CG Electronics
IME Life
NIMB

नेपाली सेनाले कैदी नियन्त्रण, शंकास्पद वस्तु डिस्पोज र हतियार बरामद

NIMB
Himalayan Bank

काठमाडौं, भाद्र २६ । नेपाली सेना तथा अन्य सुरक्षा निकाय परिचालन भएपश्चात् मिति २०८२ भाद्र २५ गते बेलुकी १८०० बजेदेखि भाद्र २६ गते बिहान १०३० बजेसम्म विभिन्न सुरक्षा गतिविधिहरू सम्पन्न भएका छन्।

सप्तरीको राजविराजस्थित जिल्ला कारागारबाट भाग्ने प्रयास गरिरहेका १९२ जना कैदीलाई नेपाली सेनाले नियन्त्रणमा लिएको छ। साथै, कञ्चनपुरको चाँदनी क्षेत्रमा भारततर्फ भाग्दै गरेका ७ जना कैदीलाई भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले नियन्त्रणमा लिई नेपाली सेनालाई बुझाएको छ। १ जना कैदीलाई स्थानीयले नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालयलाई बुझाएका छन् भने १२ जना कैदी आफैं कारागारमा फर्किएका छन्।

यसैबीच, रामेछापस्थित जिल्ला कारागारमा कैदीहरूले बाहिर जान पाउनुपर्ने माग गर्दै गरेको झडपलाई नियन्त्रणमा लिन सेनाले चलाएको गोली लाग्दा १२ जना कैदी घाइते भएका छन् भने २ जनाको मृत्यु भएको छ।

त्यसैगरी, काभ्रेपलान्चोकको बनेपा-९ नयाँ बस्तीमा फेला परेको शंकास्पद वस्तु सेनाले सुरक्षित रूपमा डिस्पोज गरेको छ।

हालसम्म सुरक्षा निकायले ९४ नाल विभिन्न प्रकारका हतियार बरामद गरेको जनाएको छ।

ट्रक महासंघ र अर्थमन्त्री वाग्लेबिच भेटवार्ता, बीमाले नसमेट्ने राहतका लागि छुट्टै कोष बनाउने आश्वासन

ट्रक महासंघ र अर्थमन्त्री वाग्लेबिच भेटवार्ता, बीमाले...

वि.सं.२०८३ साउन १३ बुधवार ०७:४२

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघले सार्वजनिक सवारी दुर्घटनाका...

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी दिवसमा ३५ हजार आदिवासीको ऐतिहासिक जमघट, ५० भन्दा बढी जातिका संस्कृति, परिकार र पहिचान एकै थलोमा

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी...

वि.सं.२०८३ साउन १० आइतवार २२:३७

  काठमाडौं, साउन १० – नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)...

सुनिल थापा मगरको ‘सोल्टिनी सेवारो’ले जित्दै दर्शक–श्रोताको मन

सुनिल थापा मगरको ‘सोल्टिनी सेवारो’ले जित्दै दर्शक–श्रोताको...

वि.सं.२०८३ साउन १० आइतवार १३:२५

    काठमाडौं । नेपाली सांगीतिक बजारमा गायक सुनिल थापा...

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ वार्षिकोत्सव उद्घाटन

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ...

वि.सं.२०८३ साउन ९ शनिवार १६:२९

काठमाडौं । भृकुटीमण्डप स्थित नेपाल पुलिस हेल्थ क्लबमा एक कार्यक्रमका...

मानार्थ वाणिज्यदूतहरूको संस्था एचसीसीएनको डिनमा सुरज वैद्य निर्वाचित

मानार्थ वाणिज्यदूतहरूको संस्था एचसीसीएनको डिनमा सुरज वैद्य...

वि.सं.२०८३ साउन ७ बिहीवार २२:०३

काठमाडौं । प्रतिष्ठित व्यावसायिक घराना वैद्य अर्गनाइजेसन अफ इन्डस्ट्रिज एन्ड...

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा समाधान र लुटेरा ग्रिड–फर्मिङ ऊर्जा सञ्चय प्रणाली सार्वजनिक

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा...

वि.सं.२०८३ साउन ६ बुधवार १९:३२

काठमाडौं, साउन ६, २०८३ – ह्वावेले आफ्नो नवीनतम फ्युजनसोलार ९.०...