Laxmi Sunrise Bank Limited
NIMB
TATA Banner

संसद अवरोध : सत्तापक्ष र प्रतिपक्षबीच समझदारीको प्रयास, भोलिदेखि बैठक चल्ने आशा

Laxmi Sunrise Bank Limited
Sanima Bank
Himalayan Bank
TATA Banner

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सन्तोष परियारले सत्तापक्षले ठोस कुराहरु केही गर्न नसकेर पटक पटक संसद स्थगित हुँदै आइरहेको बताएका छन् । आइतबार पनि प्रतिनिधिसभाको बैठक बस्न नसकेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले सदन सधैं यसरी गैरजिम्मेवार हुनु भन्दा पनि जिम्मेवार हुनुपर्ने बताए ।

उनले भने, ‘सत्तापक्षले ठोस कुराहरु केही गर्न नसकेर पटक पटक संसद स्थगित हुँदै आइरहेको छ । तर अब केही सकारात्मक कुराहरु भएका छन् त्यसैले भोलि २ बजे संसद बैठक बस्नेछ र चल्ने छ भन्नेमा हामी पनि आशावादी छौं । सदन सधैं यस्तो भएर हुँदैन । जिम्मेवार हुनुपर्छ भनेर सभामुखसँग भनेका छौं ।’

यसैगरी नेकपा माओवादी केन्द्रको प्रमुख सचेतकमा हितराज पाण्डेले सदन चलाउन सत्तापक्ष र प्रतिपक्षबिच वार्ता भैइरहेको बताए । उनले भिजिट भिसा प्रकरणमा छानविन आयोग बनाउनुपर्ने बताए ।

उनले भने, ‘छलफल जारी नै छ । सहमति केहि भएको छैन । सत्तापक्ष र प्रतिपक्षबिच वार्ता भैइरहेको छ । सुशासनसँग केन्द्रित रहेर छानविन समिति बनाउनुपर्छ भन्नेमा हामी लागिरहेका छौँ । प्रतिपक्ष दलका नेता दिनमा पनि आएर समग्र समस्याको हल कसरि गर्ने भन्ने बारे राजनीतिक दलका नेतासँग कुरा भैइरहेको छ ।’

यसैगरी नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले सदन चलाउन समझदारीको नजिक पुगेको बताए । उनले १३ गतेदेखि अवरुद्ध भइरहेको छ यस्तो गर्न हुँदैन भनेर दिनभर विपक्षीदलसँग अपिल गरे पनि सहमती हुन नसकेको बताए ।

उनले भने, ‘हामि समझदारीको नजिक नजिक पुगेका छौं । १३ गतेदेखि अवरुद्ध भैरहेको छ यस्तो गर्न हुँदैन भनेर । दिनभर विपक्षीदलसँग अपिल गरेका थियौँ तर सहमती हुन सकेन । भोलि १२ बजे उनीहरुको बैठक हुने छ अनि सांसद बैठक भोलिबाट सुरु हुनेछ । भोलि गृहमन्त्रीले जवाफ दिनुहुनेछ ।

अख्तियार अनुसन्धान आयोगले गरेको छानबिन निष्कर्शमा पुगेको पनि छैन । त्यसैले त्यसबारे कुनै समिति बन्ने छैन । एउटा छलफलका माध्यमबाट सहमतिमा अगाडी बढ्नुपर्छ । हिजो संसद उनीहरुकै कारणले बन्द भयो र अब भोलि उनीहरुकै कारण खुल्ने छ ।’
भिजिट भिसाको विवादमा तानिएका गृहमन्त्री रमेश लेखकको राजीनामा वा संसदीय छानबिन समितिमध्ये एक माग पुरा नभएसम्म संसद्को अवरोध हट्न नसक्ने अडान लिँदै आएका छन् ।

लगानी प्रोत्साहनका कुरा भाषणमा मात्र सीमित नहोस : चन्द्र ढकाल

लगानी प्रोत्साहनका कुरा भाषणमा मात्र सीमित नहोस...

वि.सं.२०८२ मंसिर १ सोमवार २२:२३

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले...

‘सरकार र व्यवसायी नमिलेसम्म कराधार विस्तार गर्न सकिँदैन्’

‘सरकार र व्यवसायी नमिलेसम्म कराधार विस्तार गर्न...

वि.सं.२०८२ मंसिर १ सोमवार २२:१९

  काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले जबसम्म सरकार र करदाता...

नेपाल बैंकको ८९औं वार्षिकोत्सवमा सुवेदी : ‘सेवा विस्तार र विश्वसनीयता नै हाम्रो आधार’

नेपाल बैंकको ८९औं वार्षिकोत्सवमा सुवेदी : ‘सेवा...

वि.सं.२०८२ मंसिर १ सोमवार २०:११

  काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले आइतबार...

नेपाल बैंक लिमिटेडले ८९औं वार्षिकोत्सव मनायो, अध्यक्ष शर्माले स्थायित्व र विश्वसनीयतामा जोड दिए

नेपाल बैंक लिमिटेडले ८९औं वार्षिकोत्सव मनायो, अध्यक्ष...

वि.सं.२०८२ मंसिर १ सोमवार २०:०३

  काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले आइतबार...

८९औं वार्षिकोत्सवमा नेपाल बैंकका सिईओ पाण्डे : ‘डिजिटल रूपान्तरण नै हाम्रो प्रमुख प्राथमिकता’

८९औं वार्षिकोत्सवमा नेपाल बैंकका सिईओ पाण्डे :...

वि.सं.२०८२ मंसिर १ सोमवार १९:४९

  काठमाडौं । नेपाल बैंक लिमिटेडले आफ्नो ८९औं वार्षिकोत्सव आइतबार...

देश बनाउनका लागि धेरैभन्दा धेरै राजस्व जम्मा गर्ने लक्ष्य छ : मीन बहादुर गुरुङ

देश बनाउनका लागि धेरैभन्दा धेरै राजस्व जम्मा...

वि.सं.२०८२ मंसिर १ सोमवार १८:२६

काठमाडौं । भाटभटेनी सुपर मार्केटका सञ्चालक एवम व्यवसायी मीनबहादुर गुरुङले...