पाँचथरमा लघुवित्त कर्मचारीको विभत्स हत्या
Wednesday Jun 19, 2019
वि.सं.२०७६ असार ४ बुधवार ०५:२०

पाँचथर, असार ४ । पाँचथरको हिलिहाङ गाँउपालिका वडा नं. ६ सिटे भन्ने स्थानमा लघुवित्तकी कर्मचारी सुजता तमाङको हत्या भएको छ । जोरपोखरी प्रहरी चौकीका अनुसार हत्या भएको अवस्थामा तामाङको शव फेला परेको जानकारी प्राप्त भएको छ । घाँटी रेटेर हत्या गरेको अवस्थामा लास फेला परेको छ ।
एन.एम.बी. माइक्रोफाइनान्सको हिलिहाङ–३ गोपेटार स्थित शाखामा कार्यरत इलाम घर भएकी अन्दाजी २० वर्षीया सुजाता तामाङको शव खुकुरी प्रहार गरी हत्या भएको अवस्थामा जेठ ३ गते साँझ ६ बजे शव फेला परेको हो ।
पाँचथर जिल्लाको हिलिहाङ्ग गाउँपालिका वडा नं. ६ स्थित एनएमबी माईक्रो फाइनान्सको २ वटा समुहको बैठक सकाएर फर्कने क्रममा सोही वडाको सिद्धेखोला भन्ने स्थानमा उनको घाँटी रेटेर हत्या गरेको अवस्थामा लास फेला परेको र अनुसन्धान भइरहेको पाँचथरका प्रहरी प्रमुख नरेन्द्र कुँवरले जानकारी दिए। अहिले शबलाई पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा पुर्याइएको छ ।
























