CG Electronics
IME Life
NIMB

बुढानिलकण्ठ स्कुलमा टियागो ईभी कार्टनिभल अन्तर–स्कुल चित्रकला कार्यक्रम, ३७७ विद्यार्थीको सहभागितासहित सम्पन्न

NIMB
Himalayan Bank

 

काठमाडौँ। टाटा मोटर्सका लागि नेपालको अधिकृत वितरक सिप्रदी ट्रेडिङ प्रा.लि. अन्तर्गत टाटा टियागो ईभीले बुढानीलकण्ठ स्कुल, आर्ट क्लब र सिप्रदीयन सहायता संस्थासँग सहकार्य गर्दै cARTnival अन्तर–स्कुल चित्रकला कार्यक्रम बुढानीलकण्ठ स्कुलमा भव्य रूपमा सम्पन्न गरेको छ।

कार्यक्रममा १० निजी र ६ सामुदायिक विद्यालय गरी १६ विद्यालयका ३७७ भन्दा बढी विद्यार्थीले उत्साहपूर्वक सहभागिता जनाएका थिए। साथै, १९ जना पेशेवर कलाकारहरूको उपस्थितिले विद्यार्थीहरूलाई प्रेरणा तथा कलात्मक मार्गदर्शन प्रदान गरेको थियो।

चित्रकला कार्यक्रम कक्षा ५–८ र कक्षा ९–१२ गरी दुई समूहमा सञ्चालन गरिएको थियो। प्रतियोगिता र कार्यशालाको संयोजनमा सञ्चालन गरिएको cARTnival ले वातावरण, दिगोपन, आधुनिक गतिशीलता तथा नवप्रवर्तनजस्ता समसामयिक विषयमा विद्यार्थीहरूको सिर्जनशीलता उजागर गर्ने अवसर प्रदान गरेको आयोजक संस्थाले जनाएको छ।

उद्घाटन कार्यक्रम बुढानीलकण्ठ स्कुलकी उपप्राचार्य पुर्णिमा लामा, सिप्रदी ट्रेडिङका पेसेन्जर सेग्मेन्ट प्रमुख सावन्त जङ्ग सिजापति तथा टाटा मोटर्सका दक्षिण एशियाका रिजनल कस्टमर केयर म्यानेजर रन्धीर कुमार चौधरीको संयुक्त उपस्थितिमा सम्पन्न भएको थियो।

उद्घाटन समारोहमा प्रिन्सिपल केशर खुलालले विद्यार्थीहरूको कला अभ्यास, सिर्जनशीलता र आत्मअभिव्यक्तिलाई प्रोत्साहित गर्ने यस्ता कार्यक्रम विद्यालय विकासका लागि आवश्यक रहेको उल्लेख गरे। त्यस्तै, सिजापतिले कला मनोरञ्जन मात्र नभई सोच, दृष्टि र कल्पनाशक्तिको विकासमा महत्वपूर्ण भूमिका खेल्ने माध्यम भएको बताए।

Move with Meaning सामुदायिक अभियानअन्तर्गत आयोजित यस कार्यक्रमले युवा पुस्तामा वातावरणीय चेतना, सामाजिक जिम्मेवारी र कलात्मक अभिव्यक्तिलाई सशक्त बनाउने उद्देश्य लिएको आयोजकहरूले जानकारी दिएका छन्।

अन्त्यमा, सिप्रदी ट्रेडिङ र टाटा ईभीले भविष्यमा पनि यस्ता सामुदायिक, शैक्षिक तथा सिर्जनात्मक पहलहरूलाई निरन्तरता दिंदै समाजमा सकारात्मक प्रभाव कायम राख्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

बालकुमारीमा एमएडब्लु वृद्धिको अत्याधुनिक इभी वर्कसपको उद्घाटन

बालकुमारीमा एमएडब्लु वृद्धिको अत्याधुनिक इभी वर्कसपको उद्घाटन

वि.सं.२०८३ असार ११ बिहीवार १२:१८

  काठमाडौं।नेपालका सर्वाधिक रुचाइएका इभी ब्रान्ड दिपल, नामी र सेरेसका...

जेसीबी उपकरण खरिदमा ८० प्रतिशतसम्म कर्जा सुविधा, एम.ए.डब्लु. अर्थमुभर्स र ग्लोबल आइएमई बैंक बीच समझदारी

जेसीबी उपकरण खरिदमा ८० प्रतिशतसम्म कर्जा सुविधा,...

वि.सं.२०८३ असार ९ मंगलवार ०९:१६

  काठमाडौं, असार ८ — जेसीबी निर्माण उपकरण खरिदलाई सहज...

एक चार्जमा ५२० किलोमिटरसम्म रेन्ज दिने ईभीको सुरुवाती मूल्य ४६ लाख ९९ हजार, टप भेरियन्ट ५१ लाख ९९ हजार रुपैयाँ

एक चार्जमा ५२० किलोमिटरसम्म रेन्ज दिने ईभीको...

वि.सं.२०८३ असार ९ मंगलवार ०८:५४

  नेपालका लागि ग्रेटवाल मोटर गाडीको आधिकारिक विक्रेता भीजी इम्पेक्स...

याडियाको शक्तिशाली इलेक्ट्रिक मोटरसाइकल ‘किनिस’ नेपालमा सार्वजनिक

याडियाको शक्तिशाली इलेक्ट्रिक मोटरसाइकल ‘किनिस’ नेपालमा सार्वजनिक

वि.सं.२०८३ असार ९ मंगलवार ०६:५७

  काठमाडौं । विश्वकै नम्बर एक इलेक्ट्रिक दुईपाङ्ग्रे ब्रान्ड याडियाले...

अन्तर्राष्ट्रिय फाइट लिगमा दिल्लीको टिमबाट नेपाली खेलाडी कोशिश श्रेष्ठले प्रतिस्पर्धा गर्ने

अन्तर्राष्ट्रिय फाइट लिगमा दिल्लीको टिमबाट नेपाली खेलाडी...

वि.सं.२०८३ असार ६ शनिवार १६:१२

  काठमाडौं, नेपाल । नेपाली मिक्स्ड मार्शल आर्ट्स (एमएमए) खेलाडी...

जिली महा फुटबल फेस्ट तथा सुपर एक्सचेन्ज क्याम्प सुरु, प्रत्येक गोलमा आकर्षक नगद छुट

जिली महा फुटबल फेस्ट तथा सुपर एक्सचेन्ज...

वि.सं.२०८३ असार ५ शुक्रवार १२:०३

काठमाडौं । नेपालमा जिली EX5 र BAW सवारीसाधनहरूको आधिकारिक आयातकर्ता...