CG Electronics
Ncell NPL
NIMB

सेनामा उपरथीको बढुवा हुँदै, यी हुन् बढुवाका दावेदार

Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौं  । नेपाली सेनामा उपरथी बढुवाको प्रक्रिया थालिएको छ । सैनिक मुख्यालयले रिक्त तीन उपरथी पदका लागि बढुवा सिफारिसको तयारी गरेको हो ।

सेनामा हाल सालै उपरथीहरु शेखरसिंह वस्नेत, अनुज वस्नेत र देवेन्द्र मेघासी अवकास भएका थिए । तीनै जनाको ठाउँमा उपरथीको दरबन्दी रिक्त छ भने रथीमा बढुवा सिफारिस भएका उपरथी शरद गिरीको बढुवा सिफारिस भइसकेको हुँदा उनको ठाउँमा पनि बढुवा सिफारिस गर्ने सैनिक मुख्यालयको तयारी रहेको जनाइएको छ । सैनिक गुप्तचर प्रमुख देव सुवेदीले पनि आगामी पुष १९ मा अनिवार्य अवकास पाउँदै छन् । सुवेदीको ठाउंमा समेत बढुवा अघि बढाउने तयारी सेनाको छ ।

उपरथी बढुवाका लागी सहायकरथीहरु शैलेन्द्र शम्शेर थापा, संजय भण्डारी, वालकृष्ण कार्की, अनन्त कार्की, सरोजप्रताप राणा, सिताराम खड्का र ताराध्वज पाण्डे लाइनमा छन् । तर, भण्डारीको अनलाइन डिग्रि भएकाले बढुवा हुने सम्भावना भने कम छ ।

त्यस्तै सहायकरथी थापाको समेत शैक्षिक प्रमाणपत्रमा कैफियत देखिएको सैनिक स्रोतको दाबी छ । भण्डारी र थापालाई उपरथीमा बढुवा नगर्ने लाइनमा प्रधानसेनापति पूर्णचन्द्र थापा पुगेको उनी निकट स्रोतले बतायो ।

सहायकरथी थापाले शैक्षिक प्रमाणपत्रको सक्कली विवरण ल्याउन समय मागेकाले बढुवामा ढिलाई भएको बताइन्छ । उपरथी बढुवाको लागि बोर्ड गठन भइसकेको मात्र छैन् बोर्डको वैठक पटक पटक बसिसकेको छ । शुक्रवार मात्र बलाध्यक्षकृतरथी हेमन्त कुवंरको अध्यक्षतामा बोर्डको वैठक बसेको थियो ।

हिन्द महासागर पहुँचले नेपाल ‘अप्रत्यक्ष समुद्री देश’: सुमित्रा कार्की

हिन्द महासागर पहुँचले नेपाल ‘अप्रत्यक्ष समुद्री देश’:...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार २३:५२

  काठमाडौँ: NIICE की निर्देशक सुमित्रा कार्कीले भारत हुँदै हिन्द...

अस्थायी संसद् भवनका कारण भएका प्राविधिक तथा व्यवस्थापकीय कठिनाइहरू क्रमशः समाधान गरिनेछन् : सभामुख अर्याल

अस्थायी संसद् भवनका कारण भएका प्राविधिक तथा...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १५:५६

  काठमाडौं । सभामुख डीपी अर्यालले संसदलाई गतिशील र प्रभावकारी...

युद्धविराम लागू हुनुअघि दक्षिणी लेबनानमा ठूलो मात्रामा हवाई आक्रमण

युद्धविराम लागू हुनुअघि दक्षिणी लेबनानमा ठूलो मात्रामा...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १५:४०

एजेन्सी । इजरायल र लेबनान बीचको १० दिने युद्धविराम स्थानीय...

मातातीर्थ औँसीमा कलाकारहरुकाे मार्मिक शब्द : ‘आमा, तिमी नै मेरो संसार’

मातातीर्थ औँसीमा कलाकारहरुकाे मार्मिक शब्द : ‘आमा,...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १३:२९

  काठमाडौं । आज मातातीर्थ औँसी आमाको मुख हेर्ने दिन...

आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण : अर्थमन्त्री वाग्ले

आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण...

वि.सं.२०८३ वैशाख ३ बिहीवार २२:०६

  काठमाडौं । अर्थमन्त्री डॉ. स्वर्णिम वाग्ले ले आम नागरिकको...

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, सम्पत्ति छानबिन आयोग गठन

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, सम्पत्ति छानबिन आयोग...

वि.सं.२०८३ वैशाख २ बुधवार २१:४५

  काठमाडौं । सरकारले पूर्वउच्च पदस्थ अधिकारी र राजनीतिक दलका...