CG Electronics
IME Life
NIMB

विविध कार्यक्रम गरी राष्ट्रिय संगीत दिवसका रुपमा मनाइर्दै

NIMB
Himalayan Bank

 

ज्याःपुन्हि अर्थात् जेष्ठ पूर्णिमाका दिनलाई राष्ट्रिय संगीत दिवसका रुपमा मनाउने अभियान अन्तर्गत यही जेष्ठ २८ गते बुधबार ललितपुरमा विविध कार्यक्रम आयोजना गरिने भएको छ ।

विभिन्न देशहरुमा संगीत दिवस मनाउने परम्परा रहेको छ । नेपालको सन्दर्भममा मल्लकालदेखि नै हरेक वर्ष जेष्ठ पूर्णिमाको दिन राजा सिद्धिनरसिंह मल्लले रचना गरेका ३१ वटा शास्त्रीय गीत गाउने परम्परा चल्दै आएको छ । इतिहासकारहरुका अनुसार यो ३ सय ८८ वर्षदेखि निरन्तर चल्दै आएको छ । यसै ऐतिहासिक आधारमा टेकेर सो दिनलाई राष्ट्रिय संगीत दिवसका रुपमा मनाउन लागिएको हो।

जेष्ठ पूर्णिमाका दिन पाटन दरबार क्षेत्रस्थित कृष्णमन्दिर अगाडि राजा सिद्धिनरसिंह मल्लका सिंहासन प्रदर्शन गरी सो गीत गाउने गरिन्छ । सो परम्परालाई निरन्तरता दिँदै त्यसको सन्दर्भ, महत्वलाई आधुनिक परिवेशसंग जोडेर व्यापक बनाउने उद्देश्यले ललितपुर संस्कृति प्रवद्र्धन केन्द्रले सो दिनलाई जनस्तरबाट राष्ट्रिय संगीत दिवसको रुपमा मनाउनुपर्ने अभियान थालनी गरेको थियो।

यस पृष्ठभूमीमा विभिन्न संघसंस्थाको बृहत सहभागितामा राष्ट्रिय संगीत दिवस मनाउन लागिएको केन्द्रका अध्यक्ष बदनलाल न्याछ्योंले सोमबार आयोजित सरोकारवाला भेलामा जानकारी दिनुभयो।

केन्द्रका अनुसार ३१ वटा शास्त्रीय गीत गाउने कार्यक्रमसंगै जेष्ठ २८ गते मंगलबजार र विभिन्न टोलहरुमा दाफा भजन, शास्त्रीय तथा आधुनिक गीतहरु प्रस्तुती गरिने छ।त्यस्तै जेष्ठ ३० गते कलानिधि इन्दिरा महाविद्यालयद्वारा ललितपुरको पिम्बहालमा शास्त्रीय तथा आधुनिक गीतहरु प्रस्तुती गरिने छ ।

त्यसै गरी असार १ गते काठमाडौं, भक्तपुर, किर्तिपुर, खोकना, विराटनगर, चैनपुर, क्यानाडा, अमेरिका, अष्टेलियामा समेत कार्यक्रम हुने छ।
फ्रान्सको पहलमा सन् १९८२ देखि हरेक वर्ष जुन २१ लाई विश्व संगीत दिवसको रुपमा मनाउँदै आएको छ । त्यसैगरी सन् १९७४ मा संयुक्त राष्ट्र अमेरिकाको अग्रसरतामा अक्टुबर १ का दिनलाई अन्तर्राष्ट्रिय संगीत दिवसको रुपमा मनाउ“दै आएको छ ।

त्यस्तै सन् १९७५ मा लर्ड यहुदी मेनुहिनको पहलमा जुन २१ लाई युनेस्काले विश्व संगीत दिवसको रुपमा स्थापित गरेको थियो।
जेष्ठ पूर्णिमाका दिन नात्यश्वरको पुजा तथा आराधना गरी ३१ वटा गीतहरु गाउने र आरति गरी विर्सजन गर्ने गरिन्छ ।

