CG Electronics
NIMB

आईएमई लाइफ इन्स्योरेन्सको साधारण सभाबाट १०.५२% नगद लाभांश पारित

Sanima Bank
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नवौं वार्षिक साधारण सभा बिहीबार सम्पन्न भएको छ। २४ पुस २०८२ गते धुमबाराहीस्थित दियो महलमा आयोजित सभाको अध्यक्षता कम्पनीका सञ्चालक समितिका अध्यक्ष डा. रामहरि अर्यालले गरेका थिए।

सभाले आर्थिक वर्ष २०८१/८२ का लागि सञ्चालक समितिको प्रतिवेदन, वासलात, नाफा–नोक्सान विवरण, नगद प्रवाह विवरण तथा अनुसूचिसहितको वित्तीय प्रतिवेदन सर्वसम्मतिले पारित गरेको छ। साथै आगामी आर्थिक वर्ष २०८२/८३ का लागि बाह्य लेखापरीक्षक नियुक्त गर्दै पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव स्वीकृत भएको छ।

सभाले कम्पनीले प्रस्ताव गरेको १०.५२६३२५ प्रतिशत दरको नगद लाभांश वितरण गर्ने निर्णय पनि पारित गरेको छ। वितरण योग्य मुनाफाबाट प्रदान गरिने उक्त लाभांशको कुल रकम रु. ५२ करोड ६३ लाख १५ हजार ७८९ रहने कम्पनीले जनाएको छ। उक्त राशिमा कर प्रयोजनको रकम समेत समावेश छ।

विशेष प्रस्ताव अन्तर्गत नियामक निकायले आवश्यक परेमा कम्पनीको प्रबन्ध–पत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अधिकार दिने प्रस्ताव पनि सभाले अनुमोदन गरेको छ। साथै आर्थिक वर्ष २०८१/८२ मा संस्थागत सामाजिक उत्तरदायित्व (CSR) शीर्षकमा खर्च भएको रकम पनि सभाले स्वीकृत गरेको छ।

सभालाई सम्बोधन गर्दै सभाध्यक्ष डा. अर्यालले कम्पनीको प्रगति र उन्नतिमा निरन्तर साथ र विश्वास प्रदान गर्ने शेयरधनी, बीमित, पुनर्बीमा कम्पनी, नियमनकारी निकाय, बैंक तथा वित्तीय संस्थासहित कर्मचारी, अभिकर्ता र शुभेच्छुकहरूप्रति धन्यवाद व्यक्त गरे।

CG Electronics
इक्यानलाई सुरक्षित भविष्य र उच्च मान राख्न अनुभवी नेतृत्व आवश्यक: दिपकराज भुसाल

इक्यानलाई सुरक्षित भविष्य र उच्च मान राख्न...

वि.सं.२०८२ पुस २५ शुक्रवार १०:०८

  काठमाडौँ। शैक्षिक परामर्श व्यवसायीहरुको सबैभन्दा ठूलो छाता संगठन नेपाल...

नेपाल आयल निगमद्वारा पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य घट्यो, एलपी ग्यासको मूल्य स्थिर

नेपाल आयल निगमद्वारा पेट्रोल, डिजेल र हवाई...

वि.सं.२०८२ पुस १७ बिहीवार ११:०२

काठमाडौं । नेपाल आयल निगम लिमिटेडले पेट्रोल, डिजेल तथा हवाई...

द गभर्नर ह्विस्की अब १८० एमएल को आकर्षक प्याकमा

द गभर्नर ह्विस्की अब १८० एमएल को...

वि.सं.२०८२ पुस १७ बिहीवार १०:५०

  काठमाडौं, नेपालः सागर डिस्टिलरी लिमिटेडले द गभर्नर स्मोकवुड कास्क...

एनआईसी एशिया बैंकको सञ्चालक समितिको अध्यक्षमा अशोक कुमार अग्रवाल नियुक्त

एनआईसी एशिया बैंकको सञ्चालक समितिको अध्यक्षमा अशोक...

वि.सं.२०८२ पुस १० बिहीवार १९:३९

  काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्ष...

सांग्रिला मोटर्सद्वारा लिपमोटर कस्टमर रैली भव्य रूपमा सम्पन्न

सांग्रिला मोटर्सद्वारा लिपमोटर कस्टमर रैली भव्य रूपमा...

वि.सं.२०८२ पुस ६ आइतवार २३:५७

  काठमाडौँ, नेपाल – २०८२ पुस ५ गते शनिबार सांग्रिला...

प्रेस चौतारीका पूर्वअध्यक्ष राजेन्द्र अर्याल : एमालेमा अहिले केपी ओलीको विकल्प छैन

प्रेस चौतारीका पूर्वअध्यक्ष राजेन्द्र अर्याल : एमालेमा...

वि.सं.२०८२ मंसिर २६ शुक्रवार १८:५०

  काठमाडौं। प्रेस चौतारी नेपालका पूर्वअध्यक्ष राजेन्द्र अर्यालले नेकपा एमालेको...