NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

वि.सं.२०८३ साउन ३० शनिवार

skip this leapmotornepal (citroen)

नाडा र ट्राफिक प्रहरीबीच कालो सिसा हटाउने विषयमा छलफल

NIMB
leapmotornepal (citroen)

 

काठमाडौं, असार १५ । सवारी साधनमा प्रयोग हुँदै आएको कालो सिसा (टिन्टेड ग्लास) हटाउने विषयमा नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबीच छलफल भएको छ।

नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुरेशप्रसाद काफ्लेसँग भेट गरी कालो सिसा हटाउने विषयमा विस्तृत छलफल गरेको हो।

छलफलका क्रममा प्रमुख काफ्लेले अन्तर्राष्ट्रिय अभ्यासअनुसार अत्यधिक कालो सिसा भएका सवारी साधन विभिन्न आपराधिक गतिविधिमा प्रयोग हुने गरेको उल्लेख गर्दै सवारी व्यवस्था ऐन, २०४९ अनुसार सवारी साधनबाट कालो सिसा हटाउने अभियान अघि बढाइएको जानकारी दिए। उनले सवारी साधनको अगाडिको सिसामा कालो फिल्म वा अन्य कुनै पनि प्रकारका स्टिकर टाँस्न नपाइने व्यवस्था रहेको बताउँदै सवारी आयातकर्ताहरूले ग्राहकलाई यसबारे जानकारी गराउन आग्रह गरे।

उनले कालो सिसा प्रयोग गर्न सरकारी अनुमति अनिवार्य हुने तथा निर्माता कम्पनीबाटै कालो सिसा जडान भएका सवारी साधन आयात नगर्नुपर्ने पनि स्पष्ट पारे।

नाडाका अध्यक्ष उप्रेतीले सवारी साधनमा पछि टाँसिएका कालो स्टिकर (फिल्म) हटाउने कार्यलाई पहिलो चरणमा प्राथमिकता दिन सुझाव दिए। त्यस्तै, नाडाका निवर्तमान अध्यक्ष करण चौधरीले निर्माता कम्पनीबाटै कालो सिसा जडान भएर आएका सवारी साधनको संख्या धेरै नभएकाले तथ्यांक यकिन गरी व्यवस्थापन गर्न सकिने बताए।

उक्त छलफलमा नाडाका उपाध्यक्ष अभिक ज्योति लगायतको उपस्थिति रहेको थियो।

नेपाली अटो मेकानिकले चीनको एसजीएमडब्ल्यू कारखानामा लिए ईभी प्रविधिको प्रत्यक्ष अनुभव

नेपाली अटो मेकानिकले चीनको एसजीएमडब्ल्यू कारखानामा लिए...

वि.सं.२०८३ साउन ३० शनिवार ००:१६

  काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधन (ईभी) को प्रयोगसँगै दक्ष...

वर्षायाममा सुजुकी सवारीसाधन सुचारु राख्न तीनदिने राष्ट्रव्यापी क्याम्प

वर्षायाममा सुजुकी सवारीसाधन सुचारु राख्न तीनदिने राष्ट्रव्यापी...

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:४३

लेबरमा २० प्रतिशतसम्म छुट, निःशुल्क वर्षायाम सुरक्षा जाँच र विशेष...

अटो फाइनान्सिङमा कर्जा, बीमा र जोखिम व्यवस्थापन : सरोकारवाला के भन्छन् ?

अटो फाइनान्सिङमा कर्जा, बीमा र जोखिम व्यवस्थापन...

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:३८

  अटो फाइनान्सिङमा कर्जा प्रवाह बढ्दै जाँदा जोखिम व्यवस्थापन, बीमा...

स्मार्ट कनेक्टिभिटीसहित सुजुकी एक्सेस १२५ कनेक्टेड नेपालमा सार्वजनिक

स्मार्ट कनेक्टिभिटीसहित सुजुकी एक्सेस १२५ कनेक्टेड नेपालमा...

वि.सं.२०८३ साउन २९ शुक्रवार ००:१४

  काठमाडौं । सुजुकी मोटरसाइकल नेपालले स्मार्ट कनेक्टिभिटी सुविधासहितको नयाँ...

नाइमा एक्स्पो २०२६ : अटो फाइनान्सिङमा कर्जा, बीमा र जोखिम व्यवस्थापनमा जोड

नाइमा एक्स्पो २०२६ : अटो फाइनान्सिङमा कर्जा,...

वि.सं.२०८३ साउन २८ बिहीवार २३:५९

  काठमाडौं । अटो फाइनान्सिङमा कर्जा प्रवाह बढ्दै जाँदा जोखिम...

ई ड्राइभ लुम्बिनीले किन्यो ५० थान एमजी विन्डसर कम्युट, पहिलो चरणमा १६ गाडी हस्तान्तरण

ई ड्राइभ लुम्बिनीले किन्यो ५० थान एमजी...

वि.सं.२०८३ साउन २८ बिहीवार २३:४३

  भैरहवा । नेपालका लागि एमजी मोटर इन्डियाको आधिकारिक वितरक...