CG Electronics
IME Life
NIMB

क्रिकेट रङ्गशालाका लागि जुट्यो पाँच करोड, स्थानीयले यसरी सहयोग गर्दैछन् धुर्मुस-सुन्तलीलाई

NIMB
Himalayan Bank

चितवन, २९ फागुन । धुर्मुस–सुन्तली फाउण्डेशनले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणस्थलमा मङ्गलबार स्थानीयवासीसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । भरतपुर महानगरपालिका वडा नं १५ र १६ का स्थानीयवासीसँग अन्तरक्रिया गरिएको हो ।

सो अवसरमा रङ्गशालाको सहयोग सङ्कलनको अवस्था, भावी कार्यक्रम, निर्माण प्रक्रियालगायतका विषयमा छलफल भएको थियो । फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल धुर्मुस र उपाध्यक्ष कुञ्जना घिमिरे सुन्तलीले सबैलाई सहयोग गर्न आग्रह गरेका छन् ।

सङ्कलित रकम पारदर्शी ढङ्गबाट खर्च गरिनेमा विश्वास दिलाउँदै नेपालकै महत्वपूर्ण सम्पत्तिका रुपमा रङ्गशाला हुने उनीहरुको भनाइ थियो । स्वदेश तथा विदेशमा रहेका नेपालीहरु सहयोगका लागि उत्सुक र आतुर भएको भन्दै उनीहरुले सम्पूर्ण नेपालीको लगानीबाट विश्वकै नमूना रङ्गशाला निर्माण गरिने बताए ।

कार्यक्रममा क्रिकेट रङ्गशाला निर्माण गर्न लागिएको भरतपुर महानगरपालिका वडा नं १५ का वडाध्यक्ष शम्भु भण्डारी, वडा नं १६ का वडाध्यक्ष चतुर्मान गुरुङ, उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य डा. तिलचन्द्र भट्टराईलगायतले रङ्गशाला निर्माणमा सबैले सहयोग गर्नुपर्ने बताए ।

सो अवसरमा सहभागीले रङ्गशाला निर्माणमा साथ दिने प्रतिबद्धता व्यक्त गरेका थिए । फाउण्डेशनले हालसम्म रु पाँच करोडभन्दा बढी आर्थिक सङ्कलन गरिसकेको छ । सबै खेल खेल्न सकिने गरी अत्याधुनिक रङ्गशाला निर्माण गरिदैछ । रङ्गशाला निर्माणस्थलमा स्थानीयवासीले श्रमदान गरी काम गर्न शुरु गरिसकेका छन् ।

ट्रक महासंघ र अर्थमन्त्री वाग्लेबिच भेटवार्ता, बीमाले नसमेट्ने राहतका लागि छुट्टै कोष बनाउने आश्वासन

ट्रक महासंघ र अर्थमन्त्री वाग्लेबिच भेटवार्ता, बीमाले...

वि.सं.२०८३ साउन १३ बुधवार ०७:४२

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघले सार्वजनिक सवारी दुर्घटनाका...

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी दिवसमा ३५ हजार आदिवासीको ऐतिहासिक जमघट, ५० भन्दा बढी जातिका संस्कृति, परिकार र पहिचान एकै थलोमा

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी...

वि.सं.२०८३ साउन १० आइतवार २२:३७

  काठमाडौं, साउन १० – नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)...

सुनिल थापा मगरको ‘सोल्टिनी सेवारो’ले जित्दै दर्शक–श्रोताको मन

सुनिल थापा मगरको ‘सोल्टिनी सेवारो’ले जित्दै दर्शक–श्रोताको...

वि.सं.२०८३ साउन १० आइतवार १३:२५

    काठमाडौं । नेपाली सांगीतिक बजारमा गायक सुनिल थापा...

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ वार्षिकोत्सव उद्घाटन

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ...

वि.सं.२०८३ साउन ९ शनिवार १६:२९

काठमाडौं । भृकुटीमण्डप स्थित नेपाल पुलिस हेल्थ क्लबमा एक कार्यक्रमका...

मानार्थ वाणिज्यदूतहरूको संस्था एचसीसीएनको डिनमा सुरज वैद्य निर्वाचित

मानार्थ वाणिज्यदूतहरूको संस्था एचसीसीएनको डिनमा सुरज वैद्य...

वि.सं.२०८३ साउन ७ बिहीवार २२:०३

काठमाडौं । प्रतिष्ठित व्यावसायिक घराना वैद्य अर्गनाइजेसन अफ इन्डस्ट्रिज एन्ड...

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा समाधान र लुटेरा ग्रिड–फर्मिङ ऊर्जा सञ्चय प्रणाली सार्वजनिक

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा...

वि.सं.२०८३ साउन ६ बुधवार १९:३२

काठमाडौं, साउन ६, २०८३ – ह्वावेले आफ्नो नवीनतम फ्युजनसोलार ९.०...