Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

काठमाडौँमा लेबल नलगाई अटो पार्ट्स बेच्ने ५ कम्पनीमा कारबाही

Machhapuchchhre Bank Limited

 

काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्ता संरक्षण ऐन २०७५ तथा उपभोक्ता संरक्षण नियमावली २०७६ उल्लंघन गरेको ठहर गर्दै काठमाडौँ उपत्यकाका पाँच कम्पनीमाथि जरिवाना तथा सुधारात्मक निर्देशन दिएको छ।

विभागले सोमबार गरेको अनुगमनका क्रममा न्यू प्रकाश अटो ट्रेडर्स, श्री एस।टी।सी। प्रा।लि।, द कार मार्ट, वि।एस। इन्टरप्राइजेज र इभ नेपाल मोटर्स प्रा।लिलाई कारबाही गरेको हो।

ढुङ्गेअड्डास्थित न्यू प्रकाश अटो ट्रेडर्सलाई विभागका निरीक्षण अधिकृतले ५०,००० जरिवाना गरेका छन्। साथमा आवश्यक कागजात सहित तीन दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको छ। साथै लेबल नलगाई बिक्री गरिएको वस्तुहरू अब अनिवार्य रूपमा लेबलसहित मात्र बिक्री गर्नुपर्ने निर्देशन दिइएको छ।

तीनथानास्थित श्री एस।टी।सी। प्रा।लिबाट एक थान लेबल नलगाएको कार्बुरेटर नमूना परीक्षणका लागि संकलन गरिएको छ। उक्त कम्पनीलाई पनि तीन दिनभित्र आवश्यक कागजातसहित विभागमा उपस्थित भई स्पष्टीकरण दिन भनिएको छ।

कुलेश्वरस्थित द कार मार्ट र त्रिपुरेश्वरस्थित वि।एस। इन्टरप्राइजेजले आवश्यक कागजातसहित विभागमा उपस्थित भई अबदेखि सबै वस्तुमा लेबल राखेर मात्र बिक्री वितरण गर्ने प्रतिबद्धता जनाएपछि रोकिएको कारोबारलाई सुचारु गर्न अनुमति दिइएको छ।

 

त्यस्तै नक्सालस्थित इभ नेपाल मोटर्सले पनि विभागको निर्देशनअनुसार कागजात पेस गरेको र वस्तुमा लेबल राखेर बिक्री गर्न सहमति जनाएकाले त्यसको कारोबार पनि सुचारु गर्न दिइएको विभागले जनाएको छ।

विभागले उपभोक्ताको हित संरक्षण तथा पारदर्शी व्यापार सुनिश्चित गर्न बजार अनुगमन कार्यलाई नियमित रूपमा अघि बढाइने जनाएको छ।

दूरसञ्चार प्राधिकरण अध्यक्ष भण्डारीविरुद्ध अख्तियारमा उजुरी, कार्यअनुभव कागजात शंकास्पद भन्दै छानबिनको माग

दूरसञ्चार प्राधिकरण अध्यक्ष भण्डारीविरुद्ध अख्तियारमा उजुरी, कार्यअनुभव...

वि.सं.२०८२ वैशाख ५ शुक्रवार १९:४१

  काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष भुपेन्द्र भण्डारीविरुद्ध अख्तियार...

कामु गर्भनर तिम्सिनाले डाकिन् सञ्चालक समिति बैठक, राजीनामामाथि निर्णय हुने

कामु गर्भनर तिम्सिनाले डाकिन् सञ्चालक समिति बैठक,...

वि.सं.२०८२ वैशाख ५ शुक्रवार १९:२३

कामु गर्भनर तिम्सिनाले डाकिन् सञ्चालक समिति बैठक, राजीनामामाथि निर्णय हुनेकाठमाडौँ...

गभर्नर दौडमा डा. गुणाकर भट्टको राजीनामा, राजनीतिक सहमतिपछि निर्णयमा पुगे

गभर्नर दौडमा डा. गुणाकर भट्टको राजीनामा, राजनीतिक...

वि.सं.२०८२ वैशाख ५ शुक्रवार १७:२४

  काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिको तयारी अन्तिम...

गुणाकर भट्टको नामले राष्ट्र बैंकमा तरंग, गर्भनर नियुक्तिमा अन्योल

गुणाकर भट्टको नामले राष्ट्र बैंकमा तरंग, गर्भनर...

वि.सं.२०८२ वैशाख ५ शुक्रवार १७:०१

  काठमाडौँ । नेपाल राष्ट्र बैंकको गर्भनर पद रिक्त भएको...

फेसबुक– ट्विटर नेपालमा दर्ता हुनुपर्छ, कानुन पालना गर्नुपर्छ : संचारमन्त्री

फेसबुक– ट्विटर नेपालमा दर्ता हुनुपर्छ, कानुन पालना...

वि.सं.२०८२ वैशाख ५ शुक्रवार १६:५१

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सञ्चार...

विज्ञापन बोर्डको अध्यक्ष पदमा दरखास्त आह्वान

विज्ञापन बोर्डको अध्यक्ष पदमा दरखास्त आह्वान

वि.सं.२०८२ वैशाख ५ शुक्रवार ०९:१३

  काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले विज्ञापन बोर्डको...