CG Electronics
IME Life
NIMB

पुँजी पर्याप्तता बढी रहेकोले मुलुकको अर्थतन्त्र जोखिममुक्त : गर्भनर अधिकारी

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

 

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंक तथा वित्तीय क्षेत्रलाई सानो धक्काले असर नगर्ने बताएका छन् । उनले पुँजी पर्याप्तता पनि बढी नै रहेकोले मुलुकको अर्थतन्त्र जोखिममुक्त रहेको प्रष्ट पारेका छन् ।
चालु आर्थिक वर्ष २०७९÷८० को ८ महिनाको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी तथ्यांक सार्वजनिक गर्न आयोजित कार्यक्रममा गभर्नर अधिकारीले मुलुकको अर्थतन्त्र सुधारोन्मुख रहेको र वित्तीय क्षेत्र सुरक्षित भएको दावी गरेका हुन् ।

उनले भने, ‘रेमिट्यान्सको सन्र्दभमा उल्लेख्य रुपमा बढेको र पछिल्ला चार महिना १ खर्व भन्दा बढि रेमिट्यान्स नेपालमा भित्रिरहेको अवस्था छ । गत वर्ष ४ खर्बभन्दा बढीले घाटामा रहेको चालु खाता ४४ अर्बले घाटामा छ। शोधनान्तर करिब डेढ खर्बले बचतमा आएको छ।’
२०७९ मा क वर्गका वित्तीय संस्थाहरु वाणिज्य बैकको पुँजी प्राप्त १३ दशमलव ० १ प्रतिशत रहेको छ । ख वर्गको विकास बैंकहरुको १२ दशमलव ७१ प्रतिशत र ग वर्गको फाइनान्स कम्पनीको १७ दशमलव ० ५ प्रतिशत रहेको छ ।
गभर्नर अधिकारीले विदेशी विनियमको सञ्चिति पनि बढ्दै गएको बताए । विदेशी विनियमको सञ्चिति बढेर फागुनसम्म १४ खर्ब १ अर्ब २१ करोड रुपैयाँ बराबरमा पुगेको जानकारी पनि उनले दिए ।

उनले भने ‘ गत असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड बराबर रहेको कुल विदेशी विनिमयको सञ्चिति ८ महिनाको अवधिमा १५.२ प्रतिशतले वृद्धि भएको छ । जस्ले साढे नौ महिनाको आयात धान्न सक्ने अवस्था छ ।
अर्थतन्त्र प्रतिकुल अवस्थामा रहँदा पनि निरन्तरता दिने उद्यमी व्यवसायी र निरन्तर रुपमा सेवा प्रवाह गर्न नचुक्ने बैकिङ्ग क्षेत्रको कार्यवाट नेपालको अर्थतन्त्र सुरक्षित रहेको बताए ।

 

 

 

 

 

 

 

 

 

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी...

वि.सं.२०८३ असार ३ बुधवार ०८:५१

  काठमाडौँ । सेवा प्रवाहमा नागरिकका गुनासा, सुझाव, जिज्ञासालाई राज्य...

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले लगानी गर्न सकेका छैनन् : मनोज ज्ञवाली

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले...

वि.सं.२०८३ असार ३ बुधवार ०८:०८

काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीले...

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको अनुगमन, दशौँ राष्ट्रिय खेलकुद समयमै गर्ने प्रतिबद्धता

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको...

वि.सं.२०८३ असार ३ बुधवार ०८:००

  काठमाडौं — शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल ले...

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका ७० विद्यार्थीलाई स्कुल ब्याग वितरण

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका...

वि.सं.२०८३ असार ३ बुधवार ०७:५१

काठमाडौँ। कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी आईटी कम्पनी स्थापनाको घोषणा र डिजिटल नेपालका लागि चुनौती

सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी...

वि.सं.२०८३ असार २ मंगलवार ०९:१२

  काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्री कार्यालय अन्तर्गत...