CG Electronics
IME Life
NIMB

बारा दुईमा ८२ मध्ये ६५ मतदान स्थल अति संवेदनशील, १७ सामान्य

NIMB
Himalayan Bank

काठमाडौं । आइतवार हुने प्रतिनिधिसभा उप–निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको निर्वाचन अधिकृतको कार्यालय बाराले जनाएको छ ।

बारा क्षेत्र नम्बर दुईमा हुने उपनिर्वाचनको लागि ८२ वटा मतदान स्थल र एक सय ३८ मतदान केन्द्र तोकिएको निर्वाचन अधिकृत सरोज चौधरीले बताए ।

‘छ वटा निर्वाचन क्षेत्रको चौवालीस वटा वडाहरुमा उप– निर्वाचन हुँदै छ । जसमध्ये कोहल्वी नगरपालिकाको एउटा वडा,पचरौता नगरपालिकाको नौ वटा वडा,स्वर्णगाउँपालिकाको आठ वडा, देवताल गाउँपालिकाको सात वडा,कलैयामाई गाउँपालिकाको आठ वडा र महागढीमाई नगरपालिकाको एघार वडामा एकलाख पाँच हजार दुई सय अड्चालीस मतदाता रहेका छन् ।’ चौधरीले बताए ।

आइतवार बिहान ७ बजेदेखि मतदान सुरु हुनेछ बारामा ६५ मतदानस्थल अतिसंवेदनशील र १७ सामान्य रहेको निर्वाचन कार्यालयले जनाएको छ । निर्वाचन हुने बारा क्षेत्र नम्बर २ को सम्पूर्ण मतदान केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृतलगायत कर्मचारी तथा सुरक्षाकर्मी पुगिसकेका छन् ।

जसमा एक हजार छ सय ८८ नेपाल प्रहरी, छ सय पाँच सशस्त्र प्रहरी र तीन सय नेपाली सेनालाई निर्वाचनमा परिचालन गरिएको छ । कसैले मतपेटिका चलाउन र धाँधली गर्न खोजेको अवस्थामा त्यस्ता व्यक्तिलाई सोझै गोली हान्न सक्ने गरी सुरक्षाकर्मीलाई निर्देशन दिइएको छ ।

निर्वाचनमा गर्भवती, अशक्त, जेष्ठ नागरिकलाई लाइनमा बस्नु नपर्ने र उनीहरुलाई पहिलो प्राथमिकतामा राखेर मतदान गर्ने ब्यवस्था मिलाइएको तथा निर्वाचनलाई असर पु¥याउने नियतले हुनसक्ने कुनैपनि शसंकित गतिविधि प्रति कठोर रुपमा सुरक्षा संयन्त्र प्रस्तुत हुने मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायले बताए ।

निर्वाचन आचारसंहिता उल्लङ्घनका विषयमा केही उजुरी आएको र त्यसमा आवश्यक छानविन भइरहेको मुख्य निर्वाचन अधिकृत उपाध्यायले जानकारी दिए ।

उप–निर्वाचनमा ५८ हजार नौ सय ३४ पुरुष र ४६ हजार तीन सय १४ महिला गरी कुल एक लाख पाँच हजार दुई सय ४८ मतदाता रहेका छन् ।

विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी ३४ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । निर्वाचन लगत्तै कलैयास्थित शैक्षिक तालिम केन्द्रमा मतगणना गरिने छ ।

 

ट्रक महासंघ र अर्थमन्त्री वाग्लेबिच भेटवार्ता, बीमाले नसमेट्ने राहतका लागि छुट्टै कोष बनाउने आश्वासन

ट्रक महासंघ र अर्थमन्त्री वाग्लेबिच भेटवार्ता, बीमाले...

वि.सं.२०८३ साउन १३ बुधवार ०७:४२

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघले सार्वजनिक सवारी दुर्घटनाका...

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी दिवसमा ३५ हजार आदिवासीको ऐतिहासिक जमघट, ५० भन्दा बढी जातिका संस्कृति, परिकार र पहिचान एकै थलोमा

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी...

वि.सं.२०८३ साउन १० आइतवार २२:३७

  काठमाडौं, साउन १० – नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)...

सुनिल थापा मगरको ‘सोल्टिनी सेवारो’ले जित्दै दर्शक–श्रोताको मन

सुनिल थापा मगरको ‘सोल्टिनी सेवारो’ले जित्दै दर्शक–श्रोताको...

वि.सं.२०८३ साउन १० आइतवार १३:२५

    काठमाडौं । नेपाली सांगीतिक बजारमा गायक सुनिल थापा...

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ वार्षिकोत्सव उद्घाटन

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ...

वि.सं.२०८३ साउन ९ शनिवार १६:२९

काठमाडौं । भृकुटीमण्डप स्थित नेपाल पुलिस हेल्थ क्लबमा एक कार्यक्रमका...

मानार्थ वाणिज्यदूतहरूको संस्था एचसीसीएनको डिनमा सुरज वैद्य निर्वाचित

मानार्थ वाणिज्यदूतहरूको संस्था एचसीसीएनको डिनमा सुरज वैद्य...

वि.सं.२०८३ साउन ७ बिहीवार २२:०३

काठमाडौं । प्रतिष्ठित व्यावसायिक घराना वैद्य अर्गनाइजेसन अफ इन्डस्ट्रिज एन्ड...

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा समाधान र लुटेरा ग्रिड–फर्मिङ ऊर्जा सञ्चय प्रणाली सार्वजनिक

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा...

वि.सं.२०८३ साउन ६ बुधवार १९:३२

काठमाडौं, साउन ६, २०८३ – ह्वावेले आफ्नो नवीनतम फ्युजनसोलार ९.०...