CG Electronics
IME Life
NIMB

सुर्तिजन्य पदार्थ बिक्री वितरणमा रोक लगाउने निर्णयले साना व्यवसायीलाई मर्का : अध्यक्ष मल्ल

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लले काठमाडौं महानगपालिकाको सुर्तिजन्य पदार्थ बिक्री वितरणमा रोक लगाउने निर्णयले साना व्यवसायीलाई मार पर्ने बताएका छन् ।

उनले महानगरभित्र सार्वजनिक स्थलमा सुर्तिजन्य पदार्थ र धुम्रपान सेवन गर्न रोक लगाउने कुरा स्वागतयोग्य भएपनि कारोबार नै गर्न नदिने कुराले साना व्यवसायीहरु मारमा पर्ने बताए ।

‘सार्वजनिक स्थलमा सुर्तिजन्य पदार्थ र धुम्रपान सेवन गर्न नहुने कुरा स्वागतयोग्य छ, अन्तराष्ट्रिय प्रचलन नै छ ।’ नेपाल न्यूज बैंकसँग उनले भने, ‘तर कारोबार नै गर्न नदिने कुराले चाँही साना व्यवसायीलाई मार पर्छ । सार्वजनिक स्थलमा सेवन निषेध गरेपनि कारोबारलाई भने बन्द गरिनु हुँदैन ।’

काठमाडौं महानगपालिकाले आजदेखि महानगरभित्र सुर्तिजन्य पदार्थ बिक्री वितरणमा पूर्ण प्रतिबन्ध लगाएको छ । यसका लागि महानगरले सहरका मुख्य चोकहरुमा ५० जना नगर प्रहरी समेत परिचालन गरेको छ ।

महानगरले आफ्नो क्षेत्रभित्रका पसलको अनुगमन गर्दा सुर्तीजन्य पदार्थ भेटिएमा दुई पटकसम्म जफत गर्ने र तेस्रो पटकमा पसल नै बन्द गरिने चेतावनी दिएको छ ।

त्यस्तै, सार्वजनिक स्थलको १ सय मिटर वरपर बसेर धूम्रपान गरेको भेटिए एक सय रुपैयाँ जरिवाना गर्ने जनाएको छ ।

 

फोनिज उपत्यका समन्वय प्रदेश समितिको प्रथम अधिवेशनमा नयाँ नेतृत्व चयन

फोनिज उपत्यका समन्वय प्रदेश समितिको प्रथम अधिवेशनमा...

वि.सं.२०८३ जेठ ३० शनिवार २०:१५

  नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) उपत्यका समन्वय प्रदेश...

कृत्रिम बुद्धिमत्ता, श्रम गतिशीलता र जलवायु परिवर्तनका चुनौतीबीच समावेशी विकासका लागि निजी क्षेत्रसँगको साझेदारीमा जोड

कृत्रिम बुद्धिमत्ता, श्रम गतिशीलता र जलवायु परिवर्तनका...

वि.सं.२०८३ जेठ २९ शुक्रवार २२:४८

  काठमाडौं । नेपाल उद्योग परिसंघ (CNI) र हेल्भेटास नेपालको...

सैनिक कल्याणकारी कोषको शैक्षिक अभियान: छात्रवृत्ति, विशेष शिक्षा र प्राविधिक अध्ययनमा जोड

सैनिक कल्याणकारी कोषको शैक्षिक अभियान: छात्रवृत्ति, विशेष...

वि.सं.२०८३ जेठ २९ शुक्रवार ११:०४

काठमाडौँ — नेपाली सेनाको सैनिक कल्याणकारी कोषले शिक्षा क्षेत्रमा गरेको...

कुमारी बैंकद्वारा नेपालकै पहिलो ‘रियल-टाइम इआरपी-एकीकृत डिजिटल कर्जा’ प्लेटफर्मको सुरुवात

कुमारी बैंकद्वारा नेपालकै पहिलो ‘रियल-टाइम इआरपी-एकीकृत डिजिटल...

वि.सं.२०८३ जेठ २८ बिहीवार २२:१९

काठमाडौँ — कुमारी बैंक लिमिटेडले नेपालमा डिजिटल बैंकिङलाई नयाँ उचाइमा...

कर्मचारीको मानवीय त्रुटिको स्वामित्व लिएको हुँ, गलत काम भएको छैन : अर्थमन्त्री डा वाग्ले

कर्मचारीको मानवीय त्रुटिको स्वामित्व लिएको हुँ, गलत...

वि.सं.२०८३ जेठ २८ बिहीवार १२:०९

  आर्थिक विधेयकमा देखिएका कतिपय प्राविधिक अस्पष्टता र त्रुटिहरूलाई पूर्ण...

मोक्सी काठमाडौंमा डेभिड मेरियटको अविस्मरणीय भ्रमण

मोक्सी काठमाडौंमा डेभिड मेरियटको अविस्मरणीय भ्रमण

वि.सं.२०८३ जेठ २८ बिहीवार १०:०५

काठमाडौं, नेपाल – ८ जुन २०२६ – हालै होटल भ्रमणका...