CG Electronics
IME Life
NIMB

प्रधानमन्त्रीले जेठ ८ गते काँग्रेसलाई सत्ता हस्तान्तरण गर्दै

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

४ जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेसलाई सत्ता हस्तान्तरण गर्न जेठ ८ गते राजीनामा दिने मनस्थिति बनाएका छन् । कांग्रेससँग भएको समझदारीअनुसार दाहालले स्थानीय तहको दोस्रो चरणको चुनावअगावै राजीनामा दिने भएका हुन् । कान्तिपुर दैनिकमा खबर

प्रधानमन्त्रीले ८ गते संसद्लाई सम्बोधन गरी राजीनामा दिने तयारी गरेको माओवादी केन्द्रका नेता वर्षमान पुनले बताए । ‘भोलि (बिहीबार) या पर्सि (शुक्रबार) यो हिउँदे अधिवेशन बन्द हुन्छ, अनि ८ गते वर्षे अधिवेशन बोलाएर त्यसै दिन संसद्लाई सम्बोधन गरी प्रधानमन्त्रीले राजीनामा दिने सामान्य तयारी छ,’ उनले भने, ‘दोस्रो चरणको स्थानीय तहको चुनाव नयाँ सरकारले गर्छ ।’

गत साउन १९ गते प्रधानमन्त्री नियुक्त दाहालले साढे ९ महिनापछि कांग्रेससँग भएको सहमति पालना गर्दै यही गठबन्धनलाई निरन्तरता दिन चाहेका हुन् । कांग्रेस र माओवादी केन्द्रबीचको गठबन्धन निर्माणकै बेला आलोपालो सरकारको नेतृत्व लिने लिखित समझदारी थियो ।

सार्वजनिक नगरिएको ५ बुँदे उक्त समझदारीको ३ नम्बर बुँदामा आलोपालो सरकारको नेतृत्वबारे उल्लेख छ, जसमा दाहालले चैत मसान्तभित्र स्थानीय तहको निर्वाचन गर्ने र त्यसपछिको चरणमा कांग्रेस सभापति देउवाले सरकारको नेतृत्व लिने भन्ने छ । चैत मसान्तभित्र चुनाव सम्भव नभएपछि दाहाल आफैंले वैशाख ३१ को पहिलो चरणको चुनावपछि राजीनामा दिनेमा कांग्रेस नेताहरूलाई आश्वस्त पार्दै आएका थिए । उनले सोमबार कांग्रेस सभापति देउवासँगको भेटमा पनि ८ गते राजीनामा दिने बताए ।

सहमतिअनुसार कांग्रेस र माओवादी केन्द्र गठबन्धनबाटै सरकार बन्नेछ । देउवा नेतृत्वको सरकारले स्थानीय तहको जेठ ३१ को दोस्रो चरणको चुनाव गराउने छ । त्यसपछिका प्रदेश र संघीय संसदको चुनाव सम्पन्न गरी संघीय संसद् नआएसम्म देउवाले सरकारको नेतृत्व गर्ने समझदारीमा उल्लेख छ ।

बालुवाटार स्रोतका अनुसार केही दिनयता प्रधानमन्त्री दाहालले आफू निकटस्थहरूसँग सत्ता लम्ब्याउने रहर आफूलाई नभएको भन्दै कांग्रेससँगको समझदारी इमानदारिताका साथ पालना गर्ने बताउँदै आएका छन् । नयाँ सरकार निर्माण, संविधान संशोधनलगायत विषयमा बुधबार साँझ पनि बालुवाटारमा वार्ता भएको थियो ।

बजेट भने काम चलाउ सरकारबाटै आउने भएको छ । जेठ १५ मा बजेट ल्याउनुपर्ने संवैधानिक बाध्यता रहेकाले सरकारले कुनै नयाँ कार्यक्रम समावेश नगरी ‘काम चलाउ बजेट’ ल्याउने तयारी गरेको कांग्रेसका एक मन्त्रीले बताए । ‘काम चलाउ सरकारले काम चलाउ बजेट नै ल्याउँछ, चुनावपछि नयाँ कार्यक्रम समावेश भएको पूरक बजेट आउनेछ,’ ती मन्त्रीले भने, ‘चुनावको आचारसंहितालाई ध्यानमा राखेरै सरकारले काम चलाउ बजेट ल्याउन लागेको हो ।’

