Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

बिग्रिसकेको कांग्रेसले किन यत्रो भोट ल्यायो ?- केपी ओली

kumari  bank

 

५ जेठ, काभ्रे । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पहिलो चरणको स्थानीय चुनावको परिणामले एमाले कार्यकर्ताले अझै मेहनत गर्नुपर्ने देखाएको बताएका छन् । नगर चुनावको इतिहासमै पहिलो पटक बनेपा नगरपालिकामा एमालेले जितेपछि विजय उत्सवमा सहभागी हुन बनेपा पुगेका ओलीले भने, ‘बिग्रिसकेको कांग्रेसले किन यत्रो भोट ल्यायो ? हामीले अझै जनतालाई बुझाउन सकेका रहेनछौं ।’

महासचिव र्इश्वर पोखरेल समेतलाई लिएर बनेपा पुगेका ओलीले बिजयसभालाई सम्बोधन गर्दै कांग्रेसले प्राप्त गरेको मत बढि भएको बताए । उनले भने,’कुनै सिद्धान्त र बिचारबाट च्यूत भइसकेको कांग्रेसको बारेमा जनतालाई प्रष्ट पार्न बाँकी नै रहेछ, हामीले अझै मेहनत गर्नुपर्ने भयो ।’

उनले अघि भने, ‘एमालेले यति धेरै काम गरेको छ, राष्ट्रियताको पक्षमा अडान लिएको छ । यति गर्दापनि कांग्रेस कसरी एमालेको हाराहारिमा आयो ?कार्यकर्ताले अझै मेहनत गर्नुपर्ने भएको छ ।’

अध्यक्ष ओलीले चुनावमा सत्तारुढ दलले आतंक मच्चाए पनि एमालेले एक ठाउँमा पनि आतंक नमच्चाएको दाबी गरे । उनले एमालेले अब बनेपालाई आधुनिक शहर बनाउने दाबी गरे । ‘यसअघि लक्ष्मी नरसिंह बादेलाई किन जिताएनछौं भनेर तपार्इहरुलाई पश्चताप हुने वाला छ’ ओलीले भने, ‘अब हामीले बनेपालाई बनाएर देखाउँछौं ।’

नेपाली कांग्रेसको गढ मानिएको काभ्रेको बनेपा नगरपालिकामा एमाले उम्मेदवार विजयी भएपछि विजय जुलुसमा सहभागी हुन एमाले अध्यक्ष केपी ओली बनेपा पुगेका थिए ।

बनेपाको मेयरमा एमालेका उम्मेदवार लक्ष्मी नरसिंह बादेले ९ हजार ६ सय १७ मत पाएर विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी राम जोशीले ८ हजार २ सय ७१ मत पाएका थिए । व

नेपा काङ्ग्रेसको  पकेट क्षेत्र  मानिन्थ्यो  । संविधानसभा ३ मा त्यहाँबाट नेपाली कांग्रेसका कन्चनचन्द्र वादे विजयी भएका थिए र उनी उद्योग राज्यमन्त्री छन् । वनेपाको वडा न ३, ४, ५, ६, ७, १०, ११, १२ र १३ वडाध्यक्ष एमालेले  जितेको छ भने वडा नम्बर १, २, ८, ९ र १३ मा कांग्रेसले जितेको छ ।

नेपालकै पहिलो अन्तर्राष्ट्रिय गायन तथा नृत्य रियालिटी शो आयोजना हुने

नेपालकै पहिलो अन्तर्राष्ट्रिय गायन तथा नृत्य रियालिटी...

वि.सं.२०७९ पुस १३ बुधवार १२:३४

काठमाडौं । इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाको...

नेपाल इन्भेष्टमेन्ट बैंकको लाभांश पारित, पुस २७ गतेदेखि एकीकृत कारोबार गर्ने

नेपाल इन्भेष्टमेन्ट बैंकको लाभांश पारित, पुस २७...

वि.सं.२०७९ पुस ८ शुक्रवार ०७:४४

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकको प्रस्तावित लाभांश पारित भएको छ...

हिमालयन र सिभिल बैंकको एजीएम पुस २८ गते आह्वान

हिमालयन र सिभिल बैंकको एजीएम पुस २८...

वि.सं.२०७९ पुस ८ शुक्रवार ०७:३६

काठमाडाै । मर्जर प्रक्रियामा रहेका हिमालयन बैंक र सिभिल बैंकले...

चुनावको मुखैमा भारतले पेट्रोलको मूल्य बढाएर पठायो, नेपालमा कति बढ्छ ?

चुनावको मुखैमा भारतले पेट्रोलको मूल्य बढाएर पठायो,...

वि.सं.२०७९ मंसिर १ बिहीवार ०८:१२

पेट्रोलको मूल्य प्रतिलिटरमा तीन रुपियाँ १६ पैसा बढेर आएको छ।...

चुनावको मौकामा चौका हान्न व्यापारीले बढाए दैनिक उपभोग्य वस्तुको भाउ, सरकार रमिते

चुनावको मौकामा चौका हान्न व्यापारीले बढाए दैनिक...

वि.सं.२०७९ कात्तिक २९ मंगलवार ०८:०८

मंसीर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचन...

दोहोरो अंकका साथ उकालो लाग्यो नेप्से, कति भयो कारोबार ?

दोहोरो अंकका साथ उकालो लाग्यो नेप्से, कति...

वि.सं.२०७९ कात्तिक २८ सोमवार १९:०६

सोमबार सेयर बजार परिसूचक (नेप्से) २१.२६ अंकले बढेको छ। यसअघिका...