Laxmi Sunrise Bank Limited
NIMB
TATA Banner

विराटनगरमा प्रोटोन ईमासको भव्य शोरुम उद्घाटन, पूर्वी नेपालमा पनि बलियो उपस्थिति

Laxmi Sunrise Bank Limited
Sanima Bank
Himalayan Bank
TATA Banner

विराटनगर, नोभेम्बर १४, २०२५, जगदम्बा मोटर्स प्रा.लि. अन्तर्गतको नेपालकै अग्रणी इलेक्ट्रिक सवारी साधन ब्रान्ड प्रोटोन ईमासले आज देशका प्रमुख व्यापारिक केन्द्रहरूमध्ये एक विराटनगरमा अत्याधुनिक थ्रीएस शोरूमको औपचारिक उद्घाटन गरेको छ ।

नयाँ सोरुमको सञ्चालनले नेपालभर एकीकृत तथा सुदृढ इभि नेटवर्क विस्तार गर्ने प्रोटोन ईमासको लक्ष्यमा महत्वपूर्ण कदमको रूपमा योगदान पुर्‍याएको छ । ग्राहकलाई विश्वस्तरको अनुभव प्रदान गर्न डिजाइन गरिएको यस सेन्टरले विराटनगरका प्रोटोन ईमासका ग्राहकहरूलाई देशभरको समान प्रिमियम मापदण्डसहितको सुविधा उपलब्ध गराएको छ । उच्चस्तरीय ग्राहक अनुभवका लागि डिजाइन गरिएको यो अत्याधुनिक सुविधा केन्द्रमा, विस्तृत बिक्री परामर्श,
प्राविधिक दक्षतासहितको सेवा सुविधा, मूल स्पेयर पार्ट्स उपलब्धता जस्ता सम्पूर्ण सुविधाहरू एकै ठाउँबाट प्राप्त गर्न सकिन्छ, जसले पूर्वी नेपालका प्रोटोन ईमास ग्राहकहरूलाई अझ भरपर्दो तथा सहज सेवा सुनिश्चित गर्ने कम्पनिले जनाएको छ ।

उद्घाटन समारोहमा मुख्य अतिथिको रुपमा नाडा कोशीका अध्यक्ष दिल्ली राम आचार्यसहित स्थानीय सरोकारवाला, उद्योगी, व्यवसायी, विशिष्ट अतिथिहरू तथा सञ्चारकर्मीहरूको उपस्थिति थियो । कार्यक्रममा गाडी हस्तान्तरण, उत्पादन प्रदर्शनी तथा अन्तरक्रियात्मक सत्रहरू आयोजित गरिएका थिए, जसले इभि प्रेमी तथा सम्भावित ग्राहकहरूलाई आकर्षित गरेको थियो ।

उद्घाटन समारोहमा बोल्दै जगदम्बा मोटर्सका वरिष्ठ उपाध्यक्ष श्री राजु भेटवालले भन्नुभयो- ‘विराटनगर सधैं नवप्रवर्तन र प्रगतिमा अग्रणी बजार रहँदै आएको छ । यो नयाँ थ्रीएस शोरुममार्फत हामी ग्राहकलाई उत्कृष्ट सेवा, अत्याधुनिक प्रविधि र वास्तविक मूल्य प्रदान गर्दै पूर्वी क्षेत्रमा सम्पूर्ण इलेक्ट्रिक मोबिलिटी इकोसिस्टम ल्याउँदैछौं ।’

विराटनगर शोरुमको उद्घाटनले प्रोटोन ईमासको द्रुत विस्तार रणनीतिलाई अझ बलियो बनाएको छ, जसअन्तर्गत नेपालका प्रमुख शहरहरूमा प्रिमियम इलेक्ट्रिक सवारी साधन तथा पेशेवर सेवाको पहुँच सुनिश्चित गरिएको छ ।

पूर्वदेखि पश्चिमसम्म आफ्नो उपस्थिति विस्तार गरिरहेको प्रोटोन ईमासले सफा, स्मार्ट र दिगो गतिशीलतालाई नेपाली परिवारहरूले सहजै अपनाउन सकून् भन्ने लक्ष्यसहित आफ्नो यात्रालाई निरन्तर अघि बढाइरहेको छ ।

 

डोंगफेङ नामीको उपस्थिति थप मजबुत: बिर्तामोडमा अत्याधुनिक शोरूम उद्घाटनपछि टेस्ट ड्राइभ र एक्सचेन्ज क्याम्प सुरु

डोंगफेङ नामीको उपस्थिति थप मजबुत: बिर्तामोडमा अत्याधुनिक...

वि.सं.२०८२ कात्तिक ३० आइतवार ०९:००

  बिर्तामोड, १५ नोभेम्बर २०२५ -डोंगफेङ नामीको अधिकृत आयातकर्ताएमएडब्लू वृद्धि...

टाटा नेक्सन अक्टोबर २०२५ मा भारतको सबैभन्दा बढी बिक्री हुने कम्प्याक्ट एसयूभी

टाटा नेक्सन अक्टोबर २०२५ मा भारतको सबैभन्दा...

वि.सं.२०८२ कात्तिक २८ शुक्रवार २१:४१

  काठमाडौँ। अक्टोबर २०२५ मा टाटा मोटर्सको नेक्सन सबैभन्दा बढी...

ओमोडा एन्ड जेइकोद्वारा एनपीएल ट्रफी टुर सम्पन्न, रोबोट डग ‘चंखे’ नाम सार्वजनिक

ओमोडा एन्ड जेइकोद्वारा एनपीएल ट्रफी टुर सम्पन्न,...

वि.सं.२०८२ कात्तिक २८ शुक्रवार २०:१८

  काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को ‘ड्रिभन...

विर्तामोडमा सार्वजनिक भयो ‘लक्जरी’, ‘स्टाइल’ र ‘टेक’ ले ‘पर्फेक्ट’ बनेको दिपल एस ०५ सुशुरु भयो विशेष टेस्ट ड्राइभ र एक्सचेन्ज

विर्तामोडमा सार्वजनिक भयो ‘लक्जरी’, ‘स्टाइल’ र ‘टेक’...

वि.सं.२०८२ कात्तिक २८ शुक्रवार १९:१६

  विर्तामोड । नेपालकालागि ‘फ्युचरिस्टिक’ र ‘इन्टेलिजेन्ट’ इभी ब्रान्ड दिपलको...

रोयल इनफिल्डले नेपालमा नयाँ 2025 मेटियर 350 सार्वजनिक, मूल्य ५ लाख ७७ हजारदेखि

रोयल इनफिल्डले नेपालमा नयाँ 2025 मेटियर 350...

वि.सं.२०८२ कात्तिक २८ शुक्रवार १९:१०

  काठमाडौं । रोयल इनफिल्डले नेपालमा परिमार्जित सुविधासहितको नयाँ 2025...

होण्डाले २००१–२०१४ का मोडेलका गाडीमा निःशुल्क एयरब्याग परिवर्तन गर्ने अभियान सुरु

होण्डाले २००१–२०१४ का मोडेलका गाडीमा निःशुल्क एयरब्याग...

वि.सं.२०८२ कात्तिक २७ बिहीवार २१:४९

काठमाडौं। नेपालका लागि होण्डा गाडीको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी...