CG Electronics
IME Life
NIMB

बीवाईडीको ऐतिहासिक उपलब्धि: त्रैमासिक नाफा १००.४ प्रतिशतले उकालो, बजार विस्तारमा अग्रता

NIMB
Himalayan Bank

काठमाडौं । बीवाईडीको पहिलो त्रैमासिक नाफा गत वर्षको तुलनामा १००.४ प्रतिशतले वृद्धि भएको छ, जुन झन्डै दुई वर्षयताकै सबैभन्दा तीव्र दरको वृद्धि हो।

चिनियाँ विद्युतीय सवारीसाधन (ईभी) कम्पनीले स्मार्ट ईभी मूल्ययुद्ध सुरु गरेपछि प्रतिस्पर्धी बजारमा आफ्नो अग्रता अझै विस्तार गरेको देखिएको छ।

कम्पनीले शुक्रबार सार्वजनिक गरेको विवरणअनुसार शुद्ध नाफा ९.२ अर्ब युआन (१.२६ अर्ब अमेरिकी डलर) पुगेको छ, जुन यसअघि अनुमान गरिएको ८.५ देखि १० अर्ब युआनको दायराभित्र पर्छ।

त्रैमासिक अवधिमा राजस्व १७०.४ अर्ब युआन रहेको छ, जुन वर्षको आधारमा ३६.४ प्रतिशत वृद्धि हो। अघिल्लो त्रैमासमा यो वृद्धिदर ५२.७ प्रतिशत थियो।

चीनको सबैभन्दा ठूलो ईभी निर्माता बीवाईडीले पछिल्ला केही महिनामा बजारमा हलचल ल्याएको छ। कम्पनीले आफ्नो ‘गड’आइज’ ड्राइभर-असिस्ट प्रणाली सबै मोडेलहरूमा अतिरिक्त लागतबिना स्ट्यान्डर्ड रूपमा उपलब्ध गराएको छ र नयाँ सुपर-चार्जिङ ईभी प्रविधि प्लेटफर्म सार्वजनिक गरेको छ।

बीवाईडीको यस्तो प्रतिस्पर्धात्मक रणनीतिले लीपमोटर, जीली र टोयोटाजस्ता प्रतिस्पर्धी कम्पनीहरूलाई पनि सस्तो मूल्यमा स्मार्ट विशेषतायुक्त ईभी ल्याउन बाध्य बनाएको छ।

दुनियाँकै सबैभन्दा ठूलो गाडी बजार चीनमा धेरै वर्षदेखि चलिरहेको मूल्ययुद्धमा नयाँ अध्याय थप्दै बीवाईडीले आफ्नो गृह बजारमा अग्रता विस्तार गर्न खोजेको हो, जहाँ उसले जनवरीदेखि मार्चसम्म १३.६ प्रतिशत बजार हिस्सा ओगटेको थियो। अघिल्लो वर्ष सोही अवधिमा यो हिस्सा १२.१ प्रतिशत मात्र थियो।

यसको विपरीत फक्सवागनका दुई संयुक्त उद्यमले चीनमा पहिलो त्रैमासिकमा संयुक्त रूपमा १२.१ प्रतिशत बजार हिस्सा मात्रै राख्न सके, जुन अघिल्लो वर्ष १३.७ प्रतिशत थियो।

यस साता शाङ्घाई अटो शोमा बीवाईडी र अन्य अटो कम्पनीहरूले स्मार्ट सुरक्षालाई प्राथमिकतामा राख्दै ड्राइभिङ क्षमता प्रस्तुत गरेका छन्। स्मार्ट ड्राइभिङसम्बन्धी प्रचारप्रति सरकारको कडाइ आएपछि यस्तो रणनीति देखिएको हो। मार्चको अन्त्यतिर साओमी एसयू सेभेनको एक घातक दुर्घटनापछि सरकारको निर्देशनले ‘स्मार्ट’ वा ‘स्वायत्त’ जस्ता शब्दहरू प्रयोग गरेर प्रविधि प्रचार गर्न निषेध गरेको छ।

गृह बजार (बीवाईडीको कुल बिक्रीको लगभग ९० प्रतिशत हिस्सा) बाहेक कम्पनीले यस वर्ष ८ लाख गाडीहरू निर्यात गर्ने लक्ष्य लिएको छ। साथै युरोपेली बजारमा रणनीतिक कमजोरीहरू देखिएपछि बीवाईडीले त्यहाँ आफ्नो व्यावसायीक संरचना पुनर्गठन गरिरहेको छ।

यामाहा नेपाल टिम र डिलर नेटवर्क ‘ब्लु सर्ज – पावरिङ अहेड टुगेदर’ पार्टनर्स मिट २०२६ मा सहभागी हुनपटाया, थाइल्यान्ड प्रस्थान

यामाहा नेपाल टिम र डिलर नेटवर्क ‘ब्लु...

वि.सं.२०८३ साउन १३ बुधवार ००:१६

  काठमाडौं, नेपाल – २७ जुलाई, २०२६ – यामाहा नेपालको...

उपायको विस्तार तीव्र : ५४ प्रतिशत कारोबार वृद्धि, १,५०० भन्दा बढी रोजगारी र देशभर शाखा सञ्जाल

उपायको विस्तार तीव्र : ५४ प्रतिशत कारोबार...

वि.सं.२०८३ साउन ११ सोमवार २०:२८

काठमाडौं। प्रविधिमा आधारित लजिस्टिक्स सेवा प्रदायक उपाय ले पछिल्लो एक...

इनड्राइभ नेपालद्वारा ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ प्रमाणपत्र प्रदान

इनड्राइभ नेपालद्वारा ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ प्रमाणपत्र...

वि.सं.२०८३ साउन ११ सोमवार २०:१३

  काठमाडौं, नेपाल । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले...

भारतमा सार्वजनिक भयो नयाँ मारुती सुजुकी ब्रेजा फेसलिफ्ट, प्रारम्भिक मूल्य ७.३९ लाख भारु

भारतमा सार्वजनिक भयो नयाँ मारुती सुजुकी ब्रेजा...

वि.सं.२०८३ साउन १० आइतवार २१:५२

काठमाडौं । मारुती सुजुकीले भारतीय बजारमा २०२६ ब्रेजा फेसलिफ्ट आधिकारिक...

चीनमा बीवाईडी र होन्डालाई उछिनेको दिपल निभो क्यु–०५ अब नेपाली बजारमा

चीनमा बीवाईडी र होन्डालाई उछिनेको दिपल निभो...

वि.सं.२०८३ साउन १० आइतवार २१:४१

  काठमाडौं । चिनियाँ विद्युतीय सवारी बजारमा छोटो समयमै उल्लेखनीय...

नाइमा मोबिलिटी एक्स्पोमा एमजीको ४३० किमी रेन्ज दिने ‘यू९’ पिकअप सार्वजनिक हुँदै

नाइमा मोबिलिटी एक्स्पोमा एमजीको ४३० किमी रेन्ज...

वि.सं.२०८३ साउन १० आइतवार २१:३१

  काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधनको बजार विस्तार भइरहेका बेला...