Laxmi Sunrise Bank Limited
NIMB
TATA Banner

हामीले खाने विहान बेलुकीको खाना आयात गरेर खान नपरोस् : मन्त्री अधिकारी

Laxmi Sunrise Bank Limited
Sanima Bank
Himalayan Bank
TATA Banner

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले विहान बेलुकीको खाना आयात गरेर खान नपरोस् भन्ने उद्देश्य मन्त्रालयले बोकेको बताएका छन् ।

आइतबार काठमाडौंमा आयोजित कृषि अनुदान, रासायनिक मल एवं धानको उत्पादन आ.व २०८१, ८२ को विवरण सार्वजनिकीकरण कार्यक्रममा उनले नेपालमा निर्यात गर्न सक्ने क्षमता रहेको भन्दै आयातको भरमा बाच्न नहँुने बताएका हुन् ।

उनले भने, ‘हाम्रो उद्देश्य भनेको आयात गर्न नपरोस् भन्ने हो । हामी यो मन्त्रालयमा बसि रहँदा हामीले खाने विहान बेलुकीको खाना आयात गरेर खान नपरोस् भन्ने उद्देश्य मन्त्रालयले बोकेको छ । कति उत्पादन गर्छ होईन, कम्तीमा बाहिरबाट ल्याएर खान नपरोस् भन्ने उद्देश्य मन्त्रालयले राखेको छ ।

आयातको भरमा बाच्न हँुदैन निर्यात गर्न सक्ने क्षमता हामीसँग छ र त्यो राखौं भन्ने उद्देश्य हामीले राखेका छौँ।’

यसको साथै, उनले धान, मकैजस्ता वस्तुको उत्पादन वृद्धि हुनु कृषकहरुको मेहेनत भएको भन्दै यसलाई हाम्रो उपलब्धी भन्न नमिल्ने बताए ।

उनले भने, ‘कृषि कर्म गर्ने मान्छेले राम्रो तरिकाबाट कृषि कर्म गरिदिनुभयो त्यसकारण धान र मकैको उत्पादन वृद्धि भयो यो कुरा सही हो । हामीले हाम्रो कारणले वृद्धि भएको भनेर कहिले भनेका छैनौँ । यसको लागि कृषकहरुलाई नै धन्यवाद दिने हो र दिएका छौँ ।’

अनुदान लिएर कृषि कर्म नगरेकाहरुलाई कारबाही गर्नको लागि मन्त्रालयमा छलफल गरेर एउटा टिम बनाएको पनि उनको भनाई छ ।

उनले भने, ‘अनुदान कस्ता कस्ताले पाएका, कस्ले ठूलो रकम पाएका र अनुदान लिएर पनि कृषि कर्म नगरेको हुन सक्छ त्यसका लागि मन्त्रालयमा छलफल गरेर कारबाही गर्नको लागि एउटा टिम बनाएका छौँ ।’

देशको माटोले दिएको बिउ चिन्न नसक्दा आयात गर्नुपर्ने अवस्था आयो : मन्त्री पौडेल

देशको माटोले दिएको बिउ चिन्न नसक्दा आयात...

वि.सं.२०८२ कात्तिक २९ शनिवार १३:२५

  काठमाडौं । बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकासमन्त्री मधुसुदन...

एनपीएलको पहिलो चरणको ६ दिनको खेलहरुको लागि टिकट बुकिङ खुला

एनपीएलको पहिलो चरणको ६ दिनको खेलहरुको लागि...

वि.सं.२०८२ कात्तिक २९ शनिवार १३:१५

काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान)ले दोस्रो संस्करणको नेपाल प्रिमियर...

ग्रेस इन्टरनेशनल २० औं वर्षमा प्रवेश, प्रभावकारी सेवा दिने उद्घोष

ग्रेस इन्टरनेशनल २० औं वर्षमा प्रवेश, प्रभावकारी...

वि.सं.२०८२ कात्तिक २९ शनिवार १२:५८

  काठमाडौं । नेपालको शैक्षिक परामर्श सेवामा अग्रणी संस्था ग्रेस...

निराशा चिर्दै अघि बढ्यो ‘परान’, जगदम्बा प्रालिको पनि साथ

निराशा चिर्दै अघि बढ्यो ‘परान’, जगदम्बा प्रालिको...

वि.सं.२०८२ कात्तिक २८ शुक्रवार २१:४२

  काठमाडौं । नेपाली चलचित्र उद्योगमा कुनै बेला ‘फ्लप’ फिल्महरूको...

सबैको सुझाव अनुसार मौद्रिक र वित्तिय नीति बनेको छ, समस्या हुँदैन् : अर्थमन्त्री

सबैको सुझाव अनुसार मौद्रिक र वित्तिय नीति...

वि.सं.२०८२ कात्तिक २७ बिहीवार २३:२२

  काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले विगतको तुलनामा यसवर्षको मौद्रिक...

दज्र्यानी चिन्ह ग्रहणपछि आइजीपी कार्कीले भने : ‘जिम्मेवारी पूरा गर्छु’

दज्र्यानी चिन्ह ग्रहणपछि आइजीपी कार्कीले भने :...

वि.सं.२०८२ कात्तिक २७ बिहीवार २२:०४

  काठमाडौं । नेपाल प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक(आइजीपी) दानबहादुर कार्कीले...