IME Life
NIMB

साझाले भारतको सिलगुढीमा पुनः शाखा सञ्चालन गर्ने

NIMB
Himalayan Bank

 

८ जेठ, काठमाडौं-  साझा प्रकाशनले भारतको सिलगुढीमा पुनः शाखा सञ्चालन गर्ने भएको छ ।  आन्तरिक अव्यवस्थापनका कारण केही वर्षयता बन्द रहेको त्यहाँको शाखा खोल्न आवश्यक पूर्वाधार पूरा भएकाले शाखा सञ्चालन गर्न लागिएको प्रकाशनले जनाएको छ ।

भारतको विभिन्न क्षेत्रबाट काठमाडौँमा साहित्यिक सम्मेलनका लागि आएका नेपालीभाषी साहित्यकारहरुलाई आज साझा प्रकाशन र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, नेपाल च्याप्टरले स्वागत गर्न आयोजित कार्यक्रममा यस्तो जानकारी दिइएको हो । साझा प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक डोलेन्द्रप्रसाद शर्माले सिलगुढीमा चाँडै साझाको पुनः शाखा सञ्चालन गर्ने जानकारी दिँदै सबै स्रष्टाहरुको साझा चौतारीका रुपमा संस्थालाई रुपान्तरण गर्न पछिल्लो व्यवस्थापनले भरमग्दुर प्रयास गरेको बताए ।

कार्यक्रममा नेपाल र भारतका दुवै मुलुकको साहित्यिक कृतिको सहज आदानप्रदान र पठन संस्कृतिको विस्तारमा जोड दिँदै दुवै देशका स्रष्टा र अधिकारीहरुले त्यसका लागि थप प्रतिबद्धत हुने जनाएका छन् । भारतीय साहित्यकारका तर्फबाट डा. कविता लामाले साझाका कृति र गरिमा पत्रिकाकै कारण आफूहरुको साहित्यिक यात्रा आरम्भ भएको जनाउँदै साहित्यिक सम्बन्ध विस्तारका लागि दुवैतर्फबाट पहल हुनुपर्ने बताए ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, नेपाल च्याप्टरका अध्यक्ष राधेश्याम लेकालीले सिलिगुढीको मङ्गलदीपमा साझाको शाखा विस्तार गर्न आफूहरुले पनि सहयोग गर्ने भन्दै साझा प्रकाशन दुवै देशका स्रष्टाहरुको पुल बन्न सक्नुपर्ने बताए । नेपाल प्रज्ञा प्रतिष्ठानको हीरक जयन्तीका अवसरमा आयोजित त्रिदिवसीय साहित्यिक सङ्गोष्ठीमा भाग लिन गान्तोक, आसाम, कोलकोता, कालिङपोङ, दार्जिलिङलगायत स्थानबाट १२ जना साहित्यकार गत साता नेपाल आउनुभएको थियो । रासस

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार १६ जनालाई नगद उपहार घोषणा हुने

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०९:१३

  काठमाडौं । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रम...

नेपाल सरकारको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अब खल्तीमार्फत

नेपाल सरकारको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अब...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०८:२१

  काठमाडौं। आईएमई खल्ती लिमिटेडले नेपाल सरकार, अर्थ मन्त्रालय अन्तर्गतको...

कृषि विकास बैंकको नाफा २९.५२ प्रतिशत घट्यो, लाभांश क्षमता ६.५४ प्रतिशतमा सीमित

कृषि विकास बैंकको नाफा २९.५२ प्रतिशत घट्यो,...

वि.सं.२०८३ साउन २१ बिहीवार १०:२५

  काठमाडौं । खुद ब्याज आम्दानीमा आएको गिरावट र इम्पेयरमेन्ट...

सस्तो मात्रै होइन, सही छनोट: नेपाली उपभोक्ताको बदलिँदो सोच

सस्तो मात्रै होइन, सही छनोट: नेपाली उपभोक्ताको...

वि.सं.२०८३ साउन २० बुधवार २३:०१

  काठमाडौं । केही वर्षअघिसम्म घरका लागि दूरदर्शन (टेलिभिजन), शीतभण्डार (रेफ्रिजरेटर)...

महासंघअन्तर्गत थप तीन विषयगत समितिले पाए पूर्णता

महासंघअन्तर्गत थप तीन विषयगत समितिले पाए पूर्णता

वि.सं.२०८३ साउन १९ मंगलवार १०:५४

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गत थप तीन वटा विषयगत समितिले...

विकट भूगोलमा सडक सञ्जाल : राष्ट्र निर्माणको पर्याय बन्दै नेपाली सेना

विकट भूगोलमा सडक सञ्जाल : राष्ट्र निर्माणको...

वि.सं.२०८३ साउन १९ मंगलवार ०८:३८

  नेपालको सुन्दरता जति मनमोहक छ, यहाँको भूगोल पूर्वाधार विकासका...