CG Electronics
IME Life
NIMB

राष्ट्रिय सभामा सांसदको प्रश्न : बुढीगण्डकी र निजगढ विमानस्थलको मोडालिटी कहिले बन्छ ?

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । राष्ट्रिय सभा बैठकमा अन्योलमय बनेका राष्ट्रिय गौरवका आयोजना निजगढ विमानस्थल र बुढीगण्डकी जलविद्युत आयोजना निर्माणको लागि सांसदहरुले सरकारको स्पष्ट धारणा मागेका छन् ।

राष्ट्रिय सभा सदस्य सोनमगेल्जेन शेर्पाले सरकारको स्पष्ट धारणा माग गरे ।
सोमबार राष्ट्रिय सभा बैठकमा बोल्दै उनले भने ‘निजगढ विमानस्थलको बारेमा हामीले वर्षौ वर्ष कुरा गरिसक्यौ यसमा सरकारको स्पष्ट धारणा आउन सकेको छैन्।’

सर्वोच्च अदालतले वातावरणीय प्रभाव मुल्यांकन गरी विमानस्थल निर्माण प्रकृया अगाडि बढाउने फैसला गरेको थियो । तर, सरकारले यो बारेमा केही धारणा नल्याएको भन्दै उनले विमानस्थल कहाँ बनाउने, कसरी बनाउने भन्ने कुरामा सरकारको ध्यानाकर्षण गराए ।

राष्ट्रिय गौरवको आयोजनामा मुआब्जा व्यवस्थापनको प्रकृया व्यवस्थित नभएकोले आयोजना प्रभावित भएको बताएका उनले बनेका आयोजनालाई पनि सरकारले व्यवस्थापन गरेर सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

छलफलमा सहभागि अर्का सांसद गोपी बहादुर सार्की आछामिले पनि निजगढ विमानस्थल निर्माणको मोडालिटी स्पस्ट हुनुपर्ने र रुख कटानको विषयलाई सरकारले विशेष ध्यान दिनुपर्ने माग गरे । उनले काठमाडौं तराई फस्ट्रयाकको मुआब्जाको विषयलाई सरकारले हल गर्न नसकेको तथा आयोजना विवादित बन्दै गएकाले निर्माण कार्यमा समस्या आएको भन्दै त्यसलाई छिटो समाधान गर्नुपर्ने बताए ।

सांसद अछामीले बुढीगण्डकी जलविद्युत आयोजना निर्माणको लागि सरकारको ध्यानाकर्षण गराए । ‘बुढीगण्डकीको अहिलेसम्म मोडालिटिको विषय नटुङ्गिएर समस्या परेको छ ।त्यसमा सरकारको विशेष ध्यान जाओस।’ उनले भने ।

सोमबार राष्ट्रिय सभामा पेस गरिएको राष्ट्रिय सरोकार तथा समन्वयन समितिको आर्थिक वर्ष २०७५÷७६,०७६÷०७७, ०७७÷०७८को वार्षिक प्रतिवेदन कार्यान्वयनको अनुगमन एवं मुल्यांकन प्रतिवेदन २०७९ माथि छलफलमा सहभागि सांसदले संसदमा पेस गरेको अनुगमन प्रतिवेदन प्रति सरकार जिम्मेवार नभएको उनीहरुको गुनासो छ।

 

कर्मचारीको मानवीय त्रुटिको स्वामित्व लिएको हुँ, गलत काम भएको छैन : अर्थमन्त्री डा वाग्ले

कर्मचारीको मानवीय त्रुटिको स्वामित्व लिएको हुँ, गलत...

वि.सं.२०८३ जेठ २८ बिहीवार १२:०९

  आर्थिक विधेयकमा देखिएका कतिपय प्राविधिक अस्पष्टता र त्रुटिहरूलाई पूर्ण...

मोक्सी काठमाडौंमा डेभिड मेरियटको अविस्मरणीय भ्रमण

मोक्सी काठमाडौंमा डेभिड मेरियटको अविस्मरणीय भ्रमण

वि.सं.२०८३ जेठ २८ बिहीवार १०:०५

काठमाडौं, नेपाल – ८ जुन २०२६ – हालै होटल भ्रमणका...

इप्पानको वरिष्ठ उपाध्यक्षमा उत्तम लामाको उम्मेदवारी : प्रतिबद्धता पत्र सार्वजनिक

इप्पानको वरिष्ठ उपाध्यक्षमा उत्तम लामाको उम्मेदवारी :...

वि.सं.२०८३ जेठ २८ बिहीवार ०९:४७

  काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को...

टोखाको कपडा गार्मेन्टमा भएको आगलागी सेनासमेतको सक्रियतामा नियन्त्रण : ८ करोडको क्षति

टोखाको कपडा गार्मेन्टमा भएको आगलागी सेनासमेतको सक्रियतामा...

वि.सं.२०८३ जेठ २७ बुधवार १४:०९

  काठमाडौँ जिल्ला टोखा नगरपालिका– ५, बसुन्धारा स्थित सिद्ध बाबा...

तामाङ संस्कृति र जीवनशैलीको दुर्लभ दस्तावेज ‘तामाङ पोर्ट्रेट्स’ सार्वजनिक

तामाङ संस्कृति र जीवनशैलीको दुर्लभ दस्तावेज ‘तामाङ...

वि.सं.२०८३ जेठ २६ मंगलवार २२:०७

  काठमाडौँ । अस्ट्रियाकी सांस्कृतिक तथा सामाजिक मानवशास्त्री डा. गाब्रिएले...

आर्थिक विधेयकको त्रुटि सच्याउने अभ्यास नियमित, ईभी आयातमा सूचना चुहावटको आरोप निराधार : अर्थमन्त्रीका सल्लाहकार

आर्थिक विधेयकको त्रुटि सच्याउने अभ्यास नियमित, ईभी...

वि.सं.२०८३ जेठ २६ मंगलवार २१:१८

काठमाडौं, असार २६ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेका स्वकीय उपसचिव...