CG Electronics
IME Life
NIMB

प्रदेश १ मा सामाजिक बिकास मन्त्री घिमिरे धनी, मुख्य मन्त्री सहित अरू तीन जना मन्त्री ऋिणी

NIMB
Himalayan Bank

विराटनगर बैशाख ५ । पाँच सदस्यीय मन्त्रिपरिषद रहेको प्रदेश १ सरकारमा सामाजिक विकास मन्त्री जीवन घिमिरे सबैभन्दा धनी मन्त्री रहेको पाइएको छ। मुख्यमन्त्री कार्यालयमा बुझाएको गत आर्थिक वर्षको सम्पत्ति विवरणमा घिमिरे सबैभन्दा धनी रहेको देखिएको हो।

घिमिरेसँग विभिन्न स्कुल, हाइड्रोपावर, कृषि फार्मलगायतमा एक करोड ३४ लाख २० हजार बराबरको सेयर रहेको छ। यसैगरी उनीसँग ६ लाख रुपैयाँ विभिन्न बैंकमा मौज्दाज रहेको छ। यस्तै, पाँच लाख नगद, १२ तोला सुन, २० तोला चाँदी रहेको सम्पत्ती विवरणमा उल्लेख छ। मन्त्री घिमिरेसँग एउटा मारुती कार, एउटा स्कुटर र एउटा मोटरसाइकल छ भने विराटनगर महानगरपालिका–११ मा एक कठ्ठा जग्गामा बनेको घर, ३४५ वर्गमिटर जग्गा, मोरङको कटहरी गाउँपालिका–४ मा ३३८६ वर्गमिटर र श्रीमती विमला घिमिरेको नाममा केराबारी गाउँपालिका–२ मा १६ रोपनी जग्गा रहेको देखिन्छ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयबाट प्राप्त सम्पत्ति विवरणअनुसार मुख्यमन्त्री शेरधन राईबाहेक अन्य चारै जना मन्त्रीहरुले ठूलो रकम ऋण लिएको देखिएको छ। सबैभन्दा धेरै ऋण प्रदेश सरकारको ढिकुटी सञ्चालन गर्ने आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोको दुई करोड ७१ लाख रुपैयाँ रहेको छ। आङ्बोले नेपाल इन्भेष्टमेन्ट बैंकबाट दुई करोड ५१ लाख र कुमारी बैंकबाट २० लाख रुपैयाँ ऋण लिएको विवरण बुझाएका छन्।

यसैगरी सामाजिक विकासमन्त्री जीवन घिमिरेको बैंक अफ काठमाडौंबाट एक करोड १८ लाख ५५ हजार र एक्सेल बैंकबाट चार लाख ३२ हजार गरी एक करोड २२ लाख ८७ हजार रुपैयाँ ऋण लिएको देखिएको छ। उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्री जगदीश कुसियतको पनि ज्योति विकास बैंकमा ६३ लाख र विजेन्द्र श्रेष्ठलाई १० लाख रुपैयाँ ऋण तिर्न बाँकी रहेको छ। आन्तरिक मामिला तथा कानुनमनत्री हिक्मतकुमार कार्कीको सम्भावी सहकारी बानेश्वरमा तीन लाख रुपैयाँ ऋण रहेको सम्पत्ति विवरणमा उल्लेख छ।

मुख्यमन्त्री राईसँग कृषि विकास बैंक, विभिन्न हाइड्रोपावर र स्कुल गरी १२ लाख २४ हजार रुपैयाँ बराबरको शेयर रहेको छ । उनले विभिन्न व्यक्तिलाई चार लाख ५० हजार ऋण दिएको सम्पत्ति विवरणमा उल्लेख छ। मुख्यमन्त्री राईसँग टोयटा कम्पनीको जिप एक थान, १९ तोला सुन, ३० तोला चाँदी तथा विभिन्न बैंकमा १० लाख ४७ हजार नगद रहेको छ। यसैगरी भोजपुरको आमचोक गाउँपालिका–३ मा नौ हेक्टर आठ रोपनी जग्गा र पैतृक घर, ७० रोपनी जग्गा र सुनसरीको इटहरी उपमहानगरपालिका–५ मा आठ धुर जग्गा रहेको विवरणमा उल्लेख छ।


आन्तरिक मामिला तथा कानुनमन्त्री कार्कीले श्रीमती र आफ्ना नाममा स्कुल, अस्पताल र हाउजिङमा ३२ लाख ८८ हजार बराबरको शेयर खरिद गरेका विवरण पेश गरेको छन्। उनीहसँग २२ लाखमा खरिद गरेको सेन्ट्रो कार, ६ तोला सुन, १० तोला चाँदी र श्रीमती अन्जना पाण्डेको नाममा लुम्बिनी बैंकमा ५० लाख नगद मौज्दात रहेको देखिएको छ। यसैगरी दाजु दीपक कार्कीसँगको साझेदारीमा झापाको गौरादह नगरपालिका–१ मा डेढ कठ्ठा जग्गा रहेको विवरण मन्त्री कार्कीले बुझाएका छन्।

