CG Electronics
IME Life
NIMB

गीता प्रेस पुस्तक केन्द्र नेपालद्वारा पशुपति क्षेत्रमा पुस्तक बिक्री केन्द्र उद्घाटन

NIMB
Himalayan Bank

 

काठमाडौं । पशुपति क्षेत्रमा गीता प्रेस पुस्तक बिक्री केन्द्रको औपचारिक उद्घाटन आज एक विशेष समारोहका बीच सम्पन्न भएको छ। पशुपति क्षेत्र विकास कोषका सदस्य–सचिव सुभाष चन्द्र जोशीको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा पूर्व सदस्य–सचिव तथा मानब सेवा आश्रमका संरक्षक डा. गोविन्द टण्डन, पशुपतिनाथ मन्दिरका नारायण भट्ट  , वेद–वेदाङ्ग महाविद्यालयका प्राचार्यलगायत विशिष्ट अतिथिहरूको उपस्थितिमा नयाँ बिक्री केन्द्रको शुभारम्भ गरिएको हो।

उद्घाटन कार्यक्रम गीता प्रेस पुस्तक प्रचार–प्रसार केन्द्र नेपालको तत्त्वावधान र गीता परिवार नेपालको सहकार्यमा सम्पन्न गरिएको थियो। कार्यक्रममा केन्द्रका अध्यक्ष जयकृष्ण साराडा–जीले स्वागत मन्तव्य राख्दै गीता प्रेसद्वारा प्रकाशित विभिन्न धार्मिक ग्रन्थ, साहित्य तथा गतिविधिबारे जानकारी प्रस्तुत गरे।

उनका अनुसार नेपालमा सन् २०५८ देखि शुरु भएको पुराण अनुवाद परियोजनाअन्तर्गत हालसम्म १०० भन्दा बढी पुस्तक नेपाली भाषामा प्रकाशित भइसकेका छन्। धार्मिक साहित्यको उपलब्धता र सर्वसाधारणमा आध्यात्मिक चेतना अभिवृद्धिमा गीता प्रेसका प्रकाशनहरू महत्वपूर्ण योगदानकर्ता रहेको उनले बताए।

कार्यक्रमका विशिष्ट अतिथिहरूले पनि धार्मिक साहित्यले व्यक्तिको जीवनमा पार्ने सकारात्मक प्रभाव, समाजमा यसको महत्व तथा गीता प्रेसको निरन्तर सेवामुखी भूमिकाबारे धारणा राखे। गोरक्षनाथका भूतपूर्व भण्डारी गिरिराज रावलले शुभकामना मन्तव्य दिँदै पुस्तक केन्द्रबाट धार्मिक अध्ययन र साधनाको अवसर थप सहज हुने बताए।

प्रमुख अतिथि सदस्य–सचिव जोशीले धार्मिक तथा सांस्कृतिक मूल्य संरक्षण र प्रसारमा यस्ता पुस्तक केन्द्रले महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे। उनले गीता प्रेसप्रति आभार व्यक्त गर्दै धार्मिक क्षेत्रका लागि यसको योगदान प्रशंसनीय रहेको बताए।

उपस्थित अतिथिहरूले नयाँ पुस्तक बिक्री केन्द्र सञ्चालनमा आएपछि जनमानसलाई धार्मिक साहित्य सहज रूपमा उपलब्ध हुने र आध्यात्मिक अध्ययनमा प्रोत्साहन मिल्ने विश्वास व्यक्त गरेका छन्।
कार्यक्रममा विभिन्न धार्मिक संस्था, गुरु–संघ, विद्यालय तथा समाजसेवीहरूको समेत सहभागिता रहेको थियो।

ट्रक महासंघ र अर्थमन्त्री वाग्लेबिच भेटवार्ता, बीमाले नसमेट्ने राहतका लागि छुट्टै कोष बनाउने आश्वासन

ट्रक महासंघ र अर्थमन्त्री वाग्लेबिच भेटवार्ता, बीमाले...

वि.सं.२०८३ साउन १३ बुधवार ०७:४२

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघले सार्वजनिक सवारी दुर्घटनाका...

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी दिवसमा ३५ हजार आदिवासीको ऐतिहासिक जमघट, ५० भन्दा बढी जातिका संस्कृति, परिकार र पहिचान एकै थलोमा

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी...

वि.सं.२०८३ साउन १० आइतवार २२:३७

  काठमाडौं, साउन १० – नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)...

सुनिल थापा मगरको ‘सोल्टिनी सेवारो’ले जित्दै दर्शक–श्रोताको मन

सुनिल थापा मगरको ‘सोल्टिनी सेवारो’ले जित्दै दर्शक–श्रोताको...

वि.सं.२०८३ साउन १० आइतवार १३:२५

    काठमाडौं । नेपाली सांगीतिक बजारमा गायक सुनिल थापा...

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ वार्षिकोत्सव उद्घाटन

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ...

वि.सं.२०८३ साउन ९ शनिवार १६:२९

काठमाडौं । भृकुटीमण्डप स्थित नेपाल पुलिस हेल्थ क्लबमा एक कार्यक्रमका...

ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्ने व्यवस्था

ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता...

वि.सं.२०८३ साउन ९ शनिवार १४:०१

काठमाडौं, नेपाल | ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक एपसँगको सहकार्यमा...

मानार्थ वाणिज्यदूतहरूको संस्था एचसीसीएनको डिनमा सुरज वैद्य निर्वाचित

मानार्थ वाणिज्यदूतहरूको संस्था एचसीसीएनको डिनमा सुरज वैद्य...

वि.सं.२०८३ साउन ७ बिहीवार २२:०३

काठमाडौं । प्रतिष्ठित व्यावसायिक घराना वैद्य अर्गनाइजेसन अफ इन्डस्ट्रिज एन्ड...