Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

कुलमान र हितेन्द्रको रिटमाथि सकिएन सुनुवाइ, अन्तिम टुंगो बुधबारपछि

 

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङ र वर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य को रिटमाथि सर्वोच्च अदालतमा सुनुवाइ भए पनि अन्तिम निर्णय हुन सकेको छैन। मंगलबार भएको सुनुवाइ नसकिएपछि मुद्दालाई ‘हेर्दाहेर्दैमा’ राखिएको छ।

सर्वोच्च अदालतका न्यायाधीश कुमार चुडाल र नित्यानन्द पाण्डेय को इजलासमा मंगलबार दुवै पक्षको सुनुवाइ भएको थियो। सो अवसरमा कुलमान घिसिङको पक्षबाट वरिष्ठ अधिवक्ताहरू दिनमणि पोखरेल, माधव बस्नेत लगायतले बहस गरेका थिए। तर, हितेन्द्रदेव शाक्यको तर्फबाट भने बहस हुन बाँकी रहेकाले मुद्दा थप प्रक्रियाका लागि ‘हेर्दाहेर्दैमा’ राखिएको हो।

यसअघि आइतबार पनि यी मुद्दाहरूको सुनुवाइका लागि पेशी तोकिएको थियो, तर कार्यसूचीमा परे पनि सुनुवाइ हुन सकेको थिएन। अब बिहीबार हितेन्द्रदेव शाक्यको पक्षबाट वरिष्ठ अधिवक्ता शम्भु थापा, गोविन्द बन्दी लगायतका कानुन व्यवसायीले बहस गर्नेछन्। साथै, सरकारी पक्षबाट महान्यायाधिवक्ता रमेश वडाल सहितका कानुन व्यवसायीले आफ्नो तर्क प्रस्तुत गर्ने कार्यक्रम छ।

बुधबारको बहसपछि सर्वोच्च अदालतले अन्तरिम आदेश दिने वा नदिने विषयमा निर्णय गर्ने बताइएको छ। हालसम्म भएको कानुनी बहसका आधारमा अदालतले अन्तरिम आदेश जारी नगर्ने सम्भावना बलियो देखिएको कानुनी जानकारहरूको विश्लेषण छ।

अब बुधबारको बहसपछि मात्र सर्वोच्च अदालतको अन्तिम धारणा सार्वजनिक हुनेछ।

फरवार्डबाट बिपन्न बेरोजगारहरुलाई सफारी हस्तान्तरण

फरवार्डबाट बिपन्न बेरोजगारहरुलाई सफारी हस्तान्तरण

वि.सं.२०८२ असार २३ सोमवार २३:५३

  काठमाडौं । गरिवी तथा विपन्न समुदायमा काम गर्दै आई...

अर्थतन्त्रको गतिमा कमी, मोनेटरी नीतिले मात्र सबै सम्भव छैन : गभर्नर पौडेल

अर्थतन्त्रको गतिमा कमी, मोनेटरी नीतिले मात्र सबै...

वि.सं.२०८२ असार २३ सोमवार २२:४३

  काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले...

‘सरकारमा कोही छाड्ने र आउने भन्ने कुरा सामान्य राजनीतिक प्रक्रिया हो’

‘सरकारमा कोही छाड्ने र आउने भन्ने कुरा...

वि.सं.२०८२ असार २३ सोमवार २२:४०

  काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौंलाले अहिलेको...

ऋण दिँदैमा व्यवसायी सफल हुँदैनन् : गभर्नर पौडेल

ऋण दिँदैमा व्यवसायी सफल हुँदैनन् : गभर्नर...

वि.सं.२०८२ असार २२ आइतवार २१:३८

  काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा.विश्वनाथ पौडेलले ऋण...

नेपालमा वायु प्रदुषण स्वास्थ्यका लागि सबैभन्दा ठुलो जोखिमः विश्व बैंक

नेपालमा वायु प्रदुषण स्वास्थ्यका लागि सबैभन्दा ठुलो...

वि.सं.२०८२ असार २२ आइतवार २१:३५

  काठमाडौं । नेपालमा वायु प्रदुषण स्वास्थ्यका लागि सबैभन्दा ठुलो...

बागमती प्रदेशको बजेट पुनःसंरचना : दुई अर्बका १६ सय नयाँ योजना पूरक प्रस्तावमार्फत समावेश

बागमती प्रदेशको बजेट पुनःसंरचना : दुई अर्बका...

वि.सं.२०८२ असार २२ आइतवार ०९:२७

  हेटौंडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२÷८३...