डा. गोविन्द अनशन बसे काउन्टर दिन विजय थापाको यस्तो छ तयारी
Friday Feb 22, 2019
वि.सं.२०७५ फागुन १० शुक्रवार १२:२८

काठमाडौं, १० फागुन । शिक्षा अभियन्ता विजय थापाले डाक्टर गोबिन्द केसीको नाममा जारी प्रेस विज्ञप्तीप्रति आफ्नो गम्भिर आपत्ति रहेको टिप्पणी गरेका छन् ।
शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै थापाले डा. केसी फेरी पनि अनशनको चेतावनी दिन्छन भने उक्त अनसनको बिरुद्धमा आफ ुपनि अनसन बस्ने चेतावनी दिए ।
उनले भने,‘डाक्टर केसी अनशन बस्छन् भने म पनि केसीको बाटो रोज्न पछि हट्दिन ।’ उनले कार्यान्वयनको चरणमा रहेको चिकित्सा शिक्षा ऐनबिरुद्ध केसीको चर्काे बिरोध रहेको भन्दै त्यसमा पनि आपत्ति जनाए ।
उनले भने,‘सरकारी मापदण्ड पुरा गरि आशयपत्र लिईसकेका मेडिकल कलेजलाई सम्बन्धन दिने प्रक्रियामा केसी छटपटाईरहेका छन्, यसबाट नै नेपालको चिकित्सा शिक्षा क्षेत्रमा अघोषित सिन्डीकेट रहेको स्पष्ट हुन्छ ।’
विदेशमा रहेका कयौं नेपाली बिद्यार्थीहरुलाई देशमा बिद्यमान दलाल कन्सल्टेन्सीमार्फत बेचिरहँदा कमिशनको लाभमा डा. केसी र उनका समर्थकहरुले कागजको टोपी लगाएर माईतिघरमा नाटकमात्र गर्ने गरेको पनि उनले गम्भिर आरोप लगाए ।
‘अष्ट्रेलियाको एआईबिटी कलेजमा अध्ययनरत एक हजारभन्दा बढि नेपाली बिद्यार्थी अलपत्र परेको खबरप्रति मेरो गम्भिर ध्यानाकषर्ण भएको छ’–उनले भने ।
नेपालमा मेडिकल कलेज खोल्न नदिने षडयन्त्रमा कन्सलटेन्सीहरु लागिपरेको पनिउनले आरोप लगाए । उनले अलपत्र नेपाली बिद्यार्थीहरुको तत्काल उद्धार गरि ती दलाल कन्सल्टेन्सीहरु माथि कारवाहीको पहल अगाडि बढाउन सरकारसंग जोडदारमाग गरे ।
साथै, उनले अष्ट्रेलियामा बिचल्लीमा रहेका नेपाली बिद्यार्थीको घट्नालाई लुकाउने प्रयास पनि भैरहेको खुलासा गरे । तत्काल अलपत्रमा परेका बिद्यार्थीहरुको उद्धार गरि दोषीहरुमाथि कारवाहीको प्रक्रिया अगाडि नबढाईए आफुहरुले कारवाही गर्ने थापाले चेतावनी दिए । उनले भने,‘ती दलालहरुलाई कारवाही गर्नकै लागि हामीलाई सडकमा जान बाध्य नपारियोस।’
उनले बंगलादेशबाट डाक्टर पढेर नेपाल फर्कने क्रममा त्रिभुवन बिमानस्थलमा बिमान दुर्घटनामा परि ज्यान गुमाएका घर परिवारलाई तत्काल क्षतिपुर्तीको ब्यवस्था गर्न पनि माग गरे । त्यस्तै, उनले बंगलादेशको कालोसुचिमा परेका त्यहाँको मेडिकल कलेजबाट ठगिएका छ सय भन्दा बढि बिद्यार्थीको उद्धार तथा दोषीमाथि कडा कारवाही गर्न पनि सरकारसंग माग गरेका छन ।
काठमाडौँ बाहिर खोलिन लागेका मेडिकल कलेजहरुको निर्माण चाँडै होस् भन्दै उनले नेपालमा नै अध्ययन गर्ने बातावरणको सृजना गर्नुपर्नेमा जोड दिए । उनले भने,‘नेपालमा एम.डी.तथा पिजीक्लासको कोटा बढाउन पनि म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’
हिजो काठमाडौँ बाहिर मेडिकल कलेज खोल्नेलाई तथानाम गालि गर्दे गोविन्द केसीले अनसनको नाटक मञ्चन गरेको उनको आरोप छ । उनले भने,‘गोविन्द केसी र विवेकशिल साझाहरु आज नेपाली बिद्यार्थीहरु बिदेशमा अलपत्र बनि रुँदै चिच्याउँदै सञ्चार माध्ययमबाट गुहार माग्दा किन मौन बसेका छन? म प्रश्न गर्न चाहन्छु।’
यो देशको शैक्षिक माफियाहरु को–को हुन भन्ने कुरा समेत प्रष्ट भैसकेको बताए । उनले नेपालमा मेडिकल कलेज खोल्न नदिने,नेपालको समस्त स्वास्थ क्षेत्रलाई लथालिङग बनाई भाँडभैलो मच्चाउने अभिप्राय राखेर बस्ने कुनै पनि
आमरण अनसन बिरुद्ध आफु अनसन बस्न कुनै पनि हालतमा पछि नहट्ने समेत स्पष्ट पारे ।
डा. केसीको धम्की र आमरण अनसनको नाटक मञ्चनलाई फेरी पनि देशको जुनसुकै कुनाबाट चुनौती दिन आफु तम्तयार रहेकोे उनको भनाई थियो ।
