ती गीतहरु तन्त्रसंग सम्बन्धित रहेको छ।यस गीतको मुख्य आकर्षण भनेको मेघ मल्लार गीत हो।जुन गीत गाएपछि एक थोपा भएपनि पानी पर्ने जनविश्वास रहेको छ। वर्षकै सबैभन्दा बढी गर्मीको दिन भएकोले पानी पार्नका लागि मेल मल्लार जस्ता तान्त्रिक गीत गाउने परम्परा नेपाली शास्त्रीय संगीतको एउटा महत्वपूर्ण पक्षका रुपमा लिइएको छ ।

संघीय, लोकतान्त्रिक गणतान्त्रिक युगमा यस्तो संस्कृतिको प्रवद्र्धनका र यसको महत्वलाई समेत व्यापक बनाउन लागि राष्ट्रिय संगीत दिवसका रुपमा मनाउने अभियान शुरु गरेको र सरकारी तवरबाट त्यसको घोषणाका लागि लगातार पहल गर्दै आएको पनि केन्द्रका अध्यक्ष न्याछ्याेंको भनाई रहेको छ।केन्द्रले यसको विस्तृत अध्ययन गरी घोषणाका लागि विशेष प्रस्ताव तयार गरेको छ। केन्द्रले छिट्टै नै सो प्रस्ताव सरकारलाई बुझाउने तयारी गरेको छ ।

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी दिवसमा ३५ हजार आदिवासीको ऐतिहासिक जमघट, ५० भन्दा बढी जातिका संस्कृति, परिकार र पहिचान एकै थलोमा

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी...

वि.सं.२०८३ साउन १० आइतवार २२:३७

  काठमाडौं, साउन १० – नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)...

सुनिल थापा मगरको ‘सोल्टिनी सेवारो’ले जित्दै दर्शक–श्रोताको मन

सुनिल थापा मगरको ‘सोल्टिनी सेवारो’ले जित्दै दर्शक–श्रोताको...

वि.सं.२०८३ साउन १० आइतवार १३:२५

    काठमाडौं । नेपाली सांगीतिक बजारमा गायक सुनिल थापा...

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ वार्षिकोत्सव उद्घाटन

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ...

वि.सं.२०८३ साउन ९ शनिवार १६:२९

काठमाडौं । भृकुटीमण्डप स्थित नेपाल पुलिस हेल्थ क्लबमा एक कार्यक्रमका...

मानार्थ वाणिज्यदूतहरूको संस्था एचसीसीएनको डिनमा सुरज वैद्य निर्वाचित

मानार्थ वाणिज्यदूतहरूको संस्था एचसीसीएनको डिनमा सुरज वैद्य...

वि.सं.२०८३ साउन ७ बिहीवार २२:०३

काठमाडौं । प्रतिष्ठित व्यावसायिक घराना वैद्य अर्गनाइजेसन अफ इन्डस्ट्रिज एन्ड...

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा समाधान र लुटेरा ग्रिड–फर्मिङ ऊर्जा सञ्चय प्रणाली सार्वजनिक

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा...

वि.सं.२०८३ साउन ६ बुधवार १९:३२

काठमाडौं, साउन ६, २०८३ – ह्वावेले आफ्नो नवीनतम फ्युजनसोलार ९.०...

‘हरित लक्ष्य’ अभियानमार्फत दीर्घकालीन वातावरणीय योगदान गर्छौं : लक्ष्मी सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत विक्रम शाह

‘हरित लक्ष्य’ अभियानमार्फत दीर्घकालीन वातावरणीय योगदान गर्छौं...

वि.सं.२०८३ साउन ६ बुधवार ०९:१५

  काठमाडौं । वातावरण संरक्षण तथा जलवायु परिवर्तनका चुनौतीहरूको सामना...