CG Electronics
IME Life
NIMB

बिग्रिसकेको कांग्रेसले किन यत्रो भोट ल्यायो ?- केपी ओली

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

५ जेठ, काभ्रे । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पहिलो चरणको स्थानीय चुनावको परिणामले एमाले कार्यकर्ताले अझै मेहनत गर्नुपर्ने देखाएको बताएका छन् । नगर चुनावको इतिहासमै पहिलो पटक बनेपा नगरपालिकामा एमालेले जितेपछि विजय उत्सवमा सहभागी हुन बनेपा पुगेका ओलीले भने, ‘बिग्रिसकेको कांग्रेसले किन यत्रो भोट ल्यायो ? हामीले अझै जनतालाई बुझाउन सकेका रहेनछौं ।’

महासचिव र्इश्वर पोखरेल समेतलाई लिएर बनेपा पुगेका ओलीले बिजयसभालाई सम्बोधन गर्दै कांग्रेसले प्राप्त गरेको मत बढि भएको बताए । उनले भने,’कुनै सिद्धान्त र बिचारबाट च्यूत भइसकेको कांग्रेसको बारेमा जनतालाई प्रष्ट पार्न बाँकी नै रहेछ, हामीले अझै मेहनत गर्नुपर्ने भयो ।’

उनले अघि भने, ‘एमालेले यति धेरै काम गरेको छ, राष्ट्रियताको पक्षमा अडान लिएको छ । यति गर्दापनि कांग्रेस कसरी एमालेको हाराहारिमा आयो ?कार्यकर्ताले अझै मेहनत गर्नुपर्ने भएको छ ।’

अध्यक्ष ओलीले चुनावमा सत्तारुढ दलले आतंक मच्चाए पनि एमालेले एक ठाउँमा पनि आतंक नमच्चाएको दाबी गरे । उनले एमालेले अब बनेपालाई आधुनिक शहर बनाउने दाबी गरे । ‘यसअघि लक्ष्मी नरसिंह बादेलाई किन जिताएनछौं भनेर तपार्इहरुलाई पश्चताप हुने वाला छ’ ओलीले भने, ‘अब हामीले बनेपालाई बनाएर देखाउँछौं ।’

नेपाली कांग्रेसको गढ मानिएको काभ्रेको बनेपा नगरपालिकामा एमाले उम्मेदवार विजयी भएपछि विजय जुलुसमा सहभागी हुन एमाले अध्यक्ष केपी ओली बनेपा पुगेका थिए ।

बनेपाको मेयरमा एमालेका उम्मेदवार लक्ष्मी नरसिंह बादेले ९ हजार ६ सय १७ मत पाएर विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी राम जोशीले ८ हजार २ सय ७१ मत पाएका थिए । व

नेपा काङ्ग्रेसको  पकेट क्षेत्र  मानिन्थ्यो  । संविधानसभा ३ मा त्यहाँबाट नेपाली कांग्रेसका कन्चनचन्द्र वादे विजयी भएका थिए र उनी उद्योग राज्यमन्त्री छन् । वनेपाको वडा न ३, ४, ५, ६, ७, १०, ११, १२ र १३ वडाध्यक्ष एमालेले  जितेको छ भने वडा नम्बर १, २, ८, ९ र १३ मा कांग्रेसले जितेको छ ।

सरकारको नीति तथा कार्यक्रममा पर्यटनका के छन् कार्यक्रम ?

सरकारको नीति तथा कार्यक्रममा पर्यटनका के छन्...

वि.सं.२०८३ वैशाख २९ मंगलवार १९:०८

काठमाडौं । सरकारले नेपाललाई विश्व आध्यात्मिक पर्यटनको केन्द्रका रूपमा विकास...

दलित समुदायका प्रथम सगरमाथा आरोही विजय घिमिरेप्रति श्रद्धाञ्जली अर्पण

दलित समुदायका प्रथम सगरमाथा आरोही विजय घिमिरेप्रति...

वि.सं.२०८३ वैशाख २९ मंगलवार १८:४३

काठमाडौं । दलित समुदायका प्रथम सगरमाथा आरोही स्वर्गीय विजय घिमिरे...

रास्वपा सरकारको नीति, अध्यादेश र नेतृत्वबारे एमाले सांसद बादलको कडा टिप्पणी

रास्वपा सरकारको नीति, अध्यादेश र नेतृत्वबारे एमाले...

वि.सं.२०८३ वैशाख २९ मंगलवार १८:३७

काठमाडौं । नेकपा (एमाले) का सांसद राम बहादुर थापा ‘बादल’ले...

रिज लाइन इनर्जी लिमिटेड को आईपीओमा आवेदन दिने आज अन्तिम दिन, सर्वसाधारणका लागि ११ लाख ८० हजार २६० कित्ता शेयर बिक्री खुला

रिज लाइन इनर्जी लिमिटेड को आईपीओमा आवेदन...

वि.सं.२०८२ फागुन ४ सोमवार ०९:०६

  काठमाडौं । रिज लाइन इनर्जी लिमिटेड ले माघ २८...

पार्वती बनिन् एनसेल करोडपति, “सधैं अन करोडपति” अभियानअन्तर्गत बम्पर पुरस्कार प्रदान

पार्वती बनिन् एनसेल करोडपति, “सधैं अन करोडपति”...

वि.सं.२०८२ साउन १० शनिवार ०९:२५

काठमाडौँ । ‘कर्म गर्दै जानुपर्छ, एक दिन त्यसको प्रतिफल पाइन्छ...

अख्तियारमा वर्षभर ३७ हजार उजुरी, १३७ मुद्दा दायर

अख्तियारमा वर्षभर ३७ हजार उजुरी, १३७ मुद्दा...

वि.सं.२०८२ साउन १० शनिवार ०९:१०

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८१/८२ मा...