प्रधानमन्त्री दाहालले राजीनामा दिएपछि सरकार बन्न छिटोमा डेढ साता लाग्छ । संविधानको धारा २९८ को उपधारा २ को व्यवस्थाअनुसार सहमतिका सरकारका लागि एक साताको समयसीमा तोक्नुपर्ने व्यवस्था छ । त्यसपछि मात्रै बहुमतीय प्रक्रियाबाट प्रधानमन्त्री चयन गर्न संविधानको धारा २९८ को उपधारा ३ आकर्षित हुन्छ ।

दाहालले जेठ ८ मा राजीनामा दिने भएपछि ‘वेटिङ’ प्रधानमन्त्री देउवाले संविधान संशोधन प्रक्रिया अघि बढाउने र राष्ट्रिय जनता पार्टीलाई पनि सरकारमा ल्याउने प्रयास गरेका छन् । कांग्रेस नेताहरूका अनुसार राजापाका नेताहरूसँग सभापति देउवाले यस सम्बन्धमा अनौपचारिक संवाद थालिसकेका छन् ।

माओवादी नेता पुनले भने तत्काल कांग्रेस, माओवादी केन्द्र र लोकतान्त्रिक फोरम मिलेर सरकार बन्ने बताए । ‘मधेस केन्द्रित दलहरूलाई पनि ल्याउनुपर्छ भन्नेमा हामी छौं,’ उनले भने, ‘तर मैले तत्काल मधेस केन्द्रित दल सरकारमा आउने सम्भावना देखिरहेको छैन ।’

सरकारको नीति तथा कार्यक्रममा पर्यटनका के छन् कार्यक्रम ?

सरकारको नीति तथा कार्यक्रममा पर्यटनका के छन्...

वि.सं.२०८३ वैशाख २९ मंगलवार १९:०८

काठमाडौं । सरकारले नेपाललाई विश्व आध्यात्मिक पर्यटनको केन्द्रका रूपमा विकास...

दलित समुदायका प्रथम सगरमाथा आरोही विजय घिमिरेप्रति श्रद्धाञ्जली अर्पण

दलित समुदायका प्रथम सगरमाथा आरोही विजय घिमिरेप्रति...

वि.सं.२०८३ वैशाख २९ मंगलवार १८:४३

काठमाडौं । दलित समुदायका प्रथम सगरमाथा आरोही स्वर्गीय विजय घिमिरे...

रास्वपा सरकारको नीति, अध्यादेश र नेतृत्वबारे एमाले सांसद बादलको कडा टिप्पणी

रास्वपा सरकारको नीति, अध्यादेश र नेतृत्वबारे एमाले...

वि.सं.२०८३ वैशाख २९ मंगलवार १८:३७

काठमाडौं । नेकपा (एमाले) का सांसद राम बहादुर थापा ‘बादल’ले...

पार्वती बनिन् एनसेल करोडपति, “सधैं अन करोडपति” अभियानअन्तर्गत बम्पर पुरस्कार प्रदान

पार्वती बनिन् एनसेल करोडपति, “सधैं अन करोडपति”...

वि.सं.२०८२ साउन १० शनिवार ०९:२५

काठमाडौँ । ‘कर्म गर्दै जानुपर्छ, एक दिन त्यसको प्रतिफल पाइन्छ...

अख्तियारमा वर्षभर ३७ हजार उजुरी, १३७ मुद्दा दायर

अख्तियारमा वर्षभर ३७ हजार उजुरी, १३७ मुद्दा...

वि.सं.२०८२ साउन १० शनिवार ०९:१०

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८१/८२ मा...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय...

वि.सं.२०८२ साउन १० शनिवार ०९:०८

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय...