होण्डाले २००१–२०१४ का मोडेलका गाडीमा निःशुल्क एयरब्याग परिवर्तन गर्ने अभियान सुरु
Thursday Nov 13, 2025
वि.सं.२०८२ कात्तिक २७ बिहीवार २१:४९
काठमाडौं। नेपालका लागि होण्डा गाडीको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रा. लि.ले आफ्ना ग्राहकहरुको सुरक्षालाई प्राथमिकता दिँदै ‘सेफ्टी रिकल’ अभियान सुरु गरेको छ। यस अभियान अन्तर्गत सन् २००१ देखि २०१४ सम्मका मोडेलका ज्याज (Jazz), अकर्ड (Accord), सीआर–भी (CRV), सिभिक (Civic), सिटी (City), र स्ट्रिम (Stream) गाडीहरूको एयरब्याग पूर्ण रूपमा निःशुल्क परिवर्तन गरिनेछ।
यो अभियान होण्डा मोटर कम्पनी, जापानको विश्वव्यापी सेफ्टी रिकल अभियानको हिस्सा हो। यसको उद्देश्य पुराना गाडीमा एयरब्याग इन्फ्लेटरमा देखिन सक्ने सम्भावित प्राविधिक समस्यालाई हटाउँदै यात्रुको सुरक्षालाई सुनिश्चित गर्नु हो।कम्पनीले बताएको छ कि निःशुल्क परिवर्तन दक्ष प्राविधिकहरूले गर्नेछन् र ग्राहकहरूले आफ्नो गाडी यस अभियानमा समावेश छ कि छैन भनी नजिकको आधिकारिक सर्भिस सेन्टरमा सम्पर्क गर्न सक्नेछन्।
आधिकारिक सर्भिस सेन्टर सम्पर्क :
काठमाडौं: ९८०११०८१११, ०१–५१५३५४२, ५१५३०४१
पोखरा: ९८४६९७७६२९, ९८५६०३३८२८
विराटनगर: ९८५२०२३२१२, ९८०७३०३२१२
बुटवल: ९८५७०३७८७७, ९८०२६२२२८०
वीरगन्ज: ९८०३१५६४३०
स्याकार ट्रेडिङ्गले आफ्ना ग्राहकहरुलाई सुरक्षित यात्राको सुनिश्चितताका लागि अभियानमा सहभागी हुन हार्दिक अनुरोध गरेको छ।



