आर्थिक मामिला तथा योजनामन्त्री आङ्बोले पाँचथरको फिदिम नगरपालिका–११ मा सगोलको पाँच रोपनी जग्गामा बनेको घर, ५० रोपनी जग्गा, श्रीमती कुमारी लावतीको नाममा झापाको बिर्तामोड र कमलमा ६० लाख रुपैयाँमा खरिद गरेको तीन कठ्ठा जग्गा, इलामको चुलाचुलीमा मिक्लाजुङ कृषि फर्मको नाममा रहेको दुई बिघा जग्गा रहेको विवरण पेश गरेका छन्। उनको कृषि फर्ममा ३०० वटा बंगुर छ। उनीसँग दुई लाख ५० हजार रुपैयाँ नगद, दुई लाख ७५ हजार विभिन्न बैंकमा बचत, १० तोला सुन र २० तोला चाँदी रहेको देखिएको छ। यस्तै, पालुङ खोला हाइड्रोपावरमा १० प्रतिशत सेयर र ३० लाखको लगानीमा सञ्चालन गरेको फेन्सी पसलसमेत रहेको छ।

पर्यटनमन्त्री कुसियतले सुनसरीको कोसी गाउँपालिका–५ मा दुई कठ्ठा जग्गामा बनेको घर र सात बिघा जग्गा, काठमाडौंमा ७५ लाखमा किनेको जग्गा रहेको विवरण पेश गरेका छन्। उनीसँग विभिन्न बैंकमा दुई लाख १२ हजार मौज्दात रहेको छ भने १७ तोला सुन र ४० तोला चाँदी तथा आइटी कन्सल्टेन्टमा दुई लाख ५० हजारको सेयर रहेको छ। यस्तै, २९ लाख रुपैयाँमा खरिद गरेको टाटा कम्पनीको कार, मोटरसाइकल एक थान, थ्रेसर मेसिन दुई थान र ४७ वटा चौपाया रहेको विवरण देखिएको छ।

प्रदेश सरकारका मन्त्रीहरुले समयमै सम्पत्ति विवरण बुझाएको भए पनि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका कर्मचारीको लापरबाहीका कारण सार्वजनिक नभएको पाइएको छ। मुख्यमन्त्री राईले गत साउन ३१, आन्तरिक मामिला तथा कानुनमन्त्री कार्कीले भदौ २८, आर्थिक मामिला तथा योजनामन्त्री आङ्बोले भदौ २५, सामाजिक विकासमन्त्री घिमिरे र उद्योग, वन, वातावरण तथा पर्यटनमन्त्री कुसियतले साउन २ मा नै सम्पत्ति विवरण बुझाइसकेको पाइएको छ।

ट्रक महासंघ र अर्थमन्त्री वाग्लेबिच भेटवार्ता, बीमाले नसमेट्ने राहतका लागि छुट्टै कोष बनाउने आश्वासन

ट्रक महासंघ र अर्थमन्त्री वाग्लेबिच भेटवार्ता, बीमाले...

वि.सं.२०८३ साउन १३ बुधवार ०७:४२

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघले सार्वजनिक सवारी दुर्घटनाका...

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी दिवसमा ३५ हजार आदिवासीको ऐतिहासिक जमघट, ५० भन्दा बढी जातिका संस्कृति, परिकार र पहिचान एकै थलोमा

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी...

वि.सं.२०८३ साउन १० आइतवार २२:३७

  काठमाडौं, साउन १० – नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)...

सुनिल थापा मगरको ‘सोल्टिनी सेवारो’ले जित्दै दर्शक–श्रोताको मन

सुनिल थापा मगरको ‘सोल्टिनी सेवारो’ले जित्दै दर्शक–श्रोताको...

वि.सं.२०८३ साउन १० आइतवार १३:२५

    काठमाडौं । नेपाली सांगीतिक बजारमा गायक सुनिल थापा...

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ वार्षिकोत्सव उद्घाटन

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ...

वि.सं.२०८३ साउन ९ शनिवार १६:२९

काठमाडौं । भृकुटीमण्डप स्थित नेपाल पुलिस हेल्थ क्लबमा एक कार्यक्रमका...

मानार्थ वाणिज्यदूतहरूको संस्था एचसीसीएनको डिनमा सुरज वैद्य निर्वाचित

मानार्थ वाणिज्यदूतहरूको संस्था एचसीसीएनको डिनमा सुरज वैद्य...

वि.सं.२०८३ साउन ७ बिहीवार २२:०३

काठमाडौं । प्रतिष्ठित व्यावसायिक घराना वैद्य अर्गनाइजेसन अफ इन्डस्ट्रिज एन्ड...

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा समाधान र लुटेरा ग्रिड–फर्मिङ ऊर्जा सञ्चय प्रणाली सार्वजनिक

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा...

वि.सं.२०८३ साउन ६ बुधवार १९:३२

काठमाडौं, साउन ६, २०८३ – ह्वावेले आफ्नो नवीनतम फ्युजनसोलार ९.०...