CG Electronics
IME Life
NIMB

प्रेस चौतारी नेपालको केन्द्रीय समिति बैठक सम्पन्न, कार्ययोजना तथा समसामयिक विषयमा १० बुँदे प्रस्ताव पारित

NIMB
Himalayan Bank

काठमाडौं । प्रेस चौतारी नेपाल केन्द्रीय समितिको दोस्रो बैठक शुक्रबार ललितपुरको राष्ट्रिय प्रकृति संरक्षण कोषको सभा हलमा सम्पन्न भएको छ। अध्यक्ष गणेश पाण्डेको अध्यक्षता र नेकपा एमालेका महासचिव शंकर पोखरेलको प्रमुख आतिथ्यतामा बसेको बैठकले समसामयिक विषयहरूमा १० बुँदे प्रस्ताव पारित गरेको छ। बैठकले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र प्रवर्द्धनप्रति प्रतिबद्धता जनाउँदै पछिल्लो समयमा फैलाइएका भ्रम र अराजक गतिविधिप्रति भर्त्सना गरेको छ।

तीनकुनेमा भएको हिंसात्मक घटनामा पत्रकारमाथिको आक्रमण र एभीन्यूज टेलिभिजनका क्यामेरा पर्सन सुरेश रजकको निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै दोषीमाथि कडा कारबाहीको माग गरिएको छ। साथै, प्रेस स्वतन्त्रता तथा पत्रकारहरूको सुरक्षा सुनिश्चित गर्न सरकारसँग जोडदार माग गरिएको छ।

बैठकले सामाजिक सञ्जाल विधेयक तुरुन्त पारित गर्न, सञ्चारसम्बन्धी कानुन निर्माण र संशोधनमा ढिलाइ नगर्न आग्रह गरेको छ। साथै, पत्रकार आचारसंहिताको पालना गर्दै व्यावसायिक र उत्तरदायी पत्रकारिता प्रवर्द्धन गर्ने प्रतिबद्धता जनाएको छ।

प्रेस चौतारी नेपालको आगामी वार्षिक कार्ययोजनामा प्रशिक्षण वर्ष २०८२ लाई प्राथमिकता दिइने र पत्रकारहरूको वैचारिक तथा पेसागत दक्षता अभिवृद्धिका लागि केन्द्रित गरिने निर्णय गरिएको छ।

बैठकमा स्वरोजगारीमुखी सञ्चारमाध्यमलाई पहिचान गरी सहुलियत दिने, श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयन गराउने र सञ्चारमाध्यमका लागि लोककल्याणकारी विज्ञापन बजेट वृद्धि गर्न माग गरिएको छ।

बैठकमा नेकपा एमालेका वरिष्ठ नेता र विभिन्न जनसंगठनका प्रतिनिधिहरूले सम्बोधन गरेका थिए। नयाँ मनोनित केन्द्रीय सदस्य र केन्द्रीय आयोगका सदस्यहरूको नाम समेत घोषणा गरिएको छ।

बैठकको प्रारम्भमा सञ्चारिका समूह तथा फोनिजमा निर्वाचित पत्रकारहरूलाई बधाई तथा शुभकामना व्यक्त गरिएको छ। बैठकमा हालै निर्वाचित केन्द्रीय समितिका कार्ययोजना र आगामी रणनीतिमाथि विस्तृत छलफल भइरहेको छ भने त्यस सम्बन्धी महत्वपूर्ण निर्णयहरू लिइने जानकारी दिइएको छ।

बैठकमा नेकपा एमाले संगठन समन्वय प्रमुख भानुभक्त ढकाल, प्रेस चौतारी नेपालका इञ्चार्ज राजेन्द्र गौतम, निवर्तमान अध्यक्ष गणेश बस्नेत, पूर्वअध्यक्ष राजेन्द्र अर्याल, वरिष्ठ नेता विश्वमणि सुवेदीलगायतको उपस्थिति रहेको छ।

प्रेस चौतारी नेपालको दोस्रो केन्द्रीय समिति बैठकबाट मनोनित केन्द्रीय सदस्यहरू:

  • प्रकाशचन्द्र भट्टराई

  • विष्णु आचार्य

  • पुकार तिमिल्सिना

  • इश्वरराज ढकाल

  • गणेश उप्रेती

  • सन्दीप शर्मा रिजाल

  • चाँदनी आचार्य

  • रामचन्द्र प्रजापति

  • कविता अधिकारी

  • खगेन्द्र कार्की

  • राजेन्द्र ठगुन्ना

  • इन्दीप कोइराला

  • अप्सरा गौतम

  • भुवनसिंह ठकुरी

  • देवराज साउद

  • बालमुकुन्द आचार्य

  • घनश्याम धमला

  • दीपक श्रेष्ठ

  • कृष्ण धामी

  • दीपक बुढा

  • कालिका शिवाकोटी

  • तुलसी कोइराला

  • अमिर लामा

  • युवराज विष्ट

  • रामभरोसी महतो

केन्द्रीय आयोगका सदस्यहरू:

  • मुकुन्द भुसाल (काठमाडौं)

  • विनु चेम्जोङ (धनकुटा)

  • रामबाबु सुवेदी (चितवन)

  • बासु श्रेष्ठ (धादिङ)

  • भानु ढकाल (अछाम)

  • नरेन्द्र विष्ट (बैतडी)

 

 

 

 

 

 

ट्रक महासंघ र अर्थमन्त्री वाग्लेबिच भेटवार्ता, बीमाले नसमेट्ने राहतका लागि छुट्टै कोष बनाउने आश्वासन

ट्रक महासंघ र अर्थमन्त्री वाग्लेबिच भेटवार्ता, बीमाले...

वि.सं.२०८३ साउन १३ बुधवार ०७:४२

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघले सार्वजनिक सवारी दुर्घटनाका...

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी दिवसमा ३५ हजार आदिवासीको ऐतिहासिक जमघट, ५० भन्दा बढी जातिका संस्कृति, परिकार र पहिचान एकै थलोमा

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी...

वि.सं.२०८३ साउन १० आइतवार २२:३७

  काठमाडौं, साउन १० – नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)...

सुनिल थापा मगरको ‘सोल्टिनी सेवारो’ले जित्दै दर्शक–श्रोताको मन

सुनिल थापा मगरको ‘सोल्टिनी सेवारो’ले जित्दै दर्शक–श्रोताको...

वि.सं.२०८३ साउन १० आइतवार १३:२५

    काठमाडौं । नेपाली सांगीतिक बजारमा गायक सुनिल थापा...

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ वार्षिकोत्सव उद्घाटन

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ...

वि.सं.२०८३ साउन ९ शनिवार १६:२९

काठमाडौं । भृकुटीमण्डप स्थित नेपाल पुलिस हेल्थ क्लबमा एक कार्यक्रमका...

मानार्थ वाणिज्यदूतहरूको संस्था एचसीसीएनको डिनमा सुरज वैद्य निर्वाचित

मानार्थ वाणिज्यदूतहरूको संस्था एचसीसीएनको डिनमा सुरज वैद्य...

वि.सं.२०८३ साउन ७ बिहीवार २२:०३

काठमाडौं । प्रतिष्ठित व्यावसायिक घराना वैद्य अर्गनाइजेसन अफ इन्डस्ट्रिज एन्ड...

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा समाधान र लुटेरा ग्रिड–फर्मिङ ऊर्जा सञ्चय प्रणाली सार्वजनिक

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा...

वि.सं.२०८३ साउन ६ बुधवार १९:३२

काठमाडौं, साउन ६, २०८३ – ह्वावेले आफ्नो नवीनतम फ्युजनसोलार ९.०...