CG Electronics
IME Life
NIMB

नेपालबाट संसारले समावेशीताको पाठ सिक्नुपर्छ : बेलायती मन्त्री बर्ड

NIMB
Himalayan Bank


काठमाडौं फागुन १० । बेलायत भ्रमणमा रहनु भएका अर्थमन्त्री डा. युवराज खतिवडासँग बेलायतको हाउस अफ लर्डसका सदस्य तथा अन्तर्राष्ट्रिय विकास राज्यमन्त्री लर्ड वेटस्ले नेपालको विकास बारेमा चासो व्यक्त गर्नुभएको छ । नेपालमा अन्तर्राष्टिÇय लगानी भित्रयाउन बेलायत पुग्नुभएका मन्त्री खतिवडासँग हाउस अफ कमन्समा भएको शिष्टाचार भेटघाटमा बेलायती मन्त्री लर्डले २०७२ सालको विनासकारी भूकम्पपछिको पुर्ननिर्माण, संघीयत कार्यान्वयन र विकासको बारेमा चासो व्यक्त गर्नुभएको हो ।
जवाफमा मन्त्री खतिवडाले नेपालमा जारी भएको लोकतान्त्रिक संविधान विश्वमै उत्कृष्ट मध्येको एक भएको भन्दै समावेशीताले पूर्ण अभ्यास भएको रहेको स्पष्ट पार्नुभयो । संसदमा ९० प्रतिशत भन्दा बढि सदस्यले हस्ताक्षर र सहयोगमा निर्माण भएको संविधानकै आधारमा निर्माण भएको नेपालको संघीय संरचना विश्वमा उदाहरणीय भएको स्पष्ट पार्नुभयो । नेपालको संसदमा महिला, दलित, आदिवासी जनजाति, मुस्लिम तथा सिमान्तकृत समुदायको एकतिहाई भन्दाबढी प्रतिनिधित्व भएको उहाँले बताउनुभयो । भेटमा लर्डले नेपालबाट संसारले समावेशीताको विषय सिक्नुपर्ने बताउनुभयो ।
भेटमा लर्डले खतिवडासँग मुलुक संघीयतामा गएको अवस्थामा राज्यले राजस्वको परिचालनलाई कसरी प्रभावकारी बनाउने भन्ने सम्बन्धमा बेलायतको भनुभव समेत सुनाउनुभयो । भेटमा वेडले नेपालको विकास प्रक्रियामा बेलायतले सदैव सघाउन तयार भएको प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।
मन्त्री खतिवडाले पुर्ननिर्माणको काम भइरहेको र ऐतिहासिक तथा सांस्कृतिक सम्पदाहरुको निर्माण कार्य तिव्र रुपमा अघि बढेको जानकारी दिनुभयो । मन्त्री खतिवडाले बेलायत नेपालको पहिलो कुटनैतिक सम्बन्ध कायम रहेको मित्रराष्ट्र भएकाले दुवै देशबीचको सहकार्य थप उचाईमा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
भेटमा खतिवडाले बेलायतले नेपालका विभिन्न क्षेत्रमा सञ्चालन हुने विकास परियोजनामा थप सहयोगको अपेक्षा समेत गर्नुभयो ।
मन्त्री खतिवडाले मन्त्री वेर्डमार्फत नेपाल भ्रमणका लागि बेलायत सरकारलाई औपचारिक निमन्त्रणा समेत दिनुभयो ।

ट्रक महासंघ र अर्थमन्त्री वाग्लेबिच भेटवार्ता, बीमाले नसमेट्ने राहतका लागि छुट्टै कोष बनाउने आश्वासन

ट्रक महासंघ र अर्थमन्त्री वाग्लेबिच भेटवार्ता, बीमाले...

वि.सं.२०८३ साउन १३ बुधवार ०७:४२

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघले सार्वजनिक सवारी दुर्घटनाका...

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी दिवसमा ३५ हजार आदिवासीको ऐतिहासिक जमघट, ५० भन्दा बढी जातिका संस्कृति, परिकार र पहिचान एकै थलोमा

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी...

वि.सं.२०८३ साउन १० आइतवार २२:३७

  काठमाडौं, साउन १० – नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)...

सुनिल थापा मगरको ‘सोल्टिनी सेवारो’ले जित्दै दर्शक–श्रोताको मन

सुनिल थापा मगरको ‘सोल्टिनी सेवारो’ले जित्दै दर्शक–श्रोताको...

वि.सं.२०८३ साउन १० आइतवार १३:२५

    काठमाडौं । नेपाली सांगीतिक बजारमा गायक सुनिल थापा...

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ वार्षिकोत्सव उद्घाटन

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ...

वि.सं.२०८३ साउन ९ शनिवार १६:२९

काठमाडौं । भृकुटीमण्डप स्थित नेपाल पुलिस हेल्थ क्लबमा एक कार्यक्रमका...

मानार्थ वाणिज्यदूतहरूको संस्था एचसीसीएनको डिनमा सुरज वैद्य निर्वाचित

मानार्थ वाणिज्यदूतहरूको संस्था एचसीसीएनको डिनमा सुरज वैद्य...

वि.सं.२०८३ साउन ७ बिहीवार २२:०३

काठमाडौं । प्रतिष्ठित व्यावसायिक घराना वैद्य अर्गनाइजेसन अफ इन्डस्ट्रिज एन्ड...

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा समाधान र लुटेरा ग्रिड–फर्मिङ ऊर्जा सञ्चय प्रणाली सार्वजनिक

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा...

वि.सं.२०८३ साउन ६ बुधवार १९:३२

काठमाडौं, साउन ६, २०८३ – ह्वावेले आफ्नो नवीनतम फ्युजनसोलार ९.०...