CG Electronics
IME Life
NIMB

सत्ता गठबन्धन बैठक : कोशीको परिणाम अप्रत्याशित र चिन्ताजनक

NIMB
Himalayan Bank

 

काठमाडौं । सत्ता गठबन्धनको बैठकले राष्ट्रिय सभामा सत्ता गठबन्धनको अपेक्षाविपरीत आएको निर्वाचन परिणामलाई अप्रत्याशित ठहर गरेको हो । दुई सदस्यका लागि भएको निर्वाचनमा कांग्रेस उम्मेदवारले जितेका थिए भने महिलातर्फको सीटमा माओवादी उम्मेदवारलाई एमालेसँग पराजित गरेकी थिइन ।

राष्ट्रियसभाको निर्वाचनको समीक्षा गर्न बालुवाटारमा मंगलबार साँझ बसेको सत्तारुढ गठबन्धनको बैठक पश्चात नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले कोशीमा आएको परिणामको बारेमा प्रारम्भिक छलफल भएको बताएका छन् ।

गठबन्धनका शीर्ष नेताले आफ्नो पक्षको मतभारका हिसाबमा जीत सुनिश्चितको हिसाब निकालेका थिए । अपेक्षाअनुसारको परिणाम नआउनु गम्भीर र चिन्ताजनक भएको भन्दै नेता लेखकले त्यसको बारेमा गम्भीर रुपमा छलफल भएको बताए ।

उनले भने, ‘कोशी प्रदेश सत्ता पक्षको गठबन्धनमा हामीले एउटा सिट गुमाएका छौं । त्यो विषयलाई लिएर छलफल भएको छ । समग्रतामा अरु प्रदेशको बारेमा पनि छलफल भएको छ । राष्ट्रियसभाको निर्वाचनको परिणामलाई लिएर प्रारम्भिक रुपले गम्भीररुपमा छलफल गरेको छ । कोशीमा जुन परिणाम आएको छ यो गम्भीर छ, चिन्ताजनक छ यसको बारेमा प्रारम्भिक छलफल भएको छ र अझै छलफल गर्ने निर्णय भएको छ ।’

यस्तै, उनले यो विषय गठबन्धनकै सरोकारको विषय भएको भन्दै यसले गठबन्धनमा कुनै प्रतिकूल प्रभाव नपार्ने बताए ।
उनले भने, ‘यो कन्सर्न प्रधानमन्त्री वा सभापतिको मात्रै नभएर समग्रतामा गठबन्धनकै कन्सर्न हो किनभने सबैको साझा उम्मेदवार भएको हुनाले यसमा कसका के भन्दा पनि समग्रतामा विश्लेषण गरेका छांै । गठबन्धन एकमुष्ट छ, एकीकृत छ, गठबन्धनमा यसले कुनै प्रतिकूल प्रभाव पार्ने अवस्था छैन् भन्ने विषयमा पनि समझदारी छ ।’

उनले प्रारम्भिक छलफलमा गोप्य मतदानका विषयमा कसले फ्लोर क्रस ग¥यो भन्ने विषय प्रारम्भिक छलफलको विषय नभएको भन्दै यस बारेमा आगामी दिनमा विश्लेषण हुने बताए ।

ट्रक महासंघ र अर्थमन्त्री वाग्लेबिच भेटवार्ता, बीमाले नसमेट्ने राहतका लागि छुट्टै कोष बनाउने आश्वासन

ट्रक महासंघ र अर्थमन्त्री वाग्लेबिच भेटवार्ता, बीमाले...

वि.सं.२०८३ साउन १३ बुधवार ०७:४२

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघले सार्वजनिक सवारी दुर्घटनाका...

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी दिवसमा ३५ हजार आदिवासीको ऐतिहासिक जमघट, ५० भन्दा बढी जातिका संस्कृति, परिकार र पहिचान एकै थलोमा

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी...

वि.सं.२०८३ साउन १० आइतवार २२:३७

  काठमाडौं, साउन १० – नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)...

सुनिल थापा मगरको ‘सोल्टिनी सेवारो’ले जित्दै दर्शक–श्रोताको मन

सुनिल थापा मगरको ‘सोल्टिनी सेवारो’ले जित्दै दर्शक–श्रोताको...

वि.सं.२०८३ साउन १० आइतवार १३:२५

    काठमाडौं । नेपाली सांगीतिक बजारमा गायक सुनिल थापा...

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ वार्षिकोत्सव उद्घाटन

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ...

वि.सं.२०८३ साउन ९ शनिवार १६:२९

काठमाडौं । भृकुटीमण्डप स्थित नेपाल पुलिस हेल्थ क्लबमा एक कार्यक्रमका...

मानार्थ वाणिज्यदूतहरूको संस्था एचसीसीएनको डिनमा सुरज वैद्य निर्वाचित

मानार्थ वाणिज्यदूतहरूको संस्था एचसीसीएनको डिनमा सुरज वैद्य...

वि.सं.२०८३ साउन ७ बिहीवार २२:०३

काठमाडौं । प्रतिष्ठित व्यावसायिक घराना वैद्य अर्गनाइजेसन अफ इन्डस्ट्रिज एन्ड...

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा समाधान र लुटेरा ग्रिड–फर्मिङ ऊर्जा सञ्चय प्रणाली सार्वजनिक

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा...

वि.सं.२०८३ साउन ६ बुधवार १९:३२

काठमाडौं, साउन ६, २०८३ – ह्वावेले आफ्नो नवीनतम फ्युजनसोलार ९.०...