CG Electronics
IME Life
NIMB

बेलायतस्थित नेपाली समुदायलाई अर्थमन्त्रीको आग्रह, लगानी बोर्ड मार्फत विकासमा आउनुस

NIMB
Himalayan Bank

काठमाडौं फागुन १०  । अर्थमन्त्री डा. युवराज खतिवडाले दुई दर्जनभन्दा बढि बेलायती कम्पनीका व्यवसायी तथा लगानीकर्ताहरुसंग छलफल गर्नुभएको छ ।

ब्रिटिश एक्सपर्टिज इन्टरनेशनल (बिईआई) ले आयोजना गरेकोे नेपालमा लगानीको अवसर विषयक कार्यक्रममा मन्त्री खतिवडाले नेपालमा लगानीको अवसर, वातावरण र सम्भावनाका बारेमा स्पष्ट पार्नुभएको हो ।

मन्त्री खतिवडाले नेपालमा लगानीको लागि उपयुक्त गन्तव्य भएको भन्दै लगानी गर्दाका सापेक्षित लाभहरु बारे बेलायतस्थित नेपाली लगानीकर्तालाई जानकारी गराउनुभयो ।

नेपालमा लगानीका लागि सरकारले लगानी बोर्डलाई विशिष्टिकृत संस्थाको रुपमा विकास गरेकाले त्यसै मार्फत ठूला व्यवसायी तथा लगानीकर्तालाई सोही बोर्ड मार्फत एकद्वार सेवा उपलब्ध गराउने पनि उहाँले स्पष्ट पार्नुभयो । सम्बन्धित कानूनको परिर्माजन र तर्जुमा नीतिगत तथा प्रशासनिक सुधार गरी लगानी प्रवद्र्धन गर्ने मैत्रीपूर्ण वातावरणको निर्माण गरेको उहाँले बताउनुभयो ।

लगानी सम्मेलन बाहेक वैदेशिक लगानी प्रर्बद्धनका नियमित क्रियाकलाप के–के छन् भन्ने जिज्ञासामा अर्थमन्त्री खतिवडाले नियमित रुपमा विदेशस्थित नेपाली नियोगलाई आर्थिक कुटनीतिको लागि परिचालन गर्ने, सूचना प्रविधिको अधिक उपयोग गर्दै लगानी बोर्ड, उद्योग मन्त्रालय आदिका वेभसाइत मार्फत लगानी प्रवर्द्धनात्मक क्रियाकलाप संचालन गर्नेलगायत सरकारका नीति कार्यक्रम तथा वार्षिक बजेट मार्फत यसको सम्बोधन गर्ने विषयमा संघमा आवद्ध संस्थालाई प्रष्ट पार्नुभयो ।

कार्यक्रममा नेपालमा गरिने लगानीको सुरक्षा र सहज वातावरण दिन सरकार तयार रहेको समेत विश्व समुदायलाई विश्वास दिलाउनुभयो । चैत १५ र १६ गते नेपाल ठूला लगानी कर्ता आकर्षित हुन भन्नको लागि आयोजना हुन लागेको लगानी सम्मेलनको पूर्व तयारी स्वरुप खतिवडा बेलायत जानुभएको छ ।

ट्रक महासंघ र अर्थमन्त्री वाग्लेबिच भेटवार्ता, बीमाले नसमेट्ने राहतका लागि छुट्टै कोष बनाउने आश्वासन

ट्रक महासंघ र अर्थमन्त्री वाग्लेबिच भेटवार्ता, बीमाले...

वि.सं.२०८३ साउन १३ बुधवार ०७:४२

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघले सार्वजनिक सवारी दुर्घटनाका...

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी दिवसमा ३५ हजार आदिवासीको ऐतिहासिक जमघट, ५० भन्दा बढी जातिका संस्कृति, परिकार र पहिचान एकै थलोमा

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी...

वि.सं.२०८३ साउन १० आइतवार २२:३७

  काठमाडौं, साउन १० – नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)...

सुनिल थापा मगरको ‘सोल्टिनी सेवारो’ले जित्दै दर्शक–श्रोताको मन

सुनिल थापा मगरको ‘सोल्टिनी सेवारो’ले जित्दै दर्शक–श्रोताको...

वि.सं.२०८३ साउन १० आइतवार १३:२५

    काठमाडौं । नेपाली सांगीतिक बजारमा गायक सुनिल थापा...

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ वार्षिकोत्सव उद्घाटन

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ...

वि.सं.२०८३ साउन ९ शनिवार १६:२९

काठमाडौं । भृकुटीमण्डप स्थित नेपाल पुलिस हेल्थ क्लबमा एक कार्यक्रमका...

मानार्थ वाणिज्यदूतहरूको संस्था एचसीसीएनको डिनमा सुरज वैद्य निर्वाचित

मानार्थ वाणिज्यदूतहरूको संस्था एचसीसीएनको डिनमा सुरज वैद्य...

वि.सं.२०८३ साउन ७ बिहीवार २२:०३

काठमाडौं । प्रतिष्ठित व्यावसायिक घराना वैद्य अर्गनाइजेसन अफ इन्डस्ट्रिज एन्ड...

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा समाधान र लुटेरा ग्रिड–फर्मिङ ऊर्जा सञ्चय प्रणाली सार्वजनिक

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा...

वि.सं.२०८३ साउन ६ बुधवार १९:३२

काठमाडौं, साउन ६, २०८३ – ह्वावेले आफ्नो नवीनतम फ्युजनसोलार ९.०...