CG Electronics
IME Life
Ncell NPL

एनपीएल सिजन २ का सर्वोत्कृष्ट खेलाडी बने रोहित पौडेल

Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं । लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेल नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणका सर्वोत्कृष्ट खेलाडी (म्यान अफ द टुर्नामेन्ट) बनेका छन्। उत्कृष्ट प्रदर्शनको पुरस्कारस्वरूप उनले करिब ५६ लाख ९९ हजार रुपैयाँ मूल्यको जेइको J5 कार प्राप्त गरेका छन्।

लुम्बिनी लायन्सलाई च्याम्पियन बनाउन महत्त्वपूर्ण भूमिका खेलेका कप्तान पौडेलले प्रतियोगिताभर उत्कृष्ट अलराउन्ड प्रदर्शन गरेका थिए। उनले ब्याटिङतर्फ २७६ रन बनाउनुका साथै बलिङमा १० विकेट लिँदै प्रतियोगिताका सर्वोत्कृष्ट नेपाली खेलाडीको उपाधिसमेत हात पारे।

विजेता खेलाडी पौडेललाई ओमोडा एन्ड जेइकोको नेपालका लागि आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सका निर्देशक सन्दीप शारडा र गौरव शारडाले जेइको J5 कार हस्तान्तरण गरेका हुन्।

ओमोडा एन्ड जेइको नेपालकै प्रतिष्ठित क्रिकेट लिग नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ मा ‘ड्रिभन बाइ पार्टनर’ का रूपमा आबद्ध थियो। नेपाली खेलकुद समुदायसँगको सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यसहित कम्पनीले एनपीएल सिजन २ को म्यान अफ द टुर्नामेन्टलाई प्रिमियम गाडी उपहार दिने घोषणा पहिले नै गरेको थियो।

जेइको J5 फुल इलेक्ट्रिक SUV हो। यसमा १५५ किलोवाट क्षमताको इलेक्ट्रिक मोटर र ५८.९ किलोवाट–आवर ब्याट्री प्याक जडान गरिएको छ, जसले एकपटकको चार्जमा ४०२ किलोमिटरसम्मको रेन्ज प्रदान गर्छ।

साहसिक यात्राका लागि डिजाइन गरिएको जेइको J5 मा रगेड बनावट र आरामदायी सुविधाको संयोजन गरिएको छ। यसको सार्प–एन्गुलर डिजाइन ‘रेन्ज रोभर’को डिजाइनसँग तुलनायोग्य मानिन्छ। साथै यसमा लेभल–२ एडास, प्यानोरोमिक सनरुफ, ५४० डिग्री सराउन्ड भ्यु क्यामेरा र इन्डिपेन्डेन्ट सस्पेन्सनजस्ता सुविधा समावेश छन्।

गाडीको भित्री भाग फराकिलो र प्रविधिमैत्री छ। कनेक्टेड कार टेक्नोलोजिसहितको भेन्टिलेटेड सिट, डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, फराकिलो सेकेन्ड–रो सिट, २५६–कलर एम्बिएन्ट लाइटिङ, ४८० लिटरको ट्रंक स्पेस र ३६ वटा इन्टेलिजेन्ट स्टोरेज कम्पार्टमेन्ट यसमा रहेका छन्।

सुरक्षालाई प्राथमिकता दिँदै जेइको J5 मा फरवार्ड कोलिजन वार्निङ, ब्लाइन्ड स्पट मनिटरिङ, इमर्जेन्सी ब्रेकिङ, इन्टिग्रेटेड क्रुज कन्ट्रोल लगायत १९ भन्दा बढी सुरक्षा विशेषताहरू समावेश गरिएको छ।

यसअघि एनपीएलको पहिलो संस्करणमा सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरी सर्वोत्कृष्ट खेलाडी बन्दै ओमोडा E5 कार प्राप्त गरेका थिए। ओमोडाका गाडीहरूको नेपालमा बिक्री–वितरण पनि एसपीजी अटोमोबाइल्सले नै गर्दै आएको छ।

लिपमोटर नेपालद्वारा “लिप केयर” अन्तर्गत ११ वर्षको एक्स्टेण्डेड ब्याट्री वारेन्टी प्रदान

लिपमोटर नेपालद्वारा “लिप केयर” अन्तर्गत ११ वर्षको...

वि.सं.२०८३ वैशाख ७ सोमवार ०८:२७

  काठमाडौं । लिपमोटरले विद्युतीय सवारी साधन खरिदकर्ताहरूलाई थप ढुक्क...

Winner of Rs. 5 lakh announced at Bhrikutimandap: Yamaha’s Blue Code New Year plan now one day away

Winner of Rs. 5 lakh announced at...

वि.सं.२०८३ वैशाख ७ सोमवार ००:१३

  Kathmandu , Nepal – 17 April 2026 – Yamaha...

सीएफ मोटो २५० डुअलमा अत्यधिक बजार प्रतिक्रिया; मे २०२६ डेलिभरीका लागि बुकिङ खुला

सीएफ मोटो २५० डुअलमा अत्यधिक बजार प्रतिक्रिया;...

वि.सं.२०८३ वैशाख ६ आइतवार १३:१२

काठमाडौं, नेपाल — नेपालका लागि CFMOTO मोटरसाइकलको आधिकारिक वितरक रिशी...

नयाँ वर्षमा इनड्राइभको ‘राइड मोर, विन मोर’ क्याम्पेन सार्वजनिक

नयाँ वर्षमा इनड्राइभको ‘राइड मोर, विन मोर’...

वि.सं.२०८३ वैशाख ६ आइतवार ०७:५८

  काठमाडौं । नेपाली नयाँ वर्ष २०८३ को अवसरमा विश्वव्यापी...

काठमाडौंमा हाइब्रिड सवारीसाधनसम्बन्धी प्राविधिक तालिम सम्पन्न

काठमाडौंमा हाइब्रिड सवारीसाधनसम्बन्धी प्राविधिक तालिम सम्पन्न

वि.सं.२०८३ वैशाख ६ आइतवार ०७:४५

  काठमाडौंमा हाइब्रिड सवारीसाधनको मेकानिजम, सुरक्षा तथा मर्मतसम्भारसम्बन्धी प्राविधिक तालिम...

याडियाको नयाँ वर्ष अफर — 0% EMI, साथमा आकर्षक उपहार

याडियाको नयाँ वर्ष अफर — 0% EMI,...

वि.सं.२०८३ वैशाख ६ आइतवार ०७:४१

  काठमाडौं | वैशाख १– नेपालमा याडियाको आधिकारिक वितरक कुजु...