CG Electronics
IME Life
NIMB

जापानीज कम्पनी होन्डा र निसान मर्ज हुँदै

NIMB
Himalayan Bank

 

काठमाडौं । जापानी अटोमोबाइल कम्पनी निसान मोटरका सेयर बुधबार ऐतिहासिक उचाइमा पुगेको छ । वित्तीय समस्यामा रहेको निसान मोटर होन्डा मोटरसँग मर्जरको तयारी गरेको मिडिया रिपोर्टपछि सेयर बढेको हो । यस्तो मर्जरले ठूला प्रतिस्पर्धीहरूसँग प्रतिस्पर्धा गर्न र विद्युतीय सवारीसाधनको बढ्दो बजारमा लगानी गर्न सक्षमता प्रदान गर्ने बुझिएको छ ।

फ्याक्टसेटको डाटाअनुसार निसानका सेयर २३.७ प्रतिशतले वृद्धि भएको हो, जुन सन् १९८५ पछि अहिलेसम्मकै उच्च वृद्धि हो ।  यसैबीच, होन्डाको सेयर भने ३ प्रतिशतले घट्यो । निक्केई पत्रिकाको रिपोर्टअनुसार निसान र होन्डा एक होल्डिङ कम्पनीअन्तर्गत सञ्चालन गर्ने र मित्सुबिशी मोटर्सलाई समेत समेट्ने सोचमा छन् । मित्सुबिशीमा निसानसँग २४ प्रतिशत सेयर छ ।

सीएनबीसीसँग कुरा गर्दै फ्रोस्ट एण्ड सुलिभान अनुसन्धान फर्मका ग्लोबल क्लाइन्ट लिडर फर मोबिलिटी विवेक वैद्यले निसानको कमजोर वित्तीय प्रदर्शन मर्जरको प्रमुख कारण भएको बताए । गत नोभेम्बरमा निसानले आफ्नो राजस्व र सञ्चालन लक्ष्य घटाएको थियो । प्रमुख बजारहरूमा बढ्दो प्रतिस्पर्धाको कारण कम्पनीले ९ हजार जागिर कटौती गर्ने र उत्पादन क्षमतामा २० प्रतिशत कटौती गर्ने योजना पनि सार्वजनिक गरेको थियो ।

अटोफोरकास्ट सोल्युसन्सका अध्यक्ष तथा सीईओ जो मकेबले रेनोसँगको सम्बन्ध डगमगिएपछि निसानले नयाँ बाटो खोजेको बताए ।

एक विज्ञप्तिमा निसानले होन्डासँग ‘मर्जर हुने कुरा’ कम्पनीको घोषणामा आधारित नभएको बताएकाे छ । निसानले होण्डा र मित्सुबिशी मोटर्ससँग भविष्यमा सहकार्यका विभिन्न सम्भावनाहरू विचार गरिरहेको तर कुनै निर्णय ‍नभएको जनाएको छ ।

वैद्यले भने, ‘मर्जरले तीन अटोमेकरहरूलाई प्रविधिमा पहुँच, नवीनताका जोखिम न्यूनीकरण र लागत सुधार गर्न सहयोग गर्नेछ ।’

साथै, मर्जरले पेट्रोल इन्जिन सवारीसाधन, हाइब्रिड, विद्युतीय र हाइड्रोजन सवारीसाधनहरूमा काम गर्ने बताइएको छ ।

वैद्यले कार निर्माताहरूले हाल आईसीई भेहिकल र ब्याट्रीबाट चल्ने ईभी दुबैमा लगानी गरिरहेको अवस्थामा जापानको दोस्रो ठूलो कार निर्माता हुण्डाई र तेस्रो निसानबीचको मर्जरले नवप्रवर्तनबाट हुने जोखिम कम गर्ने बताए ।

निक्केईको रिपोर्टअनुसार संयुक्त निसान-होण्डा-मित्सुबिशी उद्यमले वार्षिक रूपमा ८० लाखभन्दा बढी सवारीसाधन बिक्री गर्नेछन् । यसले कम्पनीलाई विश्वको सबैभन्दा ठूलो कार निर्मातामध्ये एक बनाउनेछ । तर ‍‍पनि जापानी कार निर्माता टोयोटा मोटर (२०२३ मा १ करोड १२ लाख) र जर्मन कार निर्माता फक्सवागन (गत वर्ष ९२ लाख सवारीसाधन बिक्री) भन्दा कम हुनेछ ।

होन्डा र निसान यस वर्षको सुरुवातमा साझा अटोमोटिभ कम्पोनेन्ट र सफ्टवेयरमा आधारित रणनीतिक साझेदारीमा प्रवेश गरेपछि यो मर्जरको रिपोर्ट आएको हो ।

यो हालसम्मकै सबैभन्दा ठूलो अटोमोटिभ उद्योगको मर्जर हुनेछ । यसअघि २०२१ को जनवरीमा फियाट क्रिस्लर र फ्रान्सको पीएसए ग्रुप मर्ज भई स्टेलान्टिस बनेको थियो । स्टेलान्टिसको मार्केट क्याप ३८.६७ बिलियन डलर रहेको छ भने निसान र होण्डाको मर्जरपश्चात् ५४ बिलियन डलरको कम्पनी बन्नेछ ।

यस्तो मर्जरले विद्युतीय सवारीसाधनको विकासलाई अघि बढाउन र विभिन्न चुनौतीहरूसँग सामना गर्न सघाउनेछ।

वैश्विक अटो उद्योग हाल विद्युतीय सवारीसाधन (ईभी) तर्फ रूपान्तरण हुँदै गर्दा धेरै चुनौतीहरूको सामना गरिरहेको छ, जसमा टेस्ला र चीनको बीवाईडीजस्ता कम्पनीहरूको प्रभुत्व छ ।

उदाहरणका लागि फक्सवागनले जर्मनीमा कारखाना बन्द गर्ने र हजारौं जागिर कटौती गर्ने योजना बनाएको छ भने जनरल मोटर्सले हालै आफ्नो सेल्फ-ड्राइभिङ रोबोट्याक्सी कम्पनी क्रुज बन्द गरिसकेको छ ।

होन्डा र निसानको लागि अर्को चुनौती भनेको निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रस्ताव गरेको ट्यारिफ हो, जसले वैश्विक आपूर्ति श्रृंखलामा ठूलो पुनर्संरचनाको आवश्यकता पर्न सक्छ ।

 

यामाहा नेपाल टिम र डिलर नेटवर्क ‘ब्लु सर्ज – पावरिङ अहेड टुगेदर’ पार्टनर्स मिट २०२६ मा सहभागी हुनपटाया, थाइल्यान्ड प्रस्थान

यामाहा नेपाल टिम र डिलर नेटवर्क ‘ब्लु...

वि.सं.२०८३ साउन १३ बुधवार ००:१६

  काठमाडौं, नेपाल – २७ जुलाई, २०२६ – यामाहा नेपालको...

उपायको विस्तार तीव्र : ५४ प्रतिशत कारोबार वृद्धि, १,५०० भन्दा बढी रोजगारी र देशभर शाखा सञ्जाल

उपायको विस्तार तीव्र : ५४ प्रतिशत कारोबार...

वि.सं.२०८३ साउन ११ सोमवार २०:२८

काठमाडौं। प्रविधिमा आधारित लजिस्टिक्स सेवा प्रदायक उपाय ले पछिल्लो एक...

इनड्राइभ नेपालद्वारा ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ प्रमाणपत्र प्रदान

इनड्राइभ नेपालद्वारा ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ प्रमाणपत्र...

वि.सं.२०८३ साउन ११ सोमवार २०:१३

  काठमाडौं, नेपाल । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले...

भारतमा सार्वजनिक भयो नयाँ मारुती सुजुकी ब्रेजा फेसलिफ्ट, प्रारम्भिक मूल्य ७.३९ लाख भारु

भारतमा सार्वजनिक भयो नयाँ मारुती सुजुकी ब्रेजा...

वि.सं.२०८३ साउन १० आइतवार २१:५२

काठमाडौं । मारुती सुजुकीले भारतीय बजारमा २०२६ ब्रेजा फेसलिफ्ट आधिकारिक...

चीनमा बीवाईडी र होन्डालाई उछिनेको दिपल निभो क्यु–०५ अब नेपाली बजारमा

चीनमा बीवाईडी र होन्डालाई उछिनेको दिपल निभो...

वि.सं.२०८३ साउन १० आइतवार २१:४१

  काठमाडौं । चिनियाँ विद्युतीय सवारी बजारमा छोटो समयमै उल्लेखनीय...

नाइमा मोबिलिटी एक्स्पोमा एमजीको ४३० किमी रेन्ज दिने ‘यू९’ पिकअप सार्वजनिक हुँदै

नाइमा मोबिलिटी एक्स्पोमा एमजीको ४३० किमी रेन्ज...

वि.सं.२०८३ साउन १० आइतवार २१:३१

  काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधनको बजार विस्तार भइरहेका बेला...