रि छन् ‘डेन्जर जोन’मा ?

युवराज खतिवडा (अर्थमन्त्री)

वर्तमान मन्त्रिपरिषदमा अर्थबिज्ञ युवराज खतिवडालाई अर्थमन्त्रीका रुपमा सपथ गराउँदा मसिनो स्वरमा विरोध र चौतर्फी आशा पलाएको थियो । भन्सार नाकामा हुने गरेको राजश्व चुहावटलाई पनि उनले राम्रोसँग नियन्त्रण गरेर सुधारको संकेत देखाएका थिए । जव उनले दुई तिहाई सरकारको बजेट संसदमा पेश गरे, त्यो दिनदेखि उनको आलोचना राजनीतिक बृत्तमा मात्र चुलिएन, सेयर कारोवारीसम्मले राजीनामा मागे । उनी विवादीत बनेका छन् । अर्थमन्त्री खतिवडा यतिबेला ‘डेन्जर जोन’मा परेका छन् ।

रविन्द्र अधिकारी (संस्कृति, पर्यटन तथा नागरिक उड्यमन्त्री)

मन्त्रि बन्नुभन्दा अघि युवा नेता रविन्द्र अधिकारी निकै लोकप्रिय थिए । विकास समितिको सभापति हुँदा उनले विकासको नयाँ मोडल पनि प्रस्तुत गरेका थिए । तर वाइडबढी विमान खरिदवाट उनी निकै ठुलो विवादमा परेका छन् । उनकै कारण सरकारलाई समस्या भएको बालुवाटारमा मन्थन सुरु भएको छ । अधिकारी पनि ‘डेन्जर जोन’मा परेका छन् ।

 

लालबाबु पण्डित (संघिय मामिला तथा सामान्य प्रशासनमन्त्री)

पहिलो पटक सामान्य प्रशासनमन्त्री बनेर डिभीधारी कर्मचारीलाई तह लगाएका लालबाबु पण्डित ओली सरकारको ‘डेन्जर जोन’मा परेका छन् । कर्मचारी समायोजनका सन्र्दभमा उचित काम गर्न नसकेको आरोप प्रदेशदेखि सिंहदरवारका कर्मचारीसम्मले लगाउने गरेका छन् । स्वच्छ छवी भएका पण्डितलाई पनि हटाउने खेल बालुवाटारभित्र भइरहेको छ ।

शक्तिबहादुर बस्नेत (वन तथा वातावरणमन्त्री)

युद्ध छोडेर संसदीय बाटो रोजेदेखि तत्कालिन माओवादीबाट धेरै मन्त्रि बन्नेमा शक्तिबहादुर बस्नेतको नाम पनि अगाडी नै आउँछ । गृहमन्त्रीसमेत भइसकेका बस्नेत पहिलो पटक प्रचण्ड प्रधानमन्त्री हुँदा राजनीतिक सल्लाहकार भएका थिए । ओली सरकारमा उनी वन तथा वातावरणमन्त्री छन् ।

 

वातावरण मन्त्री भएलगतै तीन महिनाभित्र काठमाडौको धुलो अन्त्य गर्ने, एक बर्षभित्र एकहजार बढिलाई रोजगारी दिने घोषणा गरेका थिए । आफ्नै मन्त्रालयका कर्मचारीले समेत टेर्न छोडेको गुनासो प्रधानमन्त्री कार्यालयसम्म पुगेको छ । राम्रो नजिता दिन नसकेका मन्त्री बस्नेत पनि डेन्जर जोनमा परेका छन् ।

 

हिन्द महासागर पहुँचले नेपाल ‘अप्रत्यक्ष समुद्री देश’: सुमित्रा कार्की

हिन्द महासागर पहुँचले नेपाल ‘अप्रत्यक्ष समुद्री देश’:...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार २३:५२

  काठमाडौँ: NIICE की निर्देशक सुमित्रा कार्कीले भारत हुँदै हिन्द...

अस्थायी संसद् भवनका कारण भएका प्राविधिक तथा व्यवस्थापकीय कठिनाइहरू क्रमशः समाधान गरिनेछन् : सभामुख अर्याल

अस्थायी संसद् भवनका कारण भएका प्राविधिक तथा...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १५:५६

  काठमाडौं । सभामुख डीपी अर्यालले संसदलाई गतिशील र प्रभावकारी...

युद्धविराम लागू हुनुअघि दक्षिणी लेबनानमा ठूलो मात्रामा हवाई आक्रमण

युद्धविराम लागू हुनुअघि दक्षिणी लेबनानमा ठूलो मात्रामा...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १५:४०

एजेन्सी । इजरायल र लेबनान बीचको १० दिने युद्धविराम स्थानीय...

मातातीर्थ औँसीमा कलाकारहरुकाे मार्मिक शब्द : ‘आमा, तिमी नै मेरो संसार’

मातातीर्थ औँसीमा कलाकारहरुकाे मार्मिक शब्द : ‘आमा,...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १३:२९

  काठमाडौं । आज मातातीर्थ औँसी आमाको मुख हेर्ने दिन...

आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण : अर्थमन्त्री वाग्ले

आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण...

वि.सं.२०८३ वैशाख ३ बिहीवार २२:०६

  काठमाडौं । अर्थमन्त्री डॉ. स्वर्णिम वाग्ले ले आम नागरिकको...

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, सम्पत्ति छानबिन आयोग गठन

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, सम्पत्ति छानबिन आयोग...

वि.सं.२०८३ वैशाख २ बुधवार २१:४५

  काठमाडौं । सरकारले पूर्वउच्च पदस्थ अधिकारी र राजनीतिक दलका...