CG Electronics
IME Life
NIMB

चाडपर्वले राष्ट्रिय एकतालाई थप मजबुत र सुदृढ बनाउँछ : राष्ट्रपति

NIMB
Himalayan Bank

 

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले चाडपर्वहरूको माध्यमबाट विविध साँस्कृतिक पहिचान एवम् धार्मिक आस्था बोकेका समुदायबीच आपसी सद्भाव, सहिष्णुता र ऐक्यवद्धताको भावना अभिवृद्धि गर्न सकिने बताएका छन् ।

बुधबार ‘क्रिसमस डे’ को अवसरमा शुभकामना सन्देश दिँदै उनले चाडपर्वहरूको माध्यमबाट विविध साँस्कृतिक पहिचान एवम् धार्मिक आस्था बोकेका समुदायबीच आपसी सद्भाव, सहिष्णुता र ऐक्यवद्धताको भावना अभिवृद्धि हुनुका साथै राष्ट्रिय एकतालाई थप मजबुत तथा सुदृढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

सन्देशमा भनिएको छ, ‘इसाई धर्मावलम्बीहरूको महान् पर्व ‘क्रिसमस डे’ को अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण इसाई धर्मावलम्बी नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति एवम् सुस्वास्थ्यको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । ‘क्रिसमस डे’ जस्ता चाडपर्वहरूको माध्यमबाट विविध साँस्कृतिक पहिचान एवम् धार्मिक आस्था बोकेका समुदायबीच आपसी सद्भाव, सहिष्णुता र ऐक्यवद्धताको भावना अभिवृद्धि हुनाका साथै राष्ट्रिय एकतालाई थप मजबुत तथा सुदृढ बनाउन सहयोग पुग्ने विश्वास लिएको छु ।’

उनले इसाई धर्मावलम्बीहरूको यस पर्वले सबै नेपालीहरूबीच आपसी विश्वास, प्रेम र एकताको भावनालाई प्रगाढ बनाउन सबैमा प्रेरणा प्रदान गरोस् भन्ने कामना समेत गरेका छन् ।
‘इसाई धर्मावलम्बीहरूको यस पर्वले सबै नेपालीहरूबीच आपसी विश्वास, प्रेम र एकताको भावनालाई प्रगाढ बनाउन सबैमा प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्दछु ।’ सन्देशमा लेखिएको छ ।

 

ट्रक महासंघ र अर्थमन्त्री वाग्लेबिच भेटवार्ता, बीमाले नसमेट्ने राहतका लागि छुट्टै कोष बनाउने आश्वासन

ट्रक महासंघ र अर्थमन्त्री वाग्लेबिच भेटवार्ता, बीमाले...

वि.सं.२०८३ साउन १३ बुधवार ०७:४२

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघले सार्वजनिक सवारी दुर्घटनाका...

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी दिवसमा ३५ हजार आदिवासीको ऐतिहासिक जमघट, ५० भन्दा बढी जातिका संस्कृति, परिकार र पहिचान एकै थलोमा

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी...

वि.सं.२०८३ साउन १० आइतवार २२:३७

  काठमाडौं, साउन १० – नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)...

सुनिल थापा मगरको ‘सोल्टिनी सेवारो’ले जित्दै दर्शक–श्रोताको मन

सुनिल थापा मगरको ‘सोल्टिनी सेवारो’ले जित्दै दर्शक–श्रोताको...

वि.सं.२०८३ साउन १० आइतवार १३:२५

    काठमाडौं । नेपाली सांगीतिक बजारमा गायक सुनिल थापा...

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ वार्षिकोत्सव उद्घाटन

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ...

वि.सं.२०८३ साउन ९ शनिवार १६:२९

काठमाडौं । भृकुटीमण्डप स्थित नेपाल पुलिस हेल्थ क्लबमा एक कार्यक्रमका...

मानार्थ वाणिज्यदूतहरूको संस्था एचसीसीएनको डिनमा सुरज वैद्य निर्वाचित

मानार्थ वाणिज्यदूतहरूको संस्था एचसीसीएनको डिनमा सुरज वैद्य...

वि.सं.२०८३ साउन ७ बिहीवार २२:०३

काठमाडौं । प्रतिष्ठित व्यावसायिक घराना वैद्य अर्गनाइजेसन अफ इन्डस्ट्रिज एन्ड...

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा समाधान र लुटेरा ग्रिड–फर्मिङ ऊर्जा सञ्चय प्रणाली सार्वजनिक

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा...

वि.सं.२०८३ साउन ६ बुधवार १९:३२

काठमाडौं, साउन ६, २०८३ – ह्वावेले आफ्नो नवीनतम फ्युजनसोलार ९.०...