CG Electronics
IME Life
NIMB

एमएडब्लू वृद्धिद्वारा नेपालभर १०० भन्दा बढी ईभी चार्जिङ स्टेशनको स्थापना

NIMB
Himalayan Bank

काठमाडौं, नेपाल – एमएडब्लू वृद्धिले नेपालभरि सयभन्दा बढी विद्युतीय सवारी साधन (ईभी) चार्जिङ स्टेशनहरू स्थापना गरेको छ। यस उपलब्धिको अवसरमा कम्पनीले आइतबार विशेष कार्यक्रमको आयोजना गरी खुसीयाली मनाएको छ।

उक्त कार्यक्रममा एमएडब्लू वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकारिया, एमएडब्लू वृद्धि कमर्सियलका सीईओ तुषार गुप्ता, एमएडब्लू वृद्धि मोटर्सका सीईओ प्रसन्न पन्त, र एमएडब्लू वृद्धि अटोकर्पका सीईओ रूपेश शर्मा भट्टसहित विभिन्न पदाधिकारीहरू सहभागी थिए।

चार्जिङ स्टेशनहरू काठमाडौं, पोखरा, विराटनगर, चितवनजस्ता शहरी क्षेत्रदेखि मुस्ताङ, डोटी, सुर्खेत, टीकापुर र डडेलधुरा जस्ता दुर्गम भेगसम्म फैलिएका छन्।

चार्जिङ नेटवर्कमा ४० किलोवाट (१ गन) र ६० किलोवाट (२ गन्स) क्षमता भएका चार्जरहरू समावेश गरिएको छ।

सीईओ तुषार गुप्ताले भने, “बिस्तार भइरहेको चार्जिङ नेटवर्कले नेपालीहरूलाई विद्युतीय सवारीको दिशातर्फ विश्वासका साथ अघि बढ्न मद्दत गर्नेछ।”

कम्पनीले आगामी दिनमा देशका अन्य भागहरूमा पनि चार्जिङ स्टेशनहरूको विस्तार गर्ने योजना सार्वजनिक गरेको छ।

 

 

 

 

यामाहा नेपाल टिम र डिलर नेटवर्क ‘ब्लु सर्ज – पावरिङ अहेड टुगेदर’ पार्टनर्स मिट २०२६ मा सहभागी हुनपटाया, थाइल्यान्ड प्रस्थान

यामाहा नेपाल टिम र डिलर नेटवर्क ‘ब्लु...

वि.सं.२०८३ साउन १३ बुधवार ००:१६

  काठमाडौं, नेपाल – २७ जुलाई, २०२६ – यामाहा नेपालको...

उपायको विस्तार तीव्र : ५४ प्रतिशत कारोबार वृद्धि, १,५०० भन्दा बढी रोजगारी र देशभर शाखा सञ्जाल

उपायको विस्तार तीव्र : ५४ प्रतिशत कारोबार...

वि.सं.२०८३ साउन ११ सोमवार २०:२८

काठमाडौं। प्रविधिमा आधारित लजिस्टिक्स सेवा प्रदायक उपाय ले पछिल्लो एक...

इनड्राइभ नेपालद्वारा ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ प्रमाणपत्र प्रदान

इनड्राइभ नेपालद्वारा ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ प्रमाणपत्र...

वि.सं.२०८३ साउन ११ सोमवार २०:१३

  काठमाडौं, नेपाल । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले...

भारतमा सार्वजनिक भयो नयाँ मारुती सुजुकी ब्रेजा फेसलिफ्ट, प्रारम्भिक मूल्य ७.३९ लाख भारु

भारतमा सार्वजनिक भयो नयाँ मारुती सुजुकी ब्रेजा...

वि.सं.२०८३ साउन १० आइतवार २१:५२

काठमाडौं । मारुती सुजुकीले भारतीय बजारमा २०२६ ब्रेजा फेसलिफ्ट आधिकारिक...

चीनमा बीवाईडी र होन्डालाई उछिनेको दिपल निभो क्यु–०५ अब नेपाली बजारमा

चीनमा बीवाईडी र होन्डालाई उछिनेको दिपल निभो...

वि.सं.२०८३ साउन १० आइतवार २१:४१

  काठमाडौं । चिनियाँ विद्युतीय सवारी बजारमा छोटो समयमै उल्लेखनीय...

नाइमा मोबिलिटी एक्स्पोमा एमजीको ४३० किमी रेन्ज दिने ‘यू९’ पिकअप सार्वजनिक हुँदै

नाइमा मोबिलिटी एक्स्पोमा एमजीको ४३० किमी रेन्ज...

वि.सं.२०८३ साउन १० आइतवार २१:३१

  काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधनको बजार विस्तार भइरहेका बेला...