प्रधानमन्त्री ओली चीन भ्रमणपछि हिमालय एअरलाइन्सबाट स्वदेश फिर्ता
Thursday Sep 04, 2025
वि.सं.२०८२ भदौ १९ बिहीवार २३:३७
काठमाडौं । सम्माननीय प्रधानमन्त्री के.पी. शर्मा ओली, श्रीमती राधिका शाक्य र उच्चस्तरीय प्रतिनिधिमण्डल आज, सेप्टेम्बर ३, २०२५ मा हिमालय एअरलाइन्सको एयरबस ३२० मार्फत नेपाल फर्कनुभएको छ। प्रधानमन्त्री ओली चीनको थियानजिनमा आयोजित दुई दिने शाङ्घाई सहयोग संगठन (SCO) शिखर सम्मेलनमा सहभागी हुनुभएका थिए।
प्रतिनिधिमण्डलमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडा, संसद सदस्यहरू र वरिष्ठ सरकारी अधिकारीहरू समावेश थिए।
प्रधानमन्त्री र प्रतिनिधिमण्डललाई स्वागत गर्न हिमालय एअरलाइन्सका उपाध्यक्ष (प्रशासन) श्री विजय श्रेष्ठ विमानस्थलमा उपस्थित थिए। बेइजिङ क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलबाट १८:२१ बजे प्रस्थान गरी नेपाली समयअनुसार २१:२७ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित अवतरण भएको छ।
यस उच्चस्तरीय उडानको सफल व्यवस्थापनले हिमालय एअरलाइन्सले राष्ट्रका लागि विश्वसनीय साझेदारको भूमिका निर्वाह गर्दै आएको पुष्टि गरेको छ।
























