CG Electronics
IME Life
NIMB

काठमाडौँमा लेबल नलगाई अटो पार्ट्स बेच्ने ५ कम्पनीमा कारबाही

NIMB
Himalayan Bank

 

काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्ता संरक्षण ऐन २०७५ तथा उपभोक्ता संरक्षण नियमावली २०७६ उल्लंघन गरेको ठहर गर्दै काठमाडौँ उपत्यकाका पाँच कम्पनीमाथि जरिवाना तथा सुधारात्मक निर्देशन दिएको छ।

विभागले सोमबार गरेको अनुगमनका क्रममा न्यू प्रकाश अटो ट्रेडर्स, श्री एस।टी।सी। प्रा।लि।, द कार मार्ट, वि।एस। इन्टरप्राइजेज र इभ नेपाल मोटर्स प्रा।लिलाई कारबाही गरेको हो।

ढुङ्गेअड्डास्थित न्यू प्रकाश अटो ट्रेडर्सलाई विभागका निरीक्षण अधिकृतले ५०,००० जरिवाना गरेका छन्। साथमा आवश्यक कागजात सहित तीन दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको छ। साथै लेबल नलगाई बिक्री गरिएको वस्तुहरू अब अनिवार्य रूपमा लेबलसहित मात्र बिक्री गर्नुपर्ने निर्देशन दिइएको छ।

तीनथानास्थित श्री एस।टी।सी। प्रा।लिबाट एक थान लेबल नलगाएको कार्बुरेटर नमूना परीक्षणका लागि संकलन गरिएको छ। उक्त कम्पनीलाई पनि तीन दिनभित्र आवश्यक कागजातसहित विभागमा उपस्थित भई स्पष्टीकरण दिन भनिएको छ।

कुलेश्वरस्थित द कार मार्ट र त्रिपुरेश्वरस्थित वि।एस। इन्टरप्राइजेजले आवश्यक कागजातसहित विभागमा उपस्थित भई अबदेखि सबै वस्तुमा लेबल राखेर मात्र बिक्री वितरण गर्ने प्रतिबद्धता जनाएपछि रोकिएको कारोबारलाई सुचारु गर्न अनुमति दिइएको छ।

 

त्यस्तै नक्सालस्थित इभ नेपाल मोटर्सले पनि विभागको निर्देशनअनुसार कागजात पेस गरेको र वस्तुमा लेबल राखेर बिक्री गर्न सहमति जनाएकाले त्यसको कारोबार पनि सुचारु गर्न दिइएको विभागले जनाएको छ।

विभागले उपभोक्ताको हित संरक्षण तथा पारदर्शी व्यापार सुनिश्चित गर्न बजार अनुगमन कार्यलाई नियमित रूपमा अघि बढाइने जनाएको छ।

ट्रक महासंघ र अर्थमन्त्री वाग्लेबिच भेटवार्ता, बीमाले नसमेट्ने राहतका लागि छुट्टै कोष बनाउने आश्वासन

ट्रक महासंघ र अर्थमन्त्री वाग्लेबिच भेटवार्ता, बीमाले...

वि.सं.२०८३ साउन १३ बुधवार ०७:४२

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघले सार्वजनिक सवारी दुर्घटनाका...

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी दिवसमा ३५ हजार आदिवासीको ऐतिहासिक जमघट, ५० भन्दा बढी जातिका संस्कृति, परिकार र पहिचान एकै थलोमा

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी...

वि.सं.२०८३ साउन १० आइतवार २२:३७

  काठमाडौं, साउन १० – नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)...

सुनिल थापा मगरको ‘सोल्टिनी सेवारो’ले जित्दै दर्शक–श्रोताको मन

सुनिल थापा मगरको ‘सोल्टिनी सेवारो’ले जित्दै दर्शक–श्रोताको...

वि.सं.२०८३ साउन १० आइतवार १३:२५

    काठमाडौं । नेपाली सांगीतिक बजारमा गायक सुनिल थापा...

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ वार्षिकोत्सव उद्घाटन

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ...

वि.सं.२०८३ साउन ९ शनिवार १६:२९

काठमाडौं । भृकुटीमण्डप स्थित नेपाल पुलिस हेल्थ क्लबमा एक कार्यक्रमका...

मानार्थ वाणिज्यदूतहरूको संस्था एचसीसीएनको डिनमा सुरज वैद्य निर्वाचित

मानार्थ वाणिज्यदूतहरूको संस्था एचसीसीएनको डिनमा सुरज वैद्य...

वि.सं.२०८३ साउन ७ बिहीवार २२:०३

काठमाडौं । प्रतिष्ठित व्यावसायिक घराना वैद्य अर्गनाइजेसन अफ इन्डस्ट्रिज एन्ड...

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा समाधान र लुटेरा ग्रिड–फर्मिङ ऊर्जा सञ्चय प्रणाली सार्वजनिक

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा...

वि.सं.२०८३ साउन ६ बुधवार १९:३२

काठमाडौं, साउन ६, २०८३ – ह्वावेले आफ्नो नवीनतम फ्युजनसोलार ९.०...