CG Electronics
IME Life
NIMB

बाघझोरा समस्याको दीर्घकालीन समाधानमा सांसद बर्तौलाको पहल

NIMB
Himalayan Bank

 

हेटौँडा । मकवानपुर–२ का प्रतिनिधिसभा सदस्य महेशकुमार बर्तौलाले त्रिभुवन राजमार्गअन्तर्गत हेटौँडा–भैँसे सडक खण्डमा पर्ने बाघझोरा खोलाको बारम्बार दोहोरिने समस्याको दीर्घकालीन समाधानका लागि उच्च तहमा पहल थालेका छन्।

सोमबार सांसद बर्तौलाले संघीय भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल र मन्त्रालयका सचिव केशवकुमार शर्मासँग भेट गरी ज्ञापनपत्र बुझाउँदै बाघझोरा खोलाका कारण सिर्जना हुने सडक अवरोधको स्थायी समाधान तत्काल खोज्न आग्रह गरेका हुन्।

ज्ञापनपत्र बुझाउँदै सांसद बर्तौलाले बाघझोरा खोलामा आउने खहरे बाढीले वर्षेनी पटक–पटक त्रिभुवन राजमार्ग अवरुद्ध हुने समस्या गम्भीर बन्दै गएको उल्लेख गरे। उनले ओभरपास वा अन्डरपासमध्ये कुन संरचना उपयुक्त हुन्छ भन्ने विषयमा तत्काल प्राविधिक अध्ययन सुरु गर्न मन्त्री दाहाल र सचिव शर्माको ध्यानाकर्षण गराए।

सांसद बर्तौलाका अनुसार मन्त्री दाहालले बाघझोरा समस्यालाई मन्त्रालयको उच्च प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाउँदै प्राविधिक अध्ययन प्रक्रिया अगाडि बढाउन सचिवलाई निर्देशन दिएका छन्।

‘यो समस्या मकवानपुरबासीको मात्र होइन, त्रिभुवन राजमार्ग हुँदै देशका विभिन्न भागमा यात्रा गर्ने सम्पूर्ण यात्रुको साझा समस्या हो,’ सांसद बर्तौलाले भने, ‘थोरै वर्षा हुँदा पनि खहरे बाढीका कारण घण्टौँसम्म सडक बन्द हुने अवस्था अब दीर्घकालीन रूपमा अन्त्य हुनुपर्छ।’

केही दिनअघि मात्रै बाघझोरा खोलामा आएको बाढीका कारण सयौँ सवारी साधन सडकमा रोकिँदा हजारौँ यात्रुहरू रातभर सडकमै अलपत्र परेको अवस्था सिर्जना भएको थियो। स्थानीय बासिन्दा तथा यात्रुहरूले पटक–पटक सम्बन्धित निकायलाई समस्या अवगत गराउँदै आए पनि स्थायी समाधानका लागि ठोस पहल नभएको गुनासो गर्दै आएका छन्।

सांसद बर्तौलाले ज्ञापनपत्रमार्फत मन्त्री दाहाललाई अविलम्ब मातहतका निकायलाई निर्देशन दिई प्राविधिक अध्ययन तथा आवश्यक संरचना निर्माणको प्रक्रिया अघि बढाउन आग्रह गरेका छन्।

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी दिवसमा ३५ हजार आदिवासीको ऐतिहासिक जमघट, ५० भन्दा बढी जातिका संस्कृति, परिकार र पहिचान एकै थलोमा

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी...

वि.सं.२०८३ साउन १० आइतवार २२:३७

  काठमाडौं, साउन १० – नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)...

सुनिल थापा मगरको ‘सोल्टिनी सेवारो’ले जित्दै दर्शक–श्रोताको मन

सुनिल थापा मगरको ‘सोल्टिनी सेवारो’ले जित्दै दर्शक–श्रोताको...

वि.सं.२०८३ साउन १० आइतवार १३:२५

    काठमाडौं । नेपाली सांगीतिक बजारमा गायक सुनिल थापा...

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ वार्षिकोत्सव उद्घाटन

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ...

वि.सं.२०८३ साउन ९ शनिवार १६:२९

काठमाडौं । भृकुटीमण्डप स्थित नेपाल पुलिस हेल्थ क्लबमा एक कार्यक्रमका...

मानार्थ वाणिज्यदूतहरूको संस्था एचसीसीएनको डिनमा सुरज वैद्य निर्वाचित

मानार्थ वाणिज्यदूतहरूको संस्था एचसीसीएनको डिनमा सुरज वैद्य...

वि.सं.२०८३ साउन ७ बिहीवार २२:०३

काठमाडौं । प्रतिष्ठित व्यावसायिक घराना वैद्य अर्गनाइजेसन अफ इन्डस्ट्रिज एन्ड...

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा समाधान र लुटेरा ग्रिड–फर्मिङ ऊर्जा सञ्चय प्रणाली सार्वजनिक

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा...

वि.सं.२०८३ साउन ६ बुधवार १९:३२

काठमाडौं, साउन ६, २०८३ – ह्वावेले आफ्नो नवीनतम फ्युजनसोलार ९.०...

‘हरित लक्ष्य’ अभियानमार्फत दीर्घकालीन वातावरणीय योगदान गर्छौं : लक्ष्मी सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत विक्रम शाह

‘हरित लक्ष्य’ अभियानमार्फत दीर्घकालीन वातावरणीय योगदान गर्छौं...

वि.सं.२०८३ साउन ६ बुधवार ०९:१५

  काठमाडौं । वातावरण संरक्षण तथा जलवायु परिवर्तनका चुनौतीहरूको सामना...