CG Electronics
IME Life
NIMB

सरकारको काममा जनताले चित्त बुझाएका छैनन् : गृहमन्त्री श्रेष्ठ

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले परिवर्तनपछि बनेका सरकारको कामबाट जनताले चित्त बुझाउन नसकेको बताएका छन् ।

प्रेस सेन्टर नेपाल उपत्यका प्रदेश कमिटीले काठमाडौंमा गरेको कार्यक्रममा गृहमन्त्री श्रेष्ठले राज्य आफ्नो कार्यभारप्रति गम्भिर हुनु पर्ने बताएका छन् ।

कमिटीको वार्षिक साधरण सभामा गृहमन्त्री श्रेष्ठले भने,‘आफ्नो कार्यभारप्रति सबै गम्भिर हुनुपर्छ । देशले अनेक समस्या भोग्नुपरेको छ । संघर्षबाट प्राप्त परिवर्तन र उपलब्धिमा प्रतिगामीको आक्रमण भईरहेको छ । परिवर्तनपछि काम त भए तर, गुणात्मक हुन सकेनन् । त्यसबाट जनताले चित्त बुझाउन सकेका छैनन् ।’

देशले प्राप्त गरेको हरेक उपब्धिमाथि एकपछि आर्को प्रहार भईरहेको र त्यसका लागि हरेक पाईलामा सचेत हुन आवश्यक रहेको गृहमन्त्री श्रेष्ठको भनाई छ । परिवर्तनको औचित्य पुष्टि गर्न समृद्धिको यात्रालाई तिव्रता दिनु पने उनको भनाई छ ।

उनले भने,‘जनताको अपेक्षा र हाम्रो प्रतिवद्धता पुरा गर्न र परिवर्तनको औचित्य पुष्टि गर्न समृद्धिको यात्रालाई तिव्रता प्रदान गर्नुपर्छ । ’
उनले अर्थतन्त्रमा समस्या देखा परेता पनि त्यसलाई सुधार्न सकिने बताए ।

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी...

वि.सं.२०८३ असार ३ बुधवार ०८:५१

  काठमाडौँ । सेवा प्रवाहमा नागरिकका गुनासा, सुझाव, जिज्ञासालाई राज्य...

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले लगानी गर्न सकेका छैनन् : मनोज ज्ञवाली

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले...

वि.सं.२०८३ असार ३ बुधवार ०८:०८

काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीले...

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको अनुगमन, दशौँ राष्ट्रिय खेलकुद समयमै गर्ने प्रतिबद्धता

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको...

वि.सं.२०८३ असार ३ बुधवार ०८:००

  काठमाडौं — शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल ले...

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका ७० विद्यार्थीलाई स्कुल ब्याग वितरण

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका...

वि.सं.२०८३ असार ३ बुधवार ०७:५१

काठमाडौँ। कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी आईटी कम्पनी स्थापनाको घोषणा र डिजिटल नेपालका लागि चुनौती

सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी...

वि.सं.२०८३ असार २ मंगलवार ०९:१२

  काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्री कार्यालय अन्तर्गत...