IME Life
NIMB

साताको पहिलो दिनमै नेप्से परिसूचक दोहोरो अंकले घट्यो

NIMB
Himalayan Bank

४ असार, काठमाडौं- साताको पहिलो दिनको कारोबारमा नै नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । आइतबार नेप्से परिसूचक १३.६१ अंकले घटेर १५७५.९८ विन्दुमा आइपुगेको छ ।

बजार सकारात्मक दिशामा अगाडी बढ्न सक्ने खबरहरु बजारमा प्रवाहित नभएकोले पनि बजार बढ्न नसकेको सरोकारवालाहरु बताउछन् ।

‘अहिले कम्पनीहरुको प्राथमिक तथा नयाँ सेयर निष्कासन

(आइपीओ/एफपीओ) भइरहेको छ, नयाँ बिमा कम्पनीहरुमा पनि ठुला लगानीकर्ताहरुको रकम लगानी भएको छ, यिनै कारणले बजार बढ्न नसकेको हो,’ ब्रोकर अन्जनराज पौड्यालले भने ।
बजार लगभग तीन महिनादेखि १५ सय ७० देखि १६ सयभन्दा केही माथी रहेर तलमाथी गरिरहेको छ । बजारमा कम उतारचढाव हुँदा मूल्य परिवर्तनबाट समेत कम प्रतिफल आउने भएपछि लगानीकर्ता आइपी र एफपिओमा आकर्षित देखिएको पौड्यालले बताए ।

यता, धेरै संस्थाहरुबाट हकप्रद जारी भइरहेकोले पनि लगानीकर्ता त्यता मोडिएका छन् । नयाँ बिमा कम्पनीमा यसअघि लगानी प्रतिबद्धता गरेका व्यवसायीहरुले लगानी गर्नुपर्ने अवस्था रहेकोले पनि बजारमा ठुला खेलाडीहरुबाट पनि खासै लगानी बढ्न सकेको छैन् ।

बैंकहरुको मुद्दती निक्षेपको ब्याजदर केही घटेको देखिएपनि अझै ब्याजदर ११ प्रतिशत हाराहारीमा नै रहनु, कर्जाको ब्याजदर घट्न नसक्दा पनि बजारले वृद्धिको बाटो समातन सकेको छैन् ।

सामान्यतया, आर्थिक वर्षको अन्तिम महिनाबाट बजार केही बढ्न थाल्ने देखिदै आएको छ । कम्पनीहरुबाट राम्रो प्रतिफलको आशमा लगानीकर्ताहरु यो समय लगानी बढाउने गर्छन् । हाल केही लगानीकर्ता भने यही अवसरको पर्खाइमा समेत रहेका देखिन्छन् ।

आइतबार कारोबार रकम बढ्न नसकेपनि करिब ६० करोड रुपैयाँको सेयर किनबेच भएको छ । यसले लगानीकर्ताको बजारमा उपस्थिती अपेक्षित दरमा कायम नै रहेको ब्रोकरहरु बताउछन् । कारोबारको पहिलो सत्रमा बजार केही बढेको भएपनि ४० मिनेट नसकिदै बजार ओरालो लाग्ने क्रममा देखियो ।

यस दिन कारोबारमा आएका सबै समूहको परिसूचक भने घटेको छ । यद्यपी उच्च हकप्रद र बोनस लाभांश घोषणा गरेको एभरेष्ट इन्स्योरेन्सको सेयर मूल्य भने सबैभन्दा धेरै ९.९८ प्रतिशत बढेको छ । चुक्ता पुँजी कम रहेका नेपाल इन्स्योरेन्स र प्राइम लाइफ इन्स्योरेन्सको पनि मूल्य बढेको छ । बिमा समितिले निर्जीवन बिमा कम्पनीको चुक्ता पुँजी १ अर्ब र जीवन बिमा कम्पनीको चुक्ता पुँजी २ अर्ब हुनुपर्ने व्यवस्था गरेको छ ।

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार १६ जनालाई नगद उपहार घोषणा हुने

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०९:१३

  काठमाडौं । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रम...

नेपाल सरकारको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अब खल्तीमार्फत

नेपाल सरकारको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अब...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०८:२१

  काठमाडौं। आईएमई खल्ती लिमिटेडले नेपाल सरकार, अर्थ मन्त्रालय अन्तर्गतको...

कृषि विकास बैंकको नाफा २९.५२ प्रतिशत घट्यो, लाभांश क्षमता ६.५४ प्रतिशतमा सीमित

कृषि विकास बैंकको नाफा २९.५२ प्रतिशत घट्यो,...

वि.सं.२०८३ साउन २१ बिहीवार १०:२५

  काठमाडौं । खुद ब्याज आम्दानीमा आएको गिरावट र इम्पेयरमेन्ट...

सस्तो मात्रै होइन, सही छनोट: नेपाली उपभोक्ताको बदलिँदो सोच

सस्तो मात्रै होइन, सही छनोट: नेपाली उपभोक्ताको...

वि.सं.२०८३ साउन २० बुधवार २३:०१

  काठमाडौं । केही वर्षअघिसम्म घरका लागि दूरदर्शन (टेलिभिजन), शीतभण्डार (रेफ्रिजरेटर)...

महासंघअन्तर्गत थप तीन विषयगत समितिले पाए पूर्णता

महासंघअन्तर्गत थप तीन विषयगत समितिले पाए पूर्णता

वि.सं.२०८३ साउन १९ मंगलवार १०:५४

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गत थप तीन वटा विषयगत समितिले...

विकट भूगोलमा सडक सञ्जाल : राष्ट्र निर्माणको पर्याय बन्दै नेपाली सेना

विकट भूगोलमा सडक सञ्जाल : राष्ट्र निर्माणको...

वि.सं.२०८३ साउन १९ मंगलवार ०८:३८

  नेपालको सुन्दरता जति मनमोहक छ, यहाँको भूगोल पूर्वाधार विकासका